काठमाडौं– ८ हजार २७ मिटर अग्लो सिसापाङमा हिमाल आरोहण गरी कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।
८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका आरोहीहरूलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो।
नेपाली महिलातर्फ पहिलो पटक ८ हजार मिटरमाथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा साथै सफल आरोहीहरू निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पालगायत ९ जना आरोहीहरुलाई नेपाल पर्वतारोहण संघ, आफन्त र समर्थकले सम्मानका साथ स्वागत गरे।
साथै उनीहरुलाई बानेश्वर, त्रिपुरेश्वर, ठमेल हुँदै भृकुटीमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।