• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

यात्राका यादहरुको सुन्दर दस्तावेज: यात्राको लय

जुमन किरण मंगलबार, पुस ९, २०८१  ०९:३०
1140x725

पुस्तक ‘यात्राको लय’ नियात्राकार प्रदीप सापकोटाद्वारा लेखिएको यात्रा अनुभवहरूको एउटा सुन्दर सँगालो हो। यसै वर्ष प्रकाशित यो पुस्तकमा लेखकले आफ्नो दुई दशक लामो यात्राका केही अनुभवलाई १४४ पृष्ठभित्र समेटेका छन्।

उनी नेपालको विभिन्न क्षेत्रहरूको भौगोलिक ऐतिहासिक र सांस्कृतिक पक्षहरूलाई गहिरो रुपमा अनुभव गर्ने अवसर पाउँछन्। उनका यात्रा अनुभवहरुले नेपालको गहिरो इतिहास र समाजलाई सरल तरिकाले उजागर गर्छन्। उनले यात्रा गरेका ठाउँको सुन्दर प्रकृतिको दृष्यापान पाठकलाई गराउँछन्। त्यसतर्फ पाठकका आँखा गड्छन्।

नियात्रामा दु:खका विरमाइला पल पनि आएका छन्, रमणीय पनि। अनि साहित्यिक माहोलमा झुमेका क्षण पनि कैद भएका छन् भने धार्मिक यात्रा पनि छन्। देशका द्वन्द्वकालीन समयको दर्दनाक अवस्थाका दृष्यहरु रिल जस्तै आएका छन्। 

सापकोटाको यात्राको लय भित्रका सुस्वादु रसले भरिएका विभिन्न स्थानका नियात्राहरु पढ्दा अल्छी लागेन मलाई। बोझ मानेन मनले। शब्दहरुको सरलताले शब्दकोष खोज्न जरुरी ठानेन। कहीँ कतै ढुंगा लागेन। मज्जाले सकाएँ आद्योपान्त।

नियात्रामा हुने भनेका निजात्मकता, तथ्यामकता, यथार्थपरकता, स्थानीयता सबै कुराहरु भरिएजस्ता लाग्छन्। हुन त म समीक्षक बन्ने धृष्टता राख्दिनँ तर पाठकीय दृष्टिचेतले मलाई यति भन्न सक्ने बनायो। 

यस पुस्तकमा १७ शीर्षकमा विभिन्न स्थान र घटनाहरू समेटिएका छन्। जसले नेपालको ऐतिहासिक, राजनीतिक र सामाजिक पृष्ठभूमिको झलक दिन्छ। उनको सरल लेखन शैलीलाई यस पुस्तकको अर्को विशेषता मान्न सकिन्छ। उनी आफ्नो यात्रा अनुभवलाई साधारण र सजिलै बुझिने भाषामा प्रस्तुत गर्छन् जसले पाठकलाई सजिलै पुस्तकमा तान्छ। लेखनमा कुनै जटिलता नराखी उनले आफ्ना अनुभवहरुलाई सरल एवं सजीव रुपमा प्रस्तुत गरेका छन् जसले पाठकलाई प्रत्यक्ष अनुभवको अनुभूति गराउँछ। नियात्राकार हामी पाठकलाई आफूसँगै यात्रा गराउँछन्। ‘यात्राको लय’को अर्को विशेषता भनेको पाठकले पाठकीय आनन्दानुभूति गर्न सक्छन्। 

यात्राको लयले केवल मनोरञ्जनात्मक यात्रा वर्णन मात्र गर्दैन, बरु यसले नेपालको इतिहास र संस्कृतिप्रतिको गहिरो समझदारी पनि प्रस्तुत गर्छ। सशस्त्र द्वन्दका कारण भएका असरहरुलाई लेखकले आफ्नो यात्रासँग जोडेर प्रस्तुत गरेका छन् साथै १९१४ मा अङ्ग्रेज विरुद्धको लडाईंमा भारतलाई सैन्य सहयोग गरेबापत उपहार स्वरूप बाँके जिल्ला पाएको ऐतिहासिक प्रसङ्ग उल्लेख गरेका छन्। तत्कालीन राजा महेन्द्रले व्यवस्थित ढङ्गले टाउन प्लानिङ गरेर बसालेको हुनाले महेन्द्रनगर नाम रहेको सन्दर्भ पनि यस पुस्तक भित्र रहेको छ। 

