एजेन्सी– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी लन्च गरेका छन्।
जसको बजार पुँजीकरण तीव्र रुपमा बढ्दै कैयौं बिलियन डलर पुगेको छ।
ट्रम्पले सोमबार अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिँदैछन्। त्यसअघि नै उनले आफ्नो नामको मीम क्वाइन लन्च गरेका हुन्।
उक्त क्रिप्टोकरेन्सीको नाम ‘डलरट्रम्प’राखिएको छ। जसलाई ट्रम्पको सहयोगी कम्पनी सीआईसी डिजिटल एलएलसीले लिएर आएको हो। यो कम्पनीले पहिले ट्रम्पको नामबाट ब्रान्डेड जुत्ता र फ्रेग्रेन्सेस बेच्ने गर्थ्यो।
मीम क्वाइन या क्रिप्टोकरेन्सीको प्रयोग कुनै प्रकारको भाइरल इन्टरनेट वा आन्दोलनको लोकप्रियता बढाउनका लागि प्रयोग गरिन्छ। यद्दपि यसको मूल्य निकै कम भएको र यो निकै अस्थिरसमेत रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।