काठमाडौं– बुधबार दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज १५ वर्ष विदेशमा उडान भरेपछि ६ वर्ष अघि नेपाल ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने बित्तिकै दुर्घटनामा परेको उक्त जहाजले २१ वर्षदेखि निरन्तर उडान गरिरहेको थियो।
सो जहाज प्राविधिक कमजोरीबाट दुर्घटना नभएको र मर्मत नभएको पुरानो जहाज नभएको,उडान योग्य अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिरकणले स्पष्ट पारेको छ।
सौर्य एयरलाइन्सको जहाज मर्मत गर्ने ह्याङ्गर पोखरामा छ। पोखरामा नै इन्जिन बाहेकको सबै जाँच (सीचेक) गर्ने गरी जाँदै गरेले उक्त जहाजले बुधबार व्यवसायीक उडान गरेको होइन।
बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो। सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको यो विमानको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो।
जुन २००७ सम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किन्यो। एरिकपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो।
करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किन्यो। मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो। सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो। सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई राखिएको थियो।
२१ वर्ष ४ महिनादेखि यात्रु सेवामा रहेको यो विमान इन्जिन परीक्षणका लागि बिहीबार काठमाडौंबाट पोखरा विमानस्थल जाँदै गर्दा दुर्घटनामा परेको हो। जसमा १८ जनाले ज्यान गुमाएका छन्। पाइलट उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।