• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिटरब्याजी साहुलाई खाली चेक दिँदा पवित्री फसिन् ‘चेक बाउन्समा’

64x64
कल्पना घिमिरे शनिबार, फागुन १९, २०८०  २०:२१
1140x725

काठमाडौं– महेन्द्रनगरकी पवित्री मण्डलको परिवार बनिबुतो गरेर जीविका गुजार्दै आएका थिए। आफ्नो थोरै जमिन थियो, अरुको जमिन कमाएर पनि खेतीपाती गर्थे। जसोतसो गर्दै पवित्रीले छोरालाई पनि एसएलसीसम्म पढाइन्।

एसएलसीपछि छोराले पनि आमाबाबुको पेसा अँगाले। त्यसका साथै व्यवसायी बन्न उनले पोल्टी फार्म खोले। पोल्टी फार्म खोलेको सुरुवाती चरणमा राम्ररी चल्न थालेको थियो। त्यसलगत्तै माहामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभाव नेपालमा ठूलै पर्‍यो। लकडाउनले एक स्थानबाट अर्को स्थानमा पुग्न सक्ने अवस्था थिएन। त्यतिबेला सबै व्यापार व्यवसाय ठप्प थियो। 

मण्डलको फार्मको कुखुरा पनि बिक्री भएनन्। ‘बिक्री नभएपछि ठूलो घाटा बेहोनुपर्‍यो। त्यसमाथि कुखुरामा बर्डफ्लु संक्रमण भएर थुप्रै कुखुराहरु मरे। ‘दाना खुवाएर लामो समय पाल्नुपर्दा निकै घाटा बेहोर्नुपर्‍यो। पछिल्लो समय थुप्रै कुखुराहरु मरे। त्यसपछि फाम रित्तियो,’ उनी सुनाउँछिन्, ‘त्यसपछि छोराले विदेश जाने योजना बनायो कुखुरा फार्म पनि ऋण लिइएर खोलेको थियो। त्यो ऋण तिर्न कुखुरा पालनबाट सकिने अवस्था थिएन।’

426720386_1123338405345299_4841005898697165042_n-1709294430.jpg
मण्डलले २०७७ कात्तिक ३ गते राजकुमार महतोसँग एक लाख रुपैयाँ ऋण लिइन्। साहु महतोले मण्डलका छोरा प्रदीप मण्डलको नाममा एक लाख रुपैयाँको चेक दिए। उक्त चेकबाट मण्डलका छोरा प्रदिपले नै रकम निकालेका थिए। त्यसपछि मण्डलले छोरालाई वैदेशिक रोजगारीका लागि मलेशिया पठाइन्।

418281589_1832650600580645_3432274729743365679_n-1709294426.jpg
छोरा विदेश गएपछि उताबाट पठाएको रकम बचाएर साहु राजकुमारलाई ५७ हजार रुपैयाँ बुझाइन्। त्यसपछि बाँकी रकम पनि साहुले माग गरे। त्यतिबेला मण्डलसँग अरु रकम थिएन। ‘छोराले विदेशबाट रकम त पठाइरहेको थियो। तर अरु ऋण पनि थुप्रै थियो। जसोतासो ५७ हजार साहुलाई बुझाएँ। बाँकी रकम पछि बुझाउने सल्लाह भयो। ब्याजसहित कति तिर्न बाँकी छ भन्ने पनि थाहा थिएन। मागे मसँग अहिले छैन भन्दा खाली चेक मागे। त्यसपछि मैले खाली चेकमा साइन गरेर दिएँ,’ उनी सुनाउँछिन्।

420540454_365032319684864_2632589688128635448_n-1709294430.jpg
गत जेठ २ गते उक्त खाली चेकमा साहु राजकुमार महतोले ९ लाख ५० हजार रुपैयाँ भरेर राष्ट्रिय वाणिज्य बैंकमा साट्न गए। तर उनको चेक साटिएन। ‘मेरो खातामा त तेत्रो पैसा थिएन। अनि दुई तिन पटक बैंकमा साट्न गएर चेक नसाटिएको भन्दै साहुले चेक साउन १२ गते तेस्रो पटक बाउन्स भएको भन्दै असोजमा बैंकमा उजुरी गरेछन्। मलाई बैंकबाट चिठ्ठी आएपछि थाहा पाएँ,’ उनी सुनाउँछिन्।

