• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकार! कपडा लगाउने कि अरुको आँखा फोड्ने?

हरि न्यौपाने 'निराकार' बुधबार, भदौ २७, २०७५  ०२:४५
1140x725

सात कक्षामा पढ्न मध्यपश्चिमको एउटा गाउँबाट भर्खरै काठमाडौं आएको  उसलाई सहरको रमझमले एकोहोरो बनाएको थियो। बेलुकाको समयमा किनमेल गर्न बानेश्वर चोकमा जम्मा हुने जति धेरै मान्छे उसले २०५६ सालको निर्वाचनमा विजयी भएका खुमबहादुर खड्काको विजय जुलुसमा पनि देखेको थिएन। ऊ काठमाडौ आएको चार पाँच महिनापछि इराक काण्ड (कामको खोजीमा इराक पुगेका निर्दोष नेपालीलाई हत्या गरिएको)घट्यो। काठमाडौमा भयानक आन्दोलन चर्कियो। 

आन्दोलन कहिल्यै नदेखेको मान्छे थियो ऊ। घरबाट स्कुल नजा भन्दाभन्दै पनि ऊ  आन्दोलन हेर्नै कै लागि बानेश्वरदेखि पुतलीसडकको स्कुलसम्म पुग्थ्यो। सिंहदरबारको पर्खालतिर पेटीबाट हिड्दा म्यानपावर कम्पनीका कार्यालय फोडेको हेर्दै  स्कुल पुग्दा स्कुल बन्द भैसकेको थियो। 

आउँदा बाटोमा देखेको आन्दोलन फेरी हेर्न पाइने खुसिले कत्ति पनि विलम्ब नगरी ऊ  स्कुलबाट  फर्कियो। बाटोभरी प्रहरी खटिइसकेका थिए। घट्टेकुलोको घुम्ती काट्न नपाउँदै प्रहरी र आन्दोलनकारीबीच संघर्ष चर्कियो। आन्दोलनकारीको भागाभाग भयो। आन्दोलनकारी मात्र भाग्ने होला भन्ठानेर उसले आफ्नो गति बढाएन बरु एक जना प्रहरी दगुर्दै आफुतिरै आउँदै गरेको देखेर भित्तामा आड लागेर बाटो छोडी दियो। 

तर उसले सोचेजस्तो भएन।  प्रहरीका  अजङ्गका दुइ थप्पड उसका  कलिला गालामा बझारिए। भाउन्ने भएर ऊ थचक्कै भुइँमै बस्यो। उसका  मुखबाट अनायासै केही अर्थहीन शब्द निस्किए। 'ढुङ्गा हान्या छैन मैले'। यति भन्दानभन्दै प्रहरीले  अर्को झापड उठाउँदै खै के भन्यो, उसले थाहा पाएन। थप्पडले रन्थनिएका उसका कानले  बुझ्न सकेन। थप्पड खाएको लज्जाबोधले  कोठामा गइहाल्ने हिम्मत नभएपछि। राता गाला र गहभरि आँसु बनाउँदै ऊ घट्टेकुलोकै साथीको कोठामा गयो। 

दिउँसो दुई नबज्दै  काठमाडौंभर कर्फ्यु लागेको भनी रेडियोले फुक्यो। उसका  मनमा बेचैनी छुट्न थाल्यो। अब त आन्दोलन हट्यो होला भनेर ऊ  साथीको घरबाट निस्किएर हनुमानस्थान मात्र के पुगेको थियो, एउटा  आर्मिले 'म्या.... तलाई उडाइदिउँ?' भन्दै बन्दुक तेर्साउदाँ थाम्न खोज्दा खोज्दै पनि पिसाबका दुईचार थोप्ला चुहिइछाडे।

आमा जोडेर गरिएका अत्यन्त नीच गालीले ऊ भित्र-भित्रै मुर्मुरियो। तर बन्दुकको नालका अगाडि बसेर उसले ती अपमानित शब्दलाई सुन्नबाहेक के नै गर्न सक्थ्यो र? दर्जनौं ठाउँ त्यसरी नै अपमानित हुँदै र गोली हानि पो हाल्छ कि, भन्दै पटक-पटक पछाडि फर्कदै हेर्दै ऊ कोठामा पुग्यो। 

