काठमाडौं– संगीत रोयल्टी नतिर्ने उपत्यकाका नाम चलेका विभिन्न १८ होटल तथा रेस्टु्रेन्टविरुद्ध उजुरी परेको छ। संगीत रोयल्टी समाजले प्रहरीमा उजुरी दिएको हो।
समाजका महासचिव बी पाण्डेका अनुसार यसरी रोयल्टी नतिर्नेमा राधानीमा नाम चलेको चर्चिक नाइट क्लब एलओडीसहित हिमालयन जाभासम्म रहेका छन्। यस्तै, माइकल ग्रिल्स, नक्सालको रोड हाउस क्याफे, हिमालयन जाभा कफी, क्लब फरेनहाइटसहित काठमाडौंका १८ होटल, रेस्टुरेन्ट र ब्यांक्वेटविरुद्ध प्रहरीमा उजुरी परेको हो।
काठमाडौं प्रहरी परिसरका अनुसार प्रहरीकहाँ आएको उजुरी अनुसन्धानको क्रममा रहेको छ। प्रहरी परीसरकी प्रवक्ता तथा डीएसपी पूर्णिमा चन्दले प्राविधिक विषय भएकाले अहिले अनुसन्धानको चरणमा रहेको बताइन्।
रोयल्टी संकलन समाजका महासचिव पाण्डेले २१, ७ र ३ दिने अल्टिमेटमसहित रोयल्टी तिर्न पत्राचार गरे पनि समयमा रोयल्टी नतिर्नेविरुद्ध आफूहरू प्रहरीकहाँ पुगेको बताए। रोयल्टी तिर्न आग्रह गर्दै समाजले १९ हजार संगीतका उपभोक्तालाई पत्राचार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।