काठमाडौं– हालै प्रकाशित एक रिपोर्ट अनुसार आकाशमा तीनवटा तारका करिब एक घण्टासम्म देखिएका थिए। तर मात्र एक घण्टापछि तीनै तारा सधैंका लागि विलिन भए।
गायब भएपछि ती तारा कहाँ गए यो रहस्य आजसम्म वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन्। तारा गायब हुनु यी तीन ताराको घटनामा मात्र सीमित छैन।
एक रिपोर्ट अनुसार हजारौंको संख्यामा रहस्यमय तरिकाले तारा हराइरहेका छन्। तर यसरी हजारौंको संख्यामा एकाएक ताराहरु गायब हुनुको कारण के हो यसको स्पष्ट जवाफ कसैसँग छैन।
सोधकर्ताका अनुसार तारा हराउनुमा कुनै स्पष्ट कारण पत्ता लागिसकेको छैन। यही कारण हो भनेर भन्न सकिने कारण पनि देखिएको छैन।
कहाँ हराए तारा?
तारा हराउने घटनामा वास्को प्रोजेक्टमार्फत् सन् १९४९ देखि २०१४ सम्म बीचको अवधिलाई लिएर अध्ययन भइरहेको छ। अहिलेसम्म कूल आकाशमा विलिन भएका १५ हजार ताराबारे जानकारी संकलन गरिएको छ।
सोधकर्ताका अनुसार तारामा विष्फोटपछि विस्तारै प्रकाशको चमकता कम हुँदै जान्छ। तर पूरै तरिकाले गायब भने हुँदैनन्। यद्यपि विस्फोटपछि तारा सुपरनोभामा परिणत भने हुन सक्छन्। र कुनै ब्ल्याकहोलमा समाहित भएका पनि हुन सक्छन्।
तर यसको सम्भावना भने हरेक ९ करोड घटनामा एउटा मात्रै सम्भव हुनसक्छ। यसका साथै दोस्रो सिद्धान्त ग्रेभिटेशन लेन्सिङसँग पनि जोडिएको छ। जसमा आकाशिय पिण्ड निकै दूर जान्छन्। जसलाई डिटेक्ट गर्न सहज हुँदैन। यति मात्र होइन तारा गायब हुनुका पछाडी एस्टोरोइडको पनि भूमिका हुन्छ।
के हो सुपरनोभा?
जस कुनै तारा आफ्नो जीवनकाल पूरा गरिसकेको हुन्छ तर त्यसमा भयंकर विस्फोट हुन्छ। रत त्यसका कारण असीमित मात्रामा प्रकाश उत्सर्जन हुन्छ।
अझ विशेष कुरा त के भने तारामा यति धेरै प्रकाश हुन्छ, विस्फोटका बेला पूरै तारापुञ्ज नै प्रकाशमय हुनपुग्छ।
यति मात्र नभइ सूर्यले आफ्नो लाइफटाइममा जति प्रकाश उत्सर्जन गर्छ त्यसको लाखौं गुणा प्रकाश सुपरनोभाबाट मिल्छ। हालै एसएन २०२३ आईएक्सएफ नामको सुपरनोभा चर्चामा रहेको छ।
के हो एस्टोरोइड?
एस्टोरोइड च्टान होऊो। यसको निर्माण करिब ४ दशमलव ६ बिलियन वर्षअघि जब सौर्यमण्डल निर्माण भयो त्यसबेला नै भएको थियो। यी मंगल र बृहस्पती ग्रहको बीचमा पाइन्छन्।
नासाका अनुसार करिब १० लाख एस्टोरोइड यतिबेला मौजुदा छन्। यी पनि सूर्यको चारैतर्फ चक्कर लगाउँछन्। कहिले गोलाकार त कहिले इलिप्टिकल घेरामा सूर्यको चक्कर लगाउँछन्। यति मात्र होइन केही टुक्रिएर पृथ्वीतर्फ पनि आउँछन्।
यस्तै करिब ६ करोड वर्षअघि चिक्सोलुभ नामको एस्टोरोइड पृथ्वीसँग ठोक्किएका कारण नै डायनासोरको अन्त्य भएको दाबी गरिन्छ। स–साना आकारका एस्टोरोइड त हजारौंको संख्यामा दैनिक पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छन्। जसलाई उल्का पिण्ड पनि भनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।