काठमाडौं– नेपालमा उडान अनुमति अवधि सकिएको थाई एयर एसियाको जहाजलाई आज केहीबेर होल्ड गराएर मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्न दिइएको छ।
थाइल्याण्डको बैंककबाट आएको उक्त जहाज आज २ बजे अवतरण गर्नुपर्ने तालिका भए पनि त्रिभुवन विमानस्थलमा अनुमति नपाएपछि होल्ड गराइएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी उपप्रबन्धक ज्ञानेन्द्र भुलले विमानमा सवार यात्रुको सुरक्षा जोखिमलाई ध्यान दिएर अवतरणको अनुमति दिइएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।