काठमाडौं– दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन्।
राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन्।
उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ।
मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो।
उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।