काठमाडौँ– चीनको स्वशासित क्षेत्र तिब्बत केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरीका २ हजार ५ सय जवान परिचालन गरिएको छ।
भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका एकाइहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको हो।
जनधनको ठूलो क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन। रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।