• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २, २०८२ Sun, Oct 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी

64x64
नेपाल लाइभ बुधबार, भदौ २६, २०८१  १२:४०
1140x725

गण्डकी– पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ। पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ। नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ। यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ। 

नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधासहित लाखौँ आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्राउने योजना के छन् त ? पर्यटकीय राजधानी हुनुले पोखरामा हुने पर्यटकको आवागमनमा यसपालि वृद्धि होला त ? होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, “प्रर्वद्धनात्मक कार्यक्रममा हामी बढी केन्द्रित छौँ, पर्यटकीय राजधानी घोषणा लगत्तै होटलमा छुट अफरसहित विभिन्न प्याकेजहरु सार्वजनिक गरेका थियौँ।”
    
उनले ‘अफ सिजन’मा होटलहरुले ५० प्रतिशतसम्म छुट दिने गरेको बताए। “अहिलेको वर्षायाममा पर्यटक आगमन ज्यादै न्यून रह्यो, आन्तरिक पर्यटक पनि पोखरा–मुग्निल राजमार्गको नाजुक अवस्थाका कारण पोखरा आउन चाहेनन्”, सङ्घका अध्यक्ष सुवेदीले भने, “अब असोज लागेपछि पर्यटक आवागमन बढ्छ, पदयात्राका लागि आउने विदेशी पर्यटक पनि यही याममा बढी आउँछन्।” उनले आन्तरिक पर्यटकलाई पोखरा भित्राउन देशका विभिन्न सहरमा ‘जाऔँ है पोखरा’ कार्यक्रम सञ्चालन गर्ने गरिएको बताए। 

भारतीय बजारलाई लक्षित गरी ‘चलिए पोखरा’ र चीनमा पनि सोही प्रकृतिको प्रवद्र्धनात्मक कार्यक्रम बर्सेनि हुँदै आएको उनको भनाइ छ। “पोखरामा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भनेर होटल सङ्घलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाहरु लागिपरेका छन्”, सङ्घका अध्यक्ष सुवेदीले भने, “पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा पोखराको पर्यटन विकासमा राज्यका नियकाले पनि विशेष ध्यान दिनुपर्छ, पूर्वाधारमा लगानी बढाउनुपर्छ।”

लामो प्रयास र बहसपछि गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरेका थिए। घोषणाका क्रममा उनले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गमका रुपमा रहेको उल्लेख गरेका थिए। प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्बर जिसीले पर्यटन पूर्वाधार र प्रवद्र्धनका कार्यक्रम भइरहेको बताए। पोखरालगायत यस क्षेत्रका गन्तव्यस्थलको वृत्तचित्र र प्रचार सामग्री तयार पारी प्रकाशन/प्रसारण गरिएको उनको भनाइ छ। 

“आउँदो पर्यटकीय यामलाई लक्षित गरी पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने सोच मन्त्रालयले बनाएको छ, अन्य प्रवद्र्धनात्मक कार्यक्रम पनि तय गरिएको छ”, उनले भने, “पोखराको नयाँ गन्तव्यका रुपमा विकास भइरहेको राउण्ड फेवा–भ्यू फेवा ट्रेकिङ ट्रेलको काम आधा सकिएको छ, यो वर्ष थप ५० लाख बजेट उक्त योजना छ।” प्रदेश सरकारले बेगनास तालमा क्रुज सिप सञ्चालनको योजना पनि अगाडि बढाएको उनले बताए। प्रदेश सरकारले आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्दल निर्माणलगायत पर्यटनलक्षित योजना घोषणा गरेको छ। 

पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकीय राजधानीका रुपमा विश्व पर्यटन बजारमा पोखराको थप ‘ब्राण्डिङ’ भइरहेको बताए। “पोखरा यसैपनि पूर्वाधारसम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता दिनुपर्छ”, उनले भने, “यो घोषणाले पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा दुरगामी महत्व राख्छ।” 

