• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

म्याराथन दौडिएर अमेरिकामा नेपाल म्युजियम खोल्न कस्सिएका जोशी

64x64
नेपाल लाइभ बुधबार, जेठ २३, २०८१  १६:५६
1140x725

काठमाडौं– अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजिम’ स्थापना गर्ने हुटहुटी बोकेर हिँडेका नेपालीमुलका बाल जोशीले त्यसकै लागि स्रोत जुटाउन एभरेष्ट म्याराथन दौड पूरा गरेका छन्। संसारकै अग्लो स्थानमा आयोजना हुने र संसारकै जोखिमपूर्णमध्ये मानिने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पुरा गरेसँगै उनको आँट थप मजबुत बनेको छ।

गत जेठ १६ गते आयोजित ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ उनले सफलतापूर्वक पूरा गरे। ८ घण्टा ५६ मिनेटमा संसारकै अग्लो स्थानमा हुने एभरेष्ट म्याराथन पूरा गरेपछि उनले सुनाए, ‘मैले यो दौड पूरा गरेँ, अब नेपाल हेरिटेज म्युजियम बनाउने खास दौड शुरु भएको छ।’

अमेरिका अहिले पनि धेरैले सपनाको देश ठान्ने भूमि हो। त्यहाँ पुगेर स्थायी आवासीय अनुमति पाएका नेपालीको संख्या अब हजार होइन, लाखमा पुगेको छ। जसरी अमेरिकामा नेपाली (नेपाली मूल) को बसोबास बढिरहेछ, अवसरको खोजीमा नेपाल छाडेर त्यहाँ ‘सेटल’ हुन पुगेकाहरुमा आफ्ना सन्तान नेपाल र नेपाली संस्कृतिबाट अलगथलग होलान् कि भन्ने चिन्ता पनि देखिँदैछ।

त्यही चिन्ताले जन्माएको हो, अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना। अनि त्यही योजनाबाट जन्मियो म्युजियमका लागि स्रोत जुटाउने हुटहुटी। त्यही हुटहुटी बोकेर ड्यालस, टेक्ससका बाल जोशी संसारकै अग्लो स्थानमा आयोजना हुने र सबभन्दा जोखिमपूर्ण मानिने ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ दौडिन आइपुगे।

e9402d81-8669-4e63-ab21-b6e96cd2399d-1717585945.jpegसपनाले पछ्याएको दौड
अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना करिब दुई दशकअघि अमेरिका पुगेका बालकै परिकल्पनाले जन्माएको हो। अहिले उनी त्यही परिकल्पनालाई आकार दिन दौडिरहेका छन्। परिणाम अब यो एउटा अभियान बनेको छ जसको अग्रभागमा उनै जोशी खटेका छन्। ‘आर्थिक सहयोग त अमेरिकामै रहेका धनाढ्यहरुबाट पनि उठाउन सकिन्थ्यो होला। तर संसारभर छरिएका नेपाली समुदायको अपनत्व यसमा जोड्ने हाम्रो उद्देश्य हो,’ भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो परिकल्पना करिब तीन वर्षअघिको कुरा हो। जोशी जतिबेला नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष थिए। खासमा त्यसबेला चेम्बरकै परिकल्पनाका रुपमा उनले नेपाल हेरिटेज म्युजियमलाई अघि बढाउने योजना अगाडि सारेका हुन्। त्यसमा नेप्लिज अमेरिकन चेम्बरको भरथेग उनले पाएका छन्। अबको आधा शताव्दीपछि अमेरिकामा रहेका नेपाली समुदायको तस्बीर कस्तो देखिएला? एक दिन यही प्रश्नले चिमोटेपछि जोशीले ५० वर्षपछिको अमेरिकी नेपाली समुदाय परिकल्पना गर्न थाले। सम्भवतः नेपालीमुलको चौथो पुस्तासमेत स्थापित भइसकेको हुने त्यो बेला नेपालसँगको सम्पर्क, सम्बन्धलाई अहिलेबाटै जोड्ने प्रयास नहुने हो भने चटक्कै टुट्न पनि सक्ने अवस्था उनको आँखाअगाडि झल्झली आयो।
  
