• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

64x64
रासस बुधबार, पुस ११, २०८०  २०:२३
1140x725

पिथौरागढ– कुमाउँका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन्।

दिन–दिन खजानाका भारका बोकिया ले,
शिव शिव चुलि में का बाल नैं एक कैका।
तदपि मुलुक तेरो छोड़ि नैं कोई भाजा,
इति वदति गुमानी धन्य गोर्खाली राजा।।

अर्थात् हरेक दिन खजानाको बोझ बोकेर जनताको टाउकोको कपाल उड्यो, तर गोरखाको शासन छोडेर देशको कोही पनि नागरिक भागेनन्। त्यसैले हे गोर्खाली राजा तिमी धन्य छौ। भारतको उत्तराखण्डको पिथौरागढस्थित गोर्खाली किल्ला चारैतिरबाट नौ फिट अग्लो पर्खालले घेरिएको छ। पर्खालको चौडाइ पाँच फिट चार इन्च छ। पर्खालमा बन्दुक चलाउन मिल्ने एक सय ५२ वटा प्वाल छन्।

नालापानी किल्ला जस्तै पिथौरागढको गोर्खाली किल्ला पनि गोर्खालीको बहादुरीको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ हो। जहाँ गोर्खालीले अङ्ग्रेजलाई परास्त गर्दै २५ वर्ष शासन चलाएका थिए। 

तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अङ्ग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए। त्यति बेला गोर्खाली सेनाले कुमाउ गडवालतर्फ आक्रमण गर्ने क्रममा सुरुवातमा यो किल्ला कब्जामा लिएर विजयको यात्रा तय गरेको इतिहास जानकार बताउँछन्। ‘विशाल नेपालको अभियानलाई पश्चिमतिर फैलाउने क्रममा तत्कालीन गोर्खा सैनिकले सुरुवातमा यही किल्ला कब्जा गरेका थिए,’ इतिहास जानकार हेमबाबु लेखकले भने, ‘यही किल्लाबाट गोर्खा सैनिकले निरन्तर कुमाउ गडवालमा २५ वर्ष शासन गरेको थियो।’ उनले तत्कालीन इष्ट इन्डिया एन्ड कम्पनीलाई गोर्खा सैनिकले परास्त गर्दै उक्त किल्ला कब्जा गरेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘गोर्खा शासकले आफ्ना प्रशासक राखेर कुमाउ गडवाल क्षेत्रमा निरन्तर २५ वर्ष शासन गरेको इतिहास छ,’ उनले भने, ‘यो किल्लामा गोर्खालीको वीरताको इतिहास छ।’ 

अहिले यो किल्ला गोरखा किल्ला लन्डन फोर्टका नामले परिचित छ। नालापानीको लडाइँ लड्नुअघि नै पिथौरागढमा सन् १७८९ मा गोर्खाली सेनाले आफ्नो सुरक्षाका लागि यो किल्ला निर्माण गरेका थिए। 

नालापानी किल्ला र पिथौरागढको गोर्खाली किल्ला दुवै भारतको उत्तराखण्डमा पर्छन्। 

‘बहादुर शाहको नेतृत्वमा आएको गोर्खाली सेनाले यो किल्ला कब्जा गरेको थियो,’ इतिहास जानकार रमेश पन्त मीतबन्धुले भने, ‘यही किल्लाबाट कुमाउ गडवालमा गोर्खालीले निरन्तर २५ वर्ष शासन गरेको हो।’ 

गोर्खाली किल्लाको लम्बाइ ८८.५ मिटर तथा चौडाइ ४० मिटर रहेको छ। किल्लाभित्र गहिरो कुवा रहेको इतिहास भए पनि अहिले उक्त ठाउँमा पीपल रोपिएको उनले बताए।

यो किल्ला गोर्खालीको इतिहाससँग जोडिएकाले नेपालीका लागि महत्त्वपूर्ण रहेको वीरबहादुर चन्द बताउँछन्। ‘६१ वर्षअघि मैले पिथौरागढमा अध्ययन गर्दा यो किल्लामा गोर्खाली किल्लाका नामले चर्चित थियो,’ चन्दले भने, ‘यो किल्ला नेपालीका लागि महत्वपूर्ण र एतिहासिक छ।’ किल्लासँग गोर्खालीको गहिरो साइनो रहेको उनको भनाइ छ।

गोर्खाली किल्लामा रहेको सिलालेखमा विभिन्न वंशले राज्य गर्नेक्रममा सैनिकस्थलका रूपमा उपयोग गरेको उल्लेख छ। पिथौरागढमा मल्ल, बम, चन्द, गोर्खाली र अङ्ग्रेजहरुले शासन गरेको पनि उल्लेख गरिएको छ। अहिले उक्त किल्लाको संरक्षण भारत सरकारले गर्दै आइरहेको छ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै स्विस सरकारले जिरीमा विगतमा गरेको सहकार्यको उदाहरण दिँदै फिल्म सिटीमा पनि लगानी गर्न सक्ने चासो देखाएको उनको भनाइ छ । फिल्म सिटीको प... सोमबार, भदौ ८, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्य... आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौ... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्