काठमाडौं – हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरेको छ।
युद्धविराम सम्झौता कार्यान्वयन हुन थालेको सातौँ दिन शनिबार हमासले इजरायली सेनाका चार महिला बन्दीलाई रिहा गरेको थियो। उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले आक्रमणकै दौरान कब्जामा लिएको थियो।
लामो समय बन्दी रहेका उनीहरू मुक्त भएसँगै इजरायल पुगिसकेका छन्। बदलामा इजरायलले दुई सय प्यालेस्टाइनी बन्दी रिहा गरेको हो।
हमासले रिहा गरेको यो दोस्रो समूह हो। यसअघि युद्धविराम सम्झौता कार्यान्वयन भएकै दिन गत आइतबार हमासले तीन महिलालाई मुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।