• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

यात्राका यादहरुको सुन्दर दस्तावेज: यात्राको लय

जुमन किरण मंगलबार, पुस ९, २०८१  ०९:३०
1140x725

पुस्तक ‘यात्राको लय’ नियात्राकार प्रदीप सापकोटाद्वारा लेखिएको यात्रा अनुभवहरूको एउटा सुन्दर सँगालो हो। यसै वर्ष प्रकाशित यो पुस्तकमा लेखकले आफ्नो दुई दशक लामो यात्राका केही अनुभवलाई १४४ पृष्ठभित्र समेटेका छन्।

उनी नेपालको विभिन्न क्षेत्रहरूको भौगोलिक ऐतिहासिक र सांस्कृतिक पक्षहरूलाई गहिरो रुपमा अनुभव गर्ने अवसर पाउँछन्। उनका यात्रा अनुभवहरुले नेपालको गहिरो इतिहास र समाजलाई सरल तरिकाले उजागर गर्छन्। उनले यात्रा गरेका ठाउँको सुन्दर प्रकृतिको दृष्यापान पाठकलाई गराउँछन्। त्यसतर्फ पाठकका आँखा गड्छन्।

नियात्रामा दु:खका विरमाइला पल पनि आएका छन्, रमणीय पनि। अनि साहित्यिक माहोलमा झुमेका क्षण पनि कैद भएका छन् भने धार्मिक यात्रा पनि छन्। देशका द्वन्द्वकालीन समयको दर्दनाक अवस्थाका दृष्यहरु रिल जस्तै आएका छन्। 

सापकोटाको यात्राको लय भित्रका सुस्वादु रसले भरिएका विभिन्न स्थानका नियात्राहरु पढ्दा अल्छी लागेन मलाई। बोझ मानेन मनले। शब्दहरुको सरलताले शब्दकोष खोज्न जरुरी ठानेन। कहीँ कतै ढुंगा लागेन। मज्जाले सकाएँ आद्योपान्त।

नियात्रामा हुने भनेका निजात्मकता, तथ्यामकता, यथार्थपरकता, स्थानीयता सबै कुराहरु भरिएजस्ता लाग्छन्। हुन त म समीक्षक बन्ने धृष्टता राख्दिनँ तर पाठकीय दृष्टिचेतले मलाई यति भन्न सक्ने बनायो। 

यस पुस्तकमा १७ शीर्षकमा विभिन्न स्थान र घटनाहरू समेटिएका छन्। जसले नेपालको ऐतिहासिक, राजनीतिक र सामाजिक पृष्ठभूमिको झलक दिन्छ। उनको सरल लेखन शैलीलाई यस पुस्तकको अर्को विशेषता मान्न सकिन्छ। उनी आफ्नो यात्रा अनुभवलाई साधारण र सजिलै बुझिने भाषामा प्रस्तुत गर्छन् जसले पाठकलाई सजिलै पुस्तकमा तान्छ। लेखनमा कुनै जटिलता नराखी उनले आफ्ना अनुभवहरुलाई सरल एवं सजीव रुपमा प्रस्तुत गरेका छन् जसले पाठकलाई प्रत्यक्ष अनुभवको अनुभूति गराउँछ। नियात्राकार हामी पाठकलाई आफूसँगै यात्रा गराउँछन्। ‘यात्राको लय’को अर्को विशेषता भनेको पाठकले पाठकीय आनन्दानुभूति गर्न सक्छन्। 

यात्राको लयले केवल मनोरञ्जनात्मक यात्रा वर्णन मात्र गर्दैन, बरु यसले नेपालको इतिहास र संस्कृतिप्रतिको गहिरो समझदारी पनि प्रस्तुत गर्छ। सशस्त्र द्वन्दका कारण भएका असरहरुलाई लेखकले आफ्नो यात्रासँग जोडेर प्रस्तुत गरेका छन् साथै १९१४ मा अङ्ग्रेज विरुद्धको लडाईंमा भारतलाई सैन्य सहयोग गरेबापत उपहार स्वरूप बाँके जिल्ला पाएको ऐतिहासिक प्रसङ्ग उल्लेख गरेका छन्। तत्कालीन राजा महेन्द्रले व्यवस्थित ढङ्गले टाउन प्लानिङ गरेर बसालेको हुनाले महेन्द्रनगर नाम रहेको सन्दर्भ पनि यस पुस्तक भित्र रहेको छ। 

