• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

म्याराथन दौडिएर अमेरिकामा नेपाल म्युजियम खोल्न कस्सिएका जोशी

64x64
नेपाल लाइभ बुधबार, जेठ २३, २०८१  १६:५६
1140x725

काठमाडौं– अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजिम’ स्थापना गर्ने हुटहुटी बोकेर हिँडेका नेपालीमुलका बाल जोशीले त्यसकै लागि स्रोत जुटाउन एभरेष्ट म्याराथन दौड पूरा गरेका छन्। संसारकै अग्लो स्थानमा आयोजना हुने र संसारकै जोखिमपूर्णमध्ये मानिने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पुरा गरेसँगै उनको आँट थप मजबुत बनेको छ।

गत जेठ १६ गते आयोजित ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ उनले सफलतापूर्वक पूरा गरे। ८ घण्टा ५६ मिनेटमा संसारकै अग्लो स्थानमा हुने एभरेष्ट म्याराथन पूरा गरेपछि उनले सुनाए, ‘मैले यो दौड पूरा गरेँ, अब नेपाल हेरिटेज म्युजियम बनाउने खास दौड शुरु भएको छ।’

अमेरिका अहिले पनि धेरैले सपनाको देश ठान्ने भूमि हो। त्यहाँ पुगेर स्थायी आवासीय अनुमति पाएका नेपालीको संख्या अब हजार होइन, लाखमा पुगेको छ। जसरी अमेरिकामा नेपाली (नेपाली मूल) को बसोबास बढिरहेछ, अवसरको खोजीमा नेपाल छाडेर त्यहाँ ‘सेटल’ हुन पुगेकाहरुमा आफ्ना सन्तान नेपाल र नेपाली संस्कृतिबाट अलगथलग होलान् कि भन्ने चिन्ता पनि देखिँदैछ।

त्यही चिन्ताले जन्माएको हो, अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना। अनि त्यही योजनाबाट जन्मियो म्युजियमका लागि स्रोत जुटाउने हुटहुटी। त्यही हुटहुटी बोकेर ड्यालस, टेक्ससका बाल जोशी संसारकै अग्लो स्थानमा आयोजना हुने र सबभन्दा जोखिमपूर्ण मानिने ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ दौडिन आइपुगे।

e9402d81-8669-4e63-ab21-b6e96cd2399d-1717585945.jpegसपनाले पछ्याएको दौड
अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना करिब दुई दशकअघि अमेरिका पुगेका बालकै परिकल्पनाले जन्माएको हो। अहिले उनी त्यही परिकल्पनालाई आकार दिन दौडिरहेका छन्। परिणाम अब यो एउटा अभियान बनेको छ जसको अग्रभागमा उनै जोशी खटेका छन्। ‘आर्थिक सहयोग त अमेरिकामै रहेका धनाढ्यहरुबाट पनि उठाउन सकिन्थ्यो होला। तर संसारभर छरिएका नेपाली समुदायको अपनत्व यसमा जोड्ने हाम्रो उद्देश्य हो,’ भन्छन्।

Ncell 2
Ncell 2

यो परिकल्पना करिब तीन वर्षअघिको कुरा हो। जोशी जतिबेला नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष थिए। खासमा त्यसबेला चेम्बरकै परिकल्पनाका रुपमा उनले नेपाल हेरिटेज म्युजियमलाई अघि बढाउने योजना अगाडि सारेका हुन्। त्यसमा नेप्लिज अमेरिकन चेम्बरको भरथेग उनले पाएका छन्। अबको आधा शताव्दीपछि अमेरिकामा रहेका नेपाली समुदायको तस्बीर कस्तो देखिएला? एक दिन यही प्रश्नले चिमोटेपछि जोशीले ५० वर्षपछिको अमेरिकी नेपाली समुदाय परिकल्पना गर्न थाले। सम्भवतः नेपालीमुलको चौथो पुस्तासमेत स्थापित भइसकेको हुने त्यो बेला नेपालसँगको सम्पर्क, सम्बन्धलाई अहिलेबाटै जोड्ने प्रयास नहुने हो भने चटक्कै टुट्न पनि सक्ने अवस्था उनको आँखाअगाडि झल्झली आयो।
  