ब्याचलरको पहिलो बर्षमा कक्षाका सबैसङ्ग मिलेर ऊ पनि ककनी पिकनिक गयो। जाँदा बाटोमा एउटा क्याम्प पर्दथ्यो। पिकनिक खाएर फर्कदा उक्त क्याम्पमा सैनिक पिटी खेल्दै थिए। रमाइलो गर्दै फर्केका उनीहरुले  त्यो देख्नासाथ झ्यालबाट टाउको निकालेर 'गोडाफाट - सतर्क, गोडाफाट-सतर्क' भन्दै कराए। केहि अघि पुगेपछि उनीहरुको गाडीलाई अकस्मात् केही सुरक्षाकर्मीले रोके। केहीछिन पछि  बसमा छिरेको सिभिल ड्रेसको  एउटा अधबैंसेले  पहिलो सिटमा बसेको उसलाई  जोडले हान्नलाई हात उठायो। 

आखाँ बन्द गर्दै थप्पड छेक्नलाई  आफ्ना दुबै हात उठाएर कतिखेर गाला पड्केला भनेर केही बेर कुर्यो। तर धेरै बेर कुर्दा पनि थप्पड नखाएपछि उसका आँखा आधा उघ्रिए तर अधबैंसेका  हात 'आँखा खोलेपछि हानौला' भने जसरी हावामै तैरिराखेको थियो। त्यो हात उसका गालामा बज्रिएनन्। नत्र दुईचार बङ्गारा ककनीमै सेलाउन पर्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुलाई रातभर बाँधेर सिस्नोपानी लगाउने निर्णय सुनाइयो। त्यो सुनेपछि सबैको होस हरायो। मध्य पुषको कठ्याङ्ग्रिने जाडोमा पनि सबैका तालुमा पसिना आयो। सबैले दस औंला बिन्ती गरेर अबदेखि त्यसो नगर्ने वाचा गरेपनि। तर कुनै जोर चलेन। केहि छिनपछि 'हामी चिकित्साशास्त्रका विद्यार्थी हौं' भनेपछि माहोल पुरै परिवर्तन भयो। अघिसम्म छाडा शब्द निस्किएका मुखारविन्दबाट एकाएक 'तपाई' भन्ने सम्मानित शब्द निस्किए। थर्काई खाइरहेका उनीहरुले सुझाव पाउन लागे। अन्त्यमा कुनै कारबाही नगरी उनीहरुलाई छोडियो।

ब्याचलर चौथो  बर्ष पढ्दा एकदिन किनमेल गर्नलाई न्युरोड जाँदै गर्दा लाजिम्पाटबाट महिला सिट खालि नै भएकाले जमलसम्मका लागि ऊ  त्यो सिटमा बस्यो। सहचालक भाइले 'नबस्नुस, कारबाही गर्छ'  भन्दाभन्दै 'प्रहरी बेकुफ हुन् र खाली सिटमा बसेकालाई कारबाही गर्नलाई' भन्दै उसले  सिट छोड्न मानेन। जमल पुग्दानपुग्दै  एक्कासी महिला सिटमा बसेको अपराधमा रङ्गेहात समातियो। त्यहाँबाट  आकासे पुलमुनी लगेर 'सरलाई कुर्नुपर्छ' भन्दै पिलरको फेदमा उभ्याइयो। केहि मिनेटपछि हवलदार आएर अपराधबारे सोधपुछ गरेपछि फेरी सरलाई नै कुर्न लगाइयो। 

फुटपाथ र आकासे पुलमाथी हिडिरहेकाहरुले ऊ  तर्फ हेर्दै फालेका खित्काले उसलाई  अपराधबोध गराइराखेका थिए। करीब पन्ध्र मिनेटपछि आउने भनिएको  सर आयो।  बाजेको नामदेखि गोत्रसम्म सोध्यो सरले। नियम कानुन नमान्नेलाई लगेर सिधै  थुन्दिने सम्मको धम्की दियो। 

सोधपुछ कै सिलसिलामा ऊ चिकित्साशात्रको विद्यार्थी भएको थाहा पाए। नौ कक्षामा पढ्ने छोरोले डाक्टर पढ्ने इच्छा गरेकाले त्यो पढ्नलाई के-के गर्नुपर्छ भदै प्रश्न सोध्यो। उसले सम्पूर्ण कुराको  बेलिबिस्तार लगायो। जवाफसँगै उसको  अपराध नि सकियो। अघि पक्राउ गर्ने प्रहरीतिर फर्केर आदेश दिँदै उक्त सरले उसलाई  बाटो कटाइदिन भन्यो।
 
