काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको पूर्ण मर्मत सी-चेकको अनुमति दिएको छ।
वाइडबडी जहाज नाइन एनएनवाई जहाज अनुमति विनै सी चेकमा पठाएको भन्दै प्राधिकरणले निगमका कार्यकारी निर्देशकसहितका अधिकारीलाई एकाउन्टेबल म्यानेजरको रूपमा काम गर्न समेत रोक लगाएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले प्राधिकरणका उच्च अधिकारीसँग छलफल गरी निगमलाई अनुमति दिन पहल थालेको उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।