काठमाडौं - नेपाली महिला राष्ट्रिय टोलीकी पूर्व फरवार्ड तथा कप्तान अनु लामाले घरेलु फुटबलबाट संन्यास लिएकी छिन् । ३७ वर्षीय अनुले बुधबार एन्फा महिला लिगको अन्तिम खेलपछि घरेलु फुटबलबाट संन्यास लिएकी हुन् ।
आफ्नो अन्तिम खेलमा बुधबार अनुले अन्तिम मिनेटमा गोल गर्न सफल भइन् । नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गर्दै एपिएफले उपाधि जित्दा अनुले दोस्रो हाफको इन्जुरी सयमको पाँचौ मिनेटमा गोल गरेकी थिइन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीबाट उनले ३५ अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् । सन् २०१९ सम्म राष्ट्रिय टोलीबाट खेलेकी उनले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।