काठमाडौं– गैरआवासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय समितिको सचिवमा एनआरएनए माल्टाका पूर्व अध्यक्ष एवं आईसीसी सदस्य भुवन अर्याल मनोनित भएका छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान २००३ अनुसार अर्याललाई सचिवमा मनोनित गरिएको युरोप क्षेत्रीय संयोजक चिरञ्जिवी खड्काले जानकारी दिएका छन्। क्षेत्रीय समितिको बैठकले अर्याललाई सचिव चयन गरेको हो।
एनआरएनए अभियानमा सक्रिय अर्यालले पदको गरिमा कायम राखेर काम गर्ने बताएका छन्। युरोपमा नेपाली समुदायको उपस्थिति बाक्लो भइरहेकाले सबैको हक अधिकार र एकता कायम गर्न सचिवका रुपमा आफुले भुमिका खेल्ने अर्यालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।