ज्योतिषको भविष्यवाणीसँगै एक जडियाले खुकुरीले झन्डै काटेको अकल्पनीय अवस्थाको बारेमा समेत वर्णन गरिएका छन् जसले पाठकको मन झस्काउँछ। उनको भोगाइका चस्काले दु:खी बनाउँछ। यो उनको जीवनको आकष्मिकता जस्तो लाग्छ। उनले त्यसमा वर्णन गरेको कुराले पाठक बीभत्स दृश्य देख्न सक्छ। उनले नेपालका विभिन्न भूगोल र प्रकृतिलाई नजिकबाट नियालेर उधिनेका छन् कृतिमा। यसमा पाठकले महसुस गर्नसक्ने भनेको यायावरीय दृष्टिचेत गोचर गर्नसक्नु हो। अनि तथ्यात्मक लयमा यात्राको लय बगेको छ। यसमा केही सूचना र जानकारीहरु पनि पाइन्छ। उनका रचनागर्भका कुरा पढ्दा स्थानीयतामा उनी मज्जैले रुझेका देखिए। यो पनि नियात्राको उल्लेख गर्न लायक पक्ष हो। 

Ncell 2
Ncell 2
nimb
nimb

पनौतीदेखि बराहक्षेत्र चतराधामसम्मको धार्मिक यात्रा वृत्तान्त पनि यहाँ छ। सहभोज शीर्षकमा लेखकले आफू बाहुनको छोरो भएर पनि एउटा दलितको घरमा रात बिताएको र त्यहाँको माहोल वातावरणको वर्णन गर्वका साथ गरेका छन् जुन रोचक र सन्देशमूलक छ। त्यतिबेलाको समाजमा बागलुङ जस्तो दुर्गम जिल्लामा नियात्राकारको त्यो हिम्मतलाई मनैदेखि सलाम गर्न चाहेँ। दलितहरूबीच नै कायम रहेको भेदभाव कार्यक्रममा सहभोज खुवाएर केही कम गर्न सक्नु निश्चय नै उल्लेख्य छ।

पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मनले मानव धर्म नै सबैभन्दा ठूलो धर्म हो भन्ने हामीलाई सन्देश दिएको छ। साथै नेपालको स्विजरल्यान्डको रमाइलो यात्रा वर्णन पनि साहित्यिक छ। नक्सलबाडी हुँदै टाइगर हिल बरालिँदा र दार्जिलिङ घुम्दा नेपाली साहित्य संगीतमा उच्च योगदान र्याबएका विशिष्ट व्यक्तित्वहरूको लेखकले सम्झना गरेका छन्।

पुस्तकमा मकवानपुरगढीको ऐतिहासिक महत्त्वबारे पनि रोचक जानकारी छ। लेखकले गढीमा गरेको यात्रा र त्यहाँ भेटिएका ऐतिहासिक वस्तुहरूको वर्णनले पाठकलाई नेपालको प्राचीन इतिहाससँग जोड्न सक्षम बनाएको छ। दार्जिलिङको रमाइलो घुमघाम र भौगोलिक दृश्य, नेपालको विभिन्न भौगोलिक सुन्दरताको वर्णनले पुस्तकलाई अझै सिंगारेको छ।

नियात्राकारले आफ्नो यात्रामा भारतीय प्रहरीसँगको एक अप्रिय अनुभव पनि उल्लेख गरेका छन् जहाँ तस्बिर खिच्ने क्रममा क्यामेरा खोसिएको थियो। यो घटनाले नेपालको छिमेकीसँगको सम्बन्ध र सीमा समस्याको चर्चा मात्र होइन बरु यात्राको क्रममा देखिने अप्ठ्यारा पक्षहरूसँग पाठकलाई परिचित गराउँछन् भने नेपालको राज्यपक्षको निरीहता टनकपुर दुख्दामा महसुस गर्न सकिन्छ।

