पोखरा– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो।
अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएकी थिइनन्। आज धरौटीमा बुझाएर रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
उनलाई ३७ लाख धरौटी कायम गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।