ज्योतिषको भविष्यवाणीसँगै एक जडियाले खुकुरीले झन्डै काटेको अकल्पनीय अवस्थाको बारेमा समेत वर्णन गरिएका छन् जसले पाठकको मन झस्काउँछ। उनको भोगाइका चस्काले दु:खी बनाउँछ। यो उनको जीवनको आकष्मिकता जस्तो लाग्छ। उनले त्यसमा वर्णन गरेको कुराले पाठक बीभत्स दृश्य देख्न सक्छ। उनले नेपालका विभिन्न भूगोल र प्रकृतिलाई नजिकबाट नियालेर उधिनेका छन् कृतिमा। यसमा पाठकले महसुस गर्नसक्ने भनेको यायावरीय दृष्टिचेत गोचर गर्नसक्नु हो। अनि तथ्यात्मक लयमा यात्राको लय बगेको छ। यसमा केही सूचना र जानकारीहरु पनि पाइन्छ। उनका रचनागर्भका कुरा पढ्दा स्थानीयतामा उनी मज्जैले रुझेका देखिए। यो पनि नियात्राको उल्लेख गर्न लायक पक्ष हो। 

Ncell 2
Ncell 2

पनौतीदेखि बराहक्षेत्र चतराधामसम्मको धार्मिक यात्रा वृत्तान्त पनि यहाँ छ। सहभोज शीर्षकमा लेखकले आफू बाहुनको छोरो भएर पनि एउटा दलितको घरमा रात बिताएको र त्यहाँको माहोल वातावरणको वर्णन गर्वका साथ गरेका छन् जुन रोचक र सन्देशमूलक छ। त्यतिबेलाको समाजमा बागलुङ जस्तो दुर्गम जिल्लामा नियात्राकारको त्यो हिम्मतलाई मनैदेखि सलाम गर्न चाहेँ। दलितहरूबीच नै कायम रहेको भेदभाव कार्यक्रममा सहभोज खुवाएर केही कम गर्न सक्नु निश्चय नै उल्लेख्य छ।

पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मनले मानव धर्म नै सबैभन्दा ठूलो धर्म हो भन्ने हामीलाई सन्देश दिएको छ। साथै नेपालको स्विजरल्यान्डको रमाइलो यात्रा वर्णन पनि साहित्यिक छ। नक्सलबाडी हुँदै टाइगर हिल बरालिँदा र दार्जिलिङ घुम्दा नेपाली साहित्य संगीतमा उच्च योगदान र्याबएका विशिष्ट व्यक्तित्वहरूको लेखकले सम्झना गरेका छन्।

पुस्तकमा मकवानपुरगढीको ऐतिहासिक महत्त्वबारे पनि रोचक जानकारी छ। लेखकले गढीमा गरेको यात्रा र त्यहाँ भेटिएका ऐतिहासिक वस्तुहरूको वर्णनले पाठकलाई नेपालको प्राचीन इतिहाससँग जोड्न सक्षम बनाएको छ। दार्जिलिङको रमाइलो घुमघाम र भौगोलिक दृश्य, नेपालको विभिन्न भौगोलिक सुन्दरताको वर्णनले पुस्तकलाई अझै सिंगारेको छ।

नियात्राकारले आफ्नो यात्रामा भारतीय प्रहरीसँगको एक अप्रिय अनुभव पनि उल्लेख गरेका छन् जहाँ तस्बिर खिच्ने क्रममा क्यामेरा खोसिएको थियो। यो घटनाले नेपालको छिमेकीसँगको सम्बन्ध र सीमा समस्याको चर्चा मात्र होइन बरु यात्राको क्रममा देखिने अप्ठ्यारा पक्षहरूसँग पाठकलाई परिचित गराउँछन् भने नेपालको राज्यपक्षको निरीहता टनकपुर दुख्दामा महसुस गर्न सकिन्छ।