Xtrem

Xtrem

तराईका बाढी पीडितहरूको दयनीय अवस्था र मुसहरहरुको बस्तीका पीडाहरु खोतलखातल पारेर उजागर गर्न उनी सफल भएका छन्। अनि त्यहाँ हुने राजनीतिक चलखेलका कुरा पनि सार्वजनिक गरेका छन्। सुकुटेको रमाइलो पलमा साहित्यिक यात्राका क्रममा विभिन्न साहित्यकारहरुकसँगको कुराकानी र साहित्यिक माहोल आदिको बारेमा लेखकले उल्लेख गरेका छन्। 

पुस्तकमा समेटिएका विविध घटना र ठाउँहरूको उल्लेखले पाठकलाई नेपालको ऐतिहासिक सांस्कृतिक र राजनीतिक पृष्ठभूमिको गहिराइमा पुर्याोउँछ। पुस्तकले नेपालको विविधता र परम्परालाई सजिलैसँग बुझ्न सहयोग गर्छ। लेखकले आफ्ना यात्राका अनुभवहरुमार्फत नेपालको सुन्दरताको वर्णन मात्रै गरेका छैनन् उनले यात्राका क्रममा सामना गरेका चुनौती र संघर्षहरुलाई पनि प्रस्तुत गरेका छन्।

नेपालको केही ऐतिहासिक सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणले बुझ्न चाहने पाठकहरूका लागि यात्राको लय निकै महत्वपूर्ण स्रोत साबित हुनसक्छ। यसले अझै भौगोलिक ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्मान गर्न पाठकलाई प्रेरित गर्छ।

अन्त्यमा ‘यात्राको लय’ नियात्रा संग्रहले पाठकलाई नेपालको भौगोलिक सुन्दरता ऐतिहासिक गौरव र सामाजिक सन्दर्भहरूको गहिराइमा पुर्यातउँछ।

प्रदीप सापकोटाको सरल र प्रभावशाली लेखनशैलीले पुस्तकलाई अझै पठनीय बनाएको छ। लेखकले आफ्नो व्यक्तिगत अनुभवहरुलाई कथाशैलीमा प्रस्तुत गर्दै नेपालको विभिन्न ठाउँहरुको विशेषता र त्यहाँ भएका ऐतिहासिक घटनाहरूलाई सरल भाषामा प्रस्तुत गरेका छन्। यो पुस्तक यात्रालाई मात्र होइन नेपालप्रतिको प्रेम र स्वाभिमानलाई पनि समेट्न सफल भएको छ।

पुस्तकले इतिहास समाजशास्त्र पर्यटन एवं यात्रामा रुचि राख्ने सबैलाई आकर्षित गर्छ। ‘यात्राको लय’ केवल एउटा यात्रा पुस्तक मात्र नभएर नेपालको सांस्कृतिक इतिहास र पर्यटनको जीवित दस्तावेज हो। यो पुस्तकले एउटा कुशल लेखकको रुपमा सापकोटालाई उभ्याएको छ र पाठकलाई यात्रा इतिहास र संस्कृति प्रतिको गहिरो जानकारी दिने प्रयास गरेको छ।

नेपालका गन्तव्यहरूको फोटोग्राफी सांस्कृतिक धरोहरहरूको सरल रुपमा वर्णन, ऐतिहासिक घटनाहरूको झल्को र समाजमा देखिएका विविध पक्षलाई समेट्दै यो पुस्तक यात्राप्रेमी र इतिहासमा रुचि राख्ने पाठकहरूका लागि एक अवश्य पढ्नुपर्ने कृति बनेको छ।

यात्राको लय प्रदीप सापकोटाको यात्रा र अनुभवहरूको एउटा उत्कृष्ट कृति बनेको छ। शिल्पसाधना पनि सघन छ। भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस कृतिले प्रदीप सापकोटालाई सम्भावना बोकेका नियात्राकारको दर्जामा उभ्याएको छ। 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्