काठमाडौं– काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि एयरपोर्टमा सुरक्षा सतर्कता बढाइएको छ।
सोमबार अपरान्ह दिल्ली उड्न लागेको उक्त जहाजमा बम रहेको सूचना आएपछि अहिले नेपाली सेना र नेपाल प्रहरीले संयुक्त सर्च थालेका छन्। उक्त जहाज सवा ३ मा त्रिभुवन विमानस्थल अवतरण भएको थियो।
पौने ४ बजेको उडान रहेको उक्त जहाजमा केही यात्रु चढेपछि उडान रोकेर चेकजाँच भइरहेको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए।
यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा बम राखिएको सूचना आएको थियो। २-३ घण्टाको सर्चपछि बम राखिएको सूचना फेक भएको पुष्टि भएको थियो।
पछिल्लो समय भारतीय एयरलाइन्सका जहाजमा बमको फेक सूचनाले उडानहरू प्रभावित भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।