काठमाडौँ - त्रिकोणात्मक महिला टी–२० सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
त्रिवि मैदानमा कुनै पनि महिला टिमले दिएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो । नेदरल्याण्ड्सका लागि रोबिइन रिज्केले अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित अविजित ५९ रनको पारी खेलेकी हुन् । टी–२० आईमा रिज्केको यो तेस्रो अर्धशतक हो । यस्तै, स्टेरे कालिसले २९, हेदर सिजर्सले २३ र आइरिस ज्विलिङले नटआउट ३१ रन जोडे ।
नेपालका लागि कविता कुँवर, पूजा महतो, सीता राना मगर र ईश्वरी विष्टले एकरएक विकेट लिए । नेपाल आज घरेलु मैदानको फाइदा उठाउँदै नेदरल्याण्ड्सलाई हराएर सिरिजमा विजयी सुरुवात गर्न चाहन्छ ।
नेपालको प्लेइङ–११ः सीता रानामगर, कविता कुँवर, इन्दु बर्मा ९कप्तान०, रुबिना क्षेत्री, विन्दु रावल, अलिसाकुमारी यादव, सम्झना खड्का, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी र मनीषा उपाध्याय ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।