पोखरामा उल्लेख्य संख्यामा विदेशी पर्यटक भित्राउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। पोखरा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बित्न लाग्दासमेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पर्यटन व्यवसायी श्रेष्ठका अनुसार पोखराको पर्यटनमा झण्डै छ खर्बको लगानी छ। साधारणदेखि पाँच तारेसम्म गरी झण्डै १२ सय होटल पोखरामा सञ्चालित छन्। 

बहुआयमिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सरकार र निजी क्षेत्रबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ छ।। पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधिकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो। उक्र घोषणासँगै पोखराको पर्यटन विकासमा तीन वर्षे, पाँच वर्षे र दीर्घकालीन योजना तय गरिएको छ। 

Ncell 2
Ncell 2

अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवद्र्धन र ‘ब्राण्डिङ’ तथा बजारीकरणमा जोड दिइएको छ। मध्यमकालीन रणनीतिमा विशिष्कृत पर्यटन विकास, बसोबासका विकल्पको विविधिकरण र व्यवसायिक जनशक्तिको उपलब्धतालाई समेटिएको छ। दिगोपना, समावेशीता, विद्युतीय पर्यटनलगायत विषय दीर्घकालीन रणनीतिमा उल्लेख छन्। 

पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने भन्दै पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध पक्षको ध्यान जान जरुरी रहेको पर्यटन विज्ञहरुले बताउँदै आएका छन्। 

के हुन् पोखराका आकर्षण?
पोखरा हिमाल र तालतलैयाको सहरले चिनिन्छ। हिमशृङ्खलाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन्। फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन्। 

प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ। प्राचिन कला, सभ्यता र साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा। यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ। परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका साँस्कृतिक धरोहर हुन्। साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ। 

पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन्। हवाई र सडक दुर्व मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा छ। 

पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ। पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि प्रयाप्त रहेका छन्। बैंक, एटीएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउण्टर उपलब्ध छन्। सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्ट सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन्। 

पर्यटकहरुको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठनहरु क्रियाशील छन्। पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन्। प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ। नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउँछ। 

आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ। बर्सेनि करिब दस लाख आन्तरिक पर्यटकले पोखरा घुम्ने गरेको अनुमान गरिन्छ। फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा ७५ वर्षको दौरानमा पर्यटकीय राजधानी बन्न सफल भएको छ। 

प्रदेश राजधानीसमेत रहेको पोखरा आउँदा आसपासका जिल्लामा रहेका गन्तव्यमासमेत पुग्न सकिन्छ। पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन्। पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन्। हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन्। 

पोखरादेखि दुई घण्टाको दुरीमा पर्ने बागलुङका गन्तव्यस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन्। त्यहाँ कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत छन्।

तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाली जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकको रोजाइमा पर्छ। हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन्। म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ। धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन्। 

पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन्। अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ। निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ। पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन्। राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन्। 

व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन्। मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन्। लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन्। ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता गन्तव्यले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट, मध्यमार्गी शक्ति निर्माण गर्न माग
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल
सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो
सम्बन्धित सामग्री
त्रिभुवन विमानस्थलका आन्तरिक उडान सबै रद्द विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फकासबै उडान रद्द गरिएका हुन् । अन्तररा... शनिबार, असोज १८, २०८२
१६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु हिमालको सफल आरोहण इलाइट ट्रेक्स एण्ड एक्सपिडिसन प्रबन्धक तथा हिमाल आरोहणबाटै गिनिज बुकमा नाम लेखाएका मिङमा डेभिड शेर्पाका अनुसार उनी सबैभन्दा कम उमेरम... सोमबार, असोज १३, २०८२
नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने का... शुक्रबार, असोज १०, २०८२
ताजा समाचारसबै
रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट, मध्यमार्गी शक्ति निर्माण गर्न माग आइतबार, कात्तिक २, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो आइतबार, कात्तिक २, २०८२
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति आइतबार, कात्तिक २, २०८२
अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
सात सालपछिकै सबैको सम्पत्ति छानबिन गर्न ओलीको चुनौती शनिबार, कात्तिक १, २०८२
अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन आइतबार, कात्तिक २, २०८२
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति आइतबार, कात्तिक २, २०८२
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्