• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बलिउडको पहिलो ‘सुपर स्टार’ थिए राजेश खन्ना

64x64
नेपाल लाइभ शुक्रबार, पुस १३, २०८०  १३:३५
1140x725

काठमाडौं– बलिउडमा सत्तरीको दशकमा राजेश खन्ना पहिलो अभिनेताका रूपमा उभिएका थिए। जसलाई दर्शकले ‘सुपर स्टार’ उपाधि दिए।

२९ डिसेम्बर १९४२ मा अमृतसर, पञ्जाबमा जन्मेका जतिन खन्ना उर्फ राजेश खन्नाको बाल्यकालदेखि नै चलचित्रतर्फ झुकाव थियो। उनी अभिनेता बन्न चाहन्थे। यद्यपि उनका बा उनको चाहनाविरुद्ध थिए। खन्नाले आफ्नो करिअरको प्रारम्भिक चरणमा थिएटर गरे। 

उनी भारतीय चलचित्र महोत्सवमा सामेल भए र पछि संयुक्त निर्माता संघद्वारा आयोजित अखिल भारतीय प्रतिभा प्रतियोगितामा सहभागी भए। जसमा उनी पहिलो भएका थिए। राजेश खन्नाले सन् १९६६ मा चेतन आनन्दको फिल्म ‘आखरी खत’ बाट आफ्नो सिने करिअर सुरु गरेका थिए। सन् १९६६ देखि १९६९ सम्म राजेश खन्नाले फिल्म उद्योगमा आफ्नो स्थान बनाउन संघर्ष गरे।

निर्माता-निर्देशक शक्ति सामन्तको क्लासिकल फिल्म 'आराधना' मा राजेश खन्नाको अभिनयले चर्चा पाएको थियो। उत्कृष्ट गीत, संगीत र अभिनयले सजिएको यस फिल्मको स्वर्ण जयन्ती सफलताले राजेश खन्नालाई ‘स्टार’को रूपमा स्थापित गर्यो। फिल्म ‘आराधना’ को सफलतापछि खन्ना शक्ति सामन्तको मनपर्ने अभिनेता बने। पछि उनले राजेश खन्नालाई धेरै फिल्ममा काम गर्ने मौका दिए। जसमा ‘कटि पतंग’, ‘अमर प्रेम’, ‘अनुराग’, ‘अजनबी’, ‘अनुरोध’ र ‘आवाज’ आदि पर्छन्।

फिल्म आराधनाको सफलतापछि राजेश खन्नाको छवि रोमान्टिक हिरोको रुपमा बनेको थियो। यो फिल्मपछि, निर्माता र निर्देशकहरूले धेरैजसो फिल्ममा उनको रोमान्टिक छविलाई प्रस्तु गरे। निर्माताहरूले उनलाई कथाको नायकको रूपमा प्रस्तुत गरे। जुन प्रेम सम्बन्धमा आधारित चलचित्र थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सत्तरीको दशकमा लोकप्रियताको शिखरमा पुगेका राजेश खन्नाले हिन्दी फिल्म उद्योगको पहिलो सुपरस्टार हुने अवसर प्राप्त गरे। उनको अभिनयको सबै फ्यान भए पनि उनको क्रेज खासगरी किशोर किशोरीहरूमा निकै उच्च थियो। 

एउटा घटनाबारे बलिउडमा सधैं कुरा हुन्छ। एकपटक राजेश खन्ना बिरामी परे, दिल्लीको एक कलेजका केही केटीहरूले उनको पोस्टरमा बरफको झोला राखे ताकि उनको ज्वरो छिट्टै कम होस्। यति मात्र होइन, केटीहरू उनको लागि यति क्रेजी थिए कि आफ्नो रगतले खन्नलाई प्रेम पत्र लेखेर पठाउँथे। 

सत्तरीको दशकमा राजेश खन्नामाथि रोमान्टिक भूमिका मात्र निभाउन सक्ने आरोप लाग्न थाल्यो। निर्माता-निर्देशक ऋषिकेश मुखर्जीले राजेश खन्नालाई यो छविबाट बाहिर निकाल्न मद्दत गरे। र १९७२मा 'बावर्ची' जस्तो कमेडी फिल्म निर्माण गरे, जसले सबैलाई छक्क पार्यो। सन् १९७२ मा रिलिज भएको फिल्म ‘आनंद’ मा राजेश खन्नाको अभिनयको नयाँपन देखियो। ऋषिकेश मुखर्जी निर्देशित यस फिल्ममा राजेश खन्ना एकदमै नयाँ शैलीमा देखिएका थिए। 

सन् १९६९ देखि १९७६ सम्मको सफलताको स्वर्णिम कालमा राजेश खन्नाले काम गरेका अधिकांश चलचित्र हिट साबित भए तर अमिताभ बच्चनको आगमनपछि उनका फिल्महरू फ्लप हुन थाले।

अभिनयको एकरूपताबाट बच्न, आफूलाई चरित्र अभिनेताको रूपमा स्थापित गर्न र दर्शकको माया पुनः प्राप्त गर्न राजेश खन्नाले अस्सीको दशकदेखि विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गरेका थिए। यसमा सन् १९८० मा रिलिज भएको फिल्म ‘रेडरोज’ विशेष उल्लेखनीय छ। यस फिल्ममा राजेश खन्नाले नकारात्मक भूमिका खेलेर दर्शकलाई रोमाञ्चित बनाएका थिए।

राजेश खन्नाले पनि सन् १९८५ मा रिलिज भएको फिल्म ‘अलग अलग’ मार्फत फिल्म निर्माणको क्षेत्रमा प्रवेश गरेका थिए। राजेश खन्नाको सिने करिअरमा अभिनेत्री मुमताज र शर्मिला टैगोरसँग उनको जोडी निकै रुचाइएको थियो। राजेश खन्नाले आफ्नो फिल्मी करिअरमा तीन पटक फिल्मफेयर अवार्ड पाएका थिए। 

फिल्महरूमा धेरै भूमिका खेलेपछि, राजेश खन्नाले समाज सेवाको लागि राजनीतिमा पनि प्रवेश गरे र १९९१मा नयाँ दिल्ली लोकसभा सीटबाट निर्वाचित भए। राजेश खन्नाले आफ्नो चार दशक लामो फिल्म करिअरमा करिब १ सय २५ फिल्ममा काम गरे। आफ्नो रोमान्सको जादुले दर्शकलाई मन्त्रमुग्ध पार्ने रोमान्सका राजाले सन् २०१२ जुलाई १८ मा यो संसार छाडे। 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा बिहीबार, असोज १, २०८३
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको भेटवार्ता बिहीबार, असोज १, २०८३
जथाभावी फोहोर नफाल्नुस्, महङ्गो जरिवानामा पर्नुहोला ! बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्