काठमाडौं– ल्याटिन अमेरिकी देश कोलम्बियामा राष्ट्रिय सेना र फार्स लडाकु समूहबीचमा भिडन्त भएको छ।
भिडन्तमा परेर १०० जनाको मृत्यु भएको छ।
जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार भिडन्तमा परेर २० हजार बढी विस्थापित भएका छन्।
लडाकु समूह फार्सले नियन्त्रण लिन खोजेको क्षेत्रमा सेनाले चलाएको कारबाहीमा यस्तो भएको हो।
संयुक्त राष्ट्रसंघले ३० जनाको अपहरण भएको तथा एक हजार जना धरापमा परेको बताएको छ।
राष्ट्रसंघले शान्तिको लागि अपिल गरेको छ। भेनेजवेलाको सीमा क्षेत्रको भएको उक्त घटनामा पाँच हजार सेना परिचालन गरिएको छ भने संकटकाल घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।