काठमाडौं– रुस–युक्रेन युद्ध शुरु भएको सोमबार ६७० दिन पुगेको छ। सीमावर्ती र कुनै समय एकै महासंघमा रहेका यी २ मुलुकका संस्कृतिक परम्पराहरु उस्तै छन्। तर पछिल्लो २ वर्षयता जारी युद्धले यी २ देश राजनीतिक सँगैसँगै संस्कृतिक रुपमा पनि विभाजित हुने क्रममा छन्। फलत यी देशले इसाइहरुको महत्त्वपूर्ण धार्मिक दिन क्रिसमस पनि फरक–फरक दिनमा मनाउने भएका छन्।
बीबीसीका अनुसार युक्रेनले सन् १९१७ पछि पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाउन लागेको छ। यो बीचमा यो देशमा जनवरी ७ का दिन क्रिसमस मनाइन्थ्यो। जुन दिन रुसमा पनि मनाइन्छ। यी २ देशले जुलियन क्यालेन्डर प्रयोग गर्थे।
बीबीसीले लेखेको छ, ‘क्रिसमस २५ डिसेम्बरको दिन मनाउनु भनेको खाली १ दिनको मात्र परिवर्तन हुँदै होइन। वास्तवमा यो सांस्कृतिक परिवर्तनका लागि युक्रेनी पक्षबाट चालिएको कदमको एक हिस्सा हो। युक्रेन र रुसबीच संस्कृतिक प्रभाव निकै राम्रो छ।’
यसमा भूराजनीतिक कारण पनि यथेष्ठ छ। खासगरी युक्रेन पश्चिमाहरुको समर्थनमा रुस विरुद्धको लडाइँमा छ। उ रुसको हरेक प्रभवलाई निस्तेज पार्न चाहन्छ। जसलाई अमेरिका लगायतका देशले टेको दिएका छन्।
युक्रेन अब पश्चिमी ग्रेगोरियन क्यालेन्डरलाई अपनाउने छ। यसबारे बीबीसीले लेखेको छ, ‘पश्चिमी ग्रेगोरियन क्यालेन्डरलाई प्रयोगमा लिनु युक्रेनी आफू यूरोपको साथमा छु। वा यसको एक हिस्सा हुँ भन्ने पुष्टि गर्न चाहन्छ।’
क्रिसमसमा रुसको प्रभाव युक्रेनको राजधानीमा कतिसम्म देखिन्थ्यो भने किएभ शहरमा सज्जीने क्रिसमस ट्री सजाउन रुसी कलाकर्मी आउँथे भने त्यहिँ नजिक रहेको सजावट केन्द्रका उत्पादन रुसी शहरमा सजिन्थे।
तर अब यि सबै अतित भए। जसको कारण हो, जारी युद्ध।
क्रिसमसमा युद्ध छाउँछ
किएभ शहरका वरिपरी क्रिसमसका लागि हुने सजावटमा विगतका तुलनामा असमान फरक छ। अहिले रङ्गीचङ्गी, झिलिमिलि सजावट देखिन्न। अहिले युद्धका बहादुरीताका प्रतिकहरु देखिन्छन्।
एक स्थानीयलाई उदृत गर्दै बिबिसी लेख्छ, ‘हेन्या नामको एक व्यक्ति भन्छन्, अहिले सडकमा ट्याङ्क दौडिरहेका छन्। हामी बाहिर निस्किरहेका छैनौं। हाम्रा छोराहरु बहादुरीका साथ लडिरहेका छन्। अब हाम्रो खुसीयालीमा पनि उनीहरुको सम्झाउने प्रतिकहरु बनाउनै पर्यो।’
युक्रेनीहरु बढा सुरक्षित र टाठो पल्टिएर क्रिसमस सजावटमा लागेको स्थानीयहरु बताउँछन्। युक्रेनीहरु के भन्छन् भन्ने कुरालाई बिबिसी भन्छ, ‘यो वर्ष रूससँगको युद्धका बीचमा क्रिसमस मनाँदैछैँ। हामी यो विश्वस्त छौँ कि छिट्टै यो युद्ध अन्त्य हुने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।