काठमाडौं–प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल फेसबुकलगायतमा भईरहेको छ।
भिडियोमा चेकिङमा खटिएका एक प्रहरीले युवकलाई लात्ताले हानेपछि लडेको र त्यसमाथि थप प्रार गरेको देख्न सकिन्छ । ‘पावर देखाएको’ र ‘फोन गरेको’ भन्दै प्रहरीले बुटले लगातार हिर्काएको भिडियो भाइरल भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले भने यो घटना पुस १४/१५ गते चितवनमा भएको दाबी गरेको छ ।
सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएसँगै प्रहरीको आचरण र व्यावसायिकतामाथि गम्भीर प्रश्न उठाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।