काठमाडौं– रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।
युक्रेनविरुद्धको युद्धमा उनीहरु मारिएका हुन्। मारिनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।
मन्त्रालयले रुसी सेनामा भर्ती हुन कुनै सम्झौता नभएकाले त्यसमा संलग्न नहुन अनुरोध गरेको छ। योसँगै रुसी सेनामा गएर मारिएका नेपालीको संख्या १९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।