काठमाडौं– नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री पाण्डेले मन्त्रालयमा पदबहाली गरेका छन्।
सोमबार शपथपछि मन्त्रालयमा उनको पदबहाली भएको छ। पदबहालीसँगै मन्त्री पाण्डेले पर्यटन नीति परिमार्जनका लागि कार्यदल गठन गरेका छन्।
उक्त कार्यदलले तीन महिनाभित्र प्रतिवेदन तयारी पारी बुझाउने समायावधि दिइएको मन्त्री पाण्डले बताए। २०६५ मा बनेको पर्यटन नीति अहिलेको संघीयता अनुरुप नभएको र पर्यटन क्षेत्रको विकास तथा पर्यटनबाट रोजगारी सिर्जनामा प्रभावकारी नदेखिएकाले नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको उनको भनाइ छ।
उनले आफू जति समय पदमा रहे पनि त्यस अवधिसम्म नेपालको पर्यटन क्षेत्रलाई रोजगारीको प्रमुख स्रोत बनाउने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।