काठमाडौं– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
पर्यटनमन्त्री बद्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको याफ्रुबेसीका लागि उडेको थियो। नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण उडाएको जनाएको छ। चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।