काठमाडौँ – महिला स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । आज बिहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ५–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।
बार्सिलोनाले लगातार चौथो र समग्रमा पाँचौंपटक सुपर कपको उपाधि जितेको हो । फाइनलमा बार्सिलोनाको जितमा इवा पाजोरले दुई, एलेक्सिया पुटेलास, क्यारोलिन हेन्सेन र पट्री गुइजारोले एक÷एक गोल गरे । रियलले भने कुनै पनि गोल फर्काउन सकेन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।