अमेरिकामा अहिले थोरै संख्यामा मात्र नेपालीमुलका दोस्रो पुस्ता (नेपालीमुलका बाबुआमाबाट अमेरिकामा जन्मिएका) छन्, प्रायः पहिलो पुस्ता (नेपालमा जन्मिएर अमेरिका पुगेका) कै नेपालीको बाहुल्य छ। त्यतिञ्जेल यो पहिलो पुस्ताको के कुरा, लगभग दोस्रो पुस्ता नै सकिइसक्ने भएकाले अधिकांशको परिवार अमेरिकाको मिश्रित संस्कारमै घुलन भइसक्ने अवस्था उनले देखे।

‘नयाँ पिढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिराख्न, सम्पर्कको तार टुट्न नदिन केही त गर्नैपर्छ भन्ने लाग्यो। त्यहीक्रममा नेपाल हेरिटेज म्युजियमको परिकल्पना गरिएको हो। यसको सार भनेकै अमेरिकामा नेपाल चिनाउने, नेपाल देखाउने र बुझाउने म्युजियम हो,’ उनले भने। 
टेक्ससको युलेसमा जहाँ नेपाली मन्दिर बनेको छ, त्यसकै परिसरमा अलग्गै संरचनासहित नेपाल हेरिटेज म्युजियम बनाउने योजना छ। यसलाई मिनि–नेपाल अवधारणाका रुपमा अघि सार्न खोजिएको छ।

यो अवधारणा अन्तर्गत् नेप्लिज अमेरिकन चेम्बरका तर्फबाट नेपालको पुरातत्व विभाग, पुरातत्वका क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थाहरुसँग विभिन्न चरणमा छलफल पनि गरिसकिएको छ। ‘यो आजको भोलि भइहाल्ने भन्दा पनि अमेरिकामा रहेका नेपालीमुलका सबैले गर्व गर्नसक्ने गरि पुर्खाको पहिचान र नेपाली संस्कृति जगेर्ना गर्ने अवधारणा हो,’ जोशी भन्छन्, ‘हामीले आउँदो पुस्तालाई दिन खोजेका हौँ, यसपमार्फत् नाति पुस्तासम्म नेपालसँगको सम्बन्ध र सम्पर्क टुट्न नदिने प्रयत्न हो। सुखद कुरा, अब हाम्रो कुरा बुझेर धेरैले यसमा चासो दिन थाल्नुभएको छ। कसरी सहयोग गर्न सकिन्छ भनेर कुराकानी गर्न थाल्नुभएको छ।’

यही सपनाले डोर्याएपछि जोशी पछिल्ला तीन–चार वर्षदेखि म्याराथन र अल्ट्रा म्याराथन दौडिइरहेका छन्। २०२३ मा मात्र पाँचवटा म्याराथन र दुइटा अल्ट्रा म्याराथन दौडिएका उनले अबका दुई अढाई दशक नेपाल हेरिटेज म्युजियमका लागि दिने निधो गरेको सुनाए। ७० वर्षअघि अर्थात् सन् १९५४ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पाइला राखेको दिनको सम्झनामा मनाइने ‘एभरेष्ट डे’ र त्यही अवसर पारेर विगत २० वर्षदेखि हुँदै आएको तेन्जिङ हिलारी एभरेष्ट म्याराथन (फुल म्याराथन) दौडिन आएका उनी दौडिएरै नेपाल हेरिटेज म्युजियमका लागि ‘फन्ड रेज’ मात्र गर्न चाहँदैनन्।

विदेशमा रहेका भावी पुस्तालाई एक म्युजियम चाहिन्छ भन्ने भावनाको विकास गर्नु आवश्यक रहेको सन्देश पनि दिन चाहन्छन्। त्यसका लागि उनी दौडिएरै ‘फन्ड रेज’ गरिरहेका छन्। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्