तराईका बाढी पीडितहरूको दयनीय अवस्था र मुसहरहरुको बस्तीका पीडाहरु खोतलखातल पारेर उजागर गर्न उनी सफल भएका छन्। अनि त्यहाँ हुने राजनीतिक चलखेलका कुरा पनि सार्वजनिक गरेका छन्। सुकुटेको रमाइलो पलमा साहित्यिक यात्राका क्रममा विभिन्न साहित्यकारहरुकसँगको कुराकानी र साहित्यिक माहोल आदिको बारेमा लेखकले उल्लेख गरेका छन्। 

पुस्तकमा समेटिएका विविध घटना र ठाउँहरूको उल्लेखले पाठकलाई नेपालको ऐतिहासिक सांस्कृतिक र राजनीतिक पृष्ठभूमिको गहिराइमा पुर्याोउँछ। पुस्तकले नेपालको विविधता र परम्परालाई सजिलैसँग बुझ्न सहयोग गर्छ। लेखकले आफ्ना यात्राका अनुभवहरुमार्फत नेपालको सुन्दरताको वर्णन मात्रै गरेका छैनन् उनले यात्राका क्रममा सामना गरेका चुनौती र संघर्षहरुलाई पनि प्रस्तुत गरेका छन्।

नेपालको केही ऐतिहासिक सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणले बुझ्न चाहने पाठकहरूका लागि यात्राको लय निकै महत्वपूर्ण स्रोत साबित हुनसक्छ। यसले अझै भौगोलिक ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्मान गर्न पाठकलाई प्रेरित गर्छ।

अन्त्यमा ‘यात्राको लय’ नियात्रा संग्रहले पाठकलाई नेपालको भौगोलिक सुन्दरता ऐतिहासिक गौरव र सामाजिक सन्दर्भहरूको गहिराइमा पुर्यातउँछ।

प्रदीप सापकोटाको सरल र प्रभावशाली लेखनशैलीले पुस्तकलाई अझै पठनीय बनाएको छ। लेखकले आफ्नो व्यक्तिगत अनुभवहरुलाई कथाशैलीमा प्रस्तुत गर्दै नेपालको विभिन्न ठाउँहरुको विशेषता र त्यहाँ भएका ऐतिहासिक घटनाहरूलाई सरल भाषामा प्रस्तुत गरेका छन्। यो पुस्तक यात्रालाई मात्र होइन नेपालप्रतिको प्रेम र स्वाभिमानलाई पनि समेट्न सफल भएको छ।

पुस्तकले इतिहास समाजशास्त्र पर्यटन एवं यात्रामा रुचि राख्ने सबैलाई आकर्षित गर्छ। ‘यात्राको लय’ केवल एउटा यात्रा पुस्तक मात्र नभएर नेपालको सांस्कृतिक इतिहास र पर्यटनको जीवित दस्तावेज हो। यो पुस्तकले एउटा कुशल लेखकको रुपमा सापकोटालाई उभ्याएको छ र पाठकलाई यात्रा इतिहास र संस्कृति प्रतिको गहिरो जानकारी दिने प्रयास गरेको छ।

नेपालका गन्तव्यहरूको फोटोग्राफी सांस्कृतिक धरोहरहरूको सरल रुपमा वर्णन, ऐतिहासिक घटनाहरूको झल्को र समाजमा देखिएका विविध पक्षलाई समेट्दै यो पुस्तक यात्राप्रेमी र इतिहासमा रुचि राख्ने पाठकहरूका लागि एक अवश्य पढ्नुपर्ने कृति बनेको छ।

यात्राको लय प्रदीप सापकोटाको यात्रा र अनुभवहरूको एउटा उत्कृष्ट कृति बनेको छ। शिल्पसाधना पनि सघन छ। भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस कृतिले प्रदीप सापकोटालाई सम्भावना बोकेका नियात्राकारको दर्जामा उभ्याएको छ। 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
अर्जुननरसिंहले भने:  लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जम्दैन आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्