एजेन्सी– जिम्बाब्वेमा गत अक्टोबरदेखि वर्षाको कारण कूल २४ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको देशको नागरिक सुरक्षा विभाग (डीसीपी) ले जनाएको छ।
भारी वर्षाले विद्यालय, स्वास्थ्य सुविधा, सडक, पुल, बाँध, बिजुलीका खम्बा र सिँचाइ योजनालगायतका महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा क्षति पुर्याएको डिसीपीले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।
अक्टोबरदेखि अहिलेसम्म ९८३ घरधुरी, १२९ विद्यालय र १३ स्वास्थ्य संस्थामा क्षति पुगेको डीसीपीले जनाएको छ।
साथै, भारी वर्षाका कारण प्रहरी चौकी, राष्ट्रिय परिचयपत्र जारी गर्ने सरकारी भवन र औद्योगिक भवनलगायत ४२ वटा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको डीसीपीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।