426715925_780541580103719_5395361672974756451_n-1709294426.jpg
उनले साहुसँग मिटरब्याजमा एक लाख रुपैयाँ ऋण मागेकी थिइन्। तर ५७ हजार बुझाइसक्दा पनि ३ वर्षको अवधिमा साढे ९ लाख रुपैयाँ साहुले लिन खोज्दा आफू तिनछक्क परेको सुनाउँछिन्। ‘अहिले सबैले खाली चेक दिनु तेरै गल्ती हो भन्छन्। बैंकले पनि त्यसै भन्छ। अहिले वाणिज्य बैंकले कालोसूचीमा राखेको छ,’ उनले भनिन्। 

426418194_1099585421087635_7013007703421631299_n-1709294429.jpg
पछिल्लो समय चेक बाउन्सको मुद्दा नै दर्ता भइसकेको छ। तर पनि पटकपट साहुले आएर धम्क्याउने गरेको उनको गुनासो छ। ‘एक पटक त साहुको श्रीमतीले घरैमा आएर मलाई हातपात नै गरी। चप्पलले कानमा हान्दा कानको जाली नै फुट्यो। अहिले राम्रोसँग कान सुन्दिनँ’ उनी भन्छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि पनि उनले मिटरब्याजी रामकुमार थापासँग उनले २०७५ असार १ गते कुखुरा फाम खोल्न जग्गा खरिद गर्न  ४ लाख ५० हजार रुपैयाँ ऋण लिइएकी थिइन्। त्यसको भोलिपल्ट मिटरब्याजी पिंकीदेवी साहसँग २ लाख रुपैयाँ ऋण लिइन्।

426636432_778057607511748_6119180234786696218_n-1709294429.jpg
‘प्रत्येक महिना २२ हजारका दरले किस्ता तिर्ने सर्तमा ऋण लिइएकाले ऋण लिइएको एक महिना पछिदेखि किस्ता तिर्न सुरु गरेँ। २९ महिनासम्म किस्ता बुझाउँदा ६ लाख ३८ हजार रुपैयाँ बुझाइसक्दासमेत ऋण सकिएन। मैले साढे ४ लाख रुपैयाँ ऋण लिएकी थिएँ। साहुले १५ लाख रुपैयाँ दिएको तमसुक बनाएछन्,’ उनी सुनाउँछिन्।

420542217_974239680789798_6771239219236838809_n-1709294428.jpg
मिटरब्याजी साहु थापाले मण्डलले सावाँब्याजसहित २१ लाख ९५ रुपैयाँ भुक्तानी गर्न माग गर्दै गत वर्षको चैतमा अदालतमा मुद्दा दर्ता गराए। २ लाख रुपैयाँ ऋण दिइएकी मिटरब्याजी पिंकी साहले पनि ६ लाख रुपैयाँ ऋण दिइएको कपाली तमसुक बनाएर अदालतमा मुद्दा दर्ता गराएको उनको भनाइ छ। 

‘पिंकीले पनि सावाँब्याजसहित ८ लाखभन्दा बढी मागेको छ। मैले २ लाख रुपैयाँ लिइएको हो। एक रुपैयाँ पनि तिरेको छैन। तर तिरेको छैन भन्दैमा लगेको ऋणको तिन गुणा बढाएको छ,’ उनले भनिन्। मिटरब्याजी पिंकिले पनि अदालतमा मुद्दा दर्ता गराएकी छन्। अहिले घरजग्गा अदालतले रोक्का गरेको पवित्री सुनाउँछिन्।

Xtrem

Xtrem

418614311_1134402264158687_2576180605048715055_n-1709294428.jpg
यसरी आफू मिटरब्याजी साहुहरुबाट पीडित भएपछि मिटरब्याज जाँचबुझ आयोगमा उजुरी दर्ता गराइन्। गत असारममा आयोगले मिलापत्र गराउन साहुहरुलाई बोलाएर के कति ऋण दिइएको त्यसको दोब्बर सावाँ व्याज लिन नहुने भन्दै छलफल गरायो। तर साहुहरुले मिलापत्र गर्न मानेनन्। आयोगले पनि मिलाउन नसकेपछि आफू २५ दिन पैदल हिँडेर सिंहदरबारमा न्याय माग्न आएकी पवित्री बताउँछिन्।

420655752_848800760592691_5330409608386452252_n-1709294427.jpg
न्याय नपाएसम्म घर नफर्किने उनको अडान छ। ‘यहाँ सिंहदरबारमा न्याय माग्न हिँडेर आएको, अब जतिसुकै दुःख परोस् न्याय नपाएसम्म नफर्किने। साहुहरुले ऋण कम दिएर बढी लगेको देखाएका छन्। त्यो सच्याउन लगाउने मेरो माग हो। खाएको ऋण तिर्छु तर नखाएको तिर्दिनँ,’ उनले भनिन्।

420633782_925808945652684_4617219413918172702_n-1709294426.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्