अमेरिकामा अहिले थोरै संख्यामा मात्र नेपालीमुलका दोस्रो पुस्ता (नेपालीमुलका बाबुआमाबाट अमेरिकामा जन्मिएका) छन्, प्रायः पहिलो पुस्ता (नेपालमा जन्मिएर अमेरिका पुगेका) कै नेपालीको बाहुल्य छ। त्यतिञ्जेल यो पहिलो पुस्ताको के कुरा, लगभग दोस्रो पुस्ता नै सकिइसक्ने भएकाले अधिकांशको परिवार अमेरिकाको मिश्रित संस्कारमै घुलन भइसक्ने अवस्था उनले देखे।

‘नयाँ पिढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिराख्न, सम्पर्कको तार टुट्न नदिन केही त गर्नैपर्छ भन्ने लाग्यो। त्यहीक्रममा नेपाल हेरिटेज म्युजियमको परिकल्पना गरिएको हो। यसको सार भनेकै अमेरिकामा नेपाल चिनाउने, नेपाल देखाउने र बुझाउने म्युजियम हो,’ उनले भने। 
टेक्ससको युलेसमा जहाँ नेपाली मन्दिर बनेको छ, त्यसकै परिसरमा अलग्गै संरचनासहित नेपाल हेरिटेज म्युजियम बनाउने योजना छ। यसलाई मिनि–नेपाल अवधारणाका रुपमा अघि सार्न खोजिएको छ।

यो अवधारणा अन्तर्गत् नेप्लिज अमेरिकन चेम्बरका तर्फबाट नेपालको पुरातत्व विभाग, पुरातत्वका क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थाहरुसँग विभिन्न चरणमा छलफल पनि गरिसकिएको छ। ‘यो आजको भोलि भइहाल्ने भन्दा पनि अमेरिकामा रहेका नेपालीमुलका सबैले गर्व गर्नसक्ने गरि पुर्खाको पहिचान र नेपाली संस्कृति जगेर्ना गर्ने अवधारणा हो,’ जोशी भन्छन्, ‘हामीले आउँदो पुस्तालाई दिन खोजेका हौँ, यसपमार्फत् नाति पुस्तासम्म नेपालसँगको सम्बन्ध र सम्पर्क टुट्न नदिने प्रयत्न हो। सुखद कुरा, अब हाम्रो कुरा बुझेर धेरैले यसमा चासो दिन थाल्नुभएको छ। कसरी सहयोग गर्न सकिन्छ भनेर कुराकानी गर्न थाल्नुभएको छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यही सपनाले डोर्याएपछि जोशी पछिल्ला तीन–चार वर्षदेखि म्याराथन र अल्ट्रा म्याराथन दौडिइरहेका छन्। २०२३ मा मात्र पाँचवटा म्याराथन र दुइटा अल्ट्रा म्याराथन दौडिएका उनले अबका दुई अढाई दशक नेपाल हेरिटेज म्युजियमका लागि दिने निधो गरेको सुनाए। ७० वर्षअघि अर्थात् सन् १९५४ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पाइला राखेको दिनको सम्झनामा मनाइने ‘एभरेष्ट डे’ र त्यही अवसर पारेर विगत २० वर्षदेखि हुँदै आएको तेन्जिङ हिलारी एभरेष्ट म्याराथन (फुल म्याराथन) दौडिन आएका उनी दौडिएरै नेपाल हेरिटेज म्युजियमका लागि ‘फन्ड रेज’ मात्र गर्न चाहँदैनन्।

विदेशमा रहेका भावी पुस्तालाई एक म्युजियम चाहिन्छ भन्ने भावनाको विकास गर्नु आवश्यक रहेको सन्देश पनि दिन चाहन्छन्। त्यसका लागि उनी दौडिएरै ‘फन्ड रेज’ गरिरहेका छन्। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्