काठमाडौं– बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एअरको जहाज दुर्घटनामा अहिलेसम्म १८ जनाको शव निकालिएको छ।
१९ जना प्राविधिक सहित दुई जना चालकदलका सदस्य लिए पोखराका लागि उडेको जहाज विमानस्थलको पूर्वपट्टी दुर्घटना ग्रस्त बनेको हो।
दुर्घटनापछि खटिएका उद्धारटोलीले अहिलेसम्म १८ जनाको शव निकालेका हुन्। यस्तै एक जना चालक दलका सदस्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ।
चालक मनिष शाक्य बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ। विमानस्थल स्रोतका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।