कुनै देशको प्रहरीले आन्दोलनकारीको रिस बाह्र बर्षको ठिटोलाई पोख्छ होला? कर्फ्यु लागेको बेला बाटोमा हिडेको बच्चालाई गाली गर्दै मारिदिने धम्की दिने प्रहरी संयन्त्र कस्तो? ककनीबाट फर्किदा  चिकित्साशास्त्रका विद्यार्थी नभएर मानविकी वा म्यानेजमेन्टका विद्यार्थी भएको भए  के  रातभर बाँधेर सिस्नो लगाउनुपर्ने?  महिला सिट खाली हुँदा कामले थकित मजदुर बसे जेलमा जाक्नेर? जरिवाना तिराउने मेरो देशको संयन्त्र कस्तो? 

Xtrem

Xtrem

कहिलेकाँही लेखकलाई उसको मनले यस्तै अनुत्तरित प्रश्न  सोधिरहन्छ। माथिका सबै घटनामा गल्ती उसका  पनि थिए होला। अपराध चाहिँ थिए  कि थिएनन् यो कुरा मनन गर्ने जिम्मा पाठकको हातमा छोडिदिएँ। 

तर जे होस् पनि उसलाई अपराधी बनाइयो। कारबाहीको धम्की दिइयो। चिकित्साशास्त्रको विद्यार्थी हो भन्दैमा अपराध माफ गरियो।  सुरक्षाकर्मीले चाह्यो भने जसलाई जतिबेला पनि अपराधी बनाउन सक्छ मेरो देशमा। जसलाई पनि अपराधबाट मुक्त गर्न सक्छ मेरो देशमा। उसले भोगेका अनुभवले यही सन्देश मिल्छ यी घटनाले। 

उसका कथाबाट मात्र होइन, भर्खरै  कंचनपुरको बलात्कारको घटनाबाट पनि बुझ्न सकिन्छ। पावर, पैसा र पहुँच भए अपराध हुँदैन मेरो देशमा? मेरो देशको कानुन कस्तो?

एकबिहानै घुस खाएर बलात्कारी बचाँउने एसपीलाई सरकारले पदक दिएको समाचार पढ्न पर्दा हाम्रो  सरकार नागरिकको सुरक्षा प्रति कति गम्भीर छ भन्ने कुरा सम्झेर बैराग छुटेर आउँछ। आफ्ना मान्छेलाई कति बचाँयो, कति मुद्दा ढाकछोप गर्यो आदिकै आधारमा पदक बाँढ्ने र बढुवा गर्दै जाने हो भने पदक र बढुवाकै आशमा जघन्य अपराध पनि मिलापत्र र ढाकछोपमै सकिन्छ्न। कुनै अपराधीलाई सजायाँ हुनुपर्नेमा अपराधीको हैसियत हेरेर सजाय तोक्ने प्रचलन प्रहरीदेखि अदालतसम्मै छ यहाँ। 'मैले तँलाई त्यो बेला बचाँएको थिएँ, अब अहिले तेरो मलाई बचाँउने पालो' भन्ने भावना मात्रै छ यहाँ। 

यदि यो कुरा गलत हो भने पदबाट निलम्बित हुनासाथ निलम्बनमा परेकाहरु भुस्याहा कुकुर झैं  नेताका घरदैलो किन चहार्थे? अपराधी जेल पर्नासाथ छुटाउन नेता पुग्नु, सुरक्षा निकायका व्यक्तिलाई लालच देखाएर अपराध लुकाउन लगाउनु  र अपराध लुकाएकै भरमा बढुवा र पदकले सम्मान गर्नु चक्रीय  चाकरीवादको उत्कृष्ट नमुना हो। अपराधीले सिधै सरकार र न्यायपालिकासम्म पहुँच राख्ने, सरकारी संयन्त्र तिनै अपराधीलाई बचाँउन मरिहत्ते गरेर लाग्ने र सुरक्षाकर्मीले पहुँच र हैसियतका आधारमा अपराध गरेको हो कि होइन भन्ने निर्क्योल गर्ने हो भने हामीले अपराधको गुनासो कहाँ गर्ने? न्याय कहाँबाट पाउने? कि जतिसुकै थिचोमिचोमा परे पनि मेरो पुर्पुरै अभागी भनेर सहेर बसिदिनुपर्ने?

हाम्रो देश अविकसित मात्र होइन। सोच, विवेक र चेतना पनि  अविकसित छ। कुनै दिन मन्त्रालय पुग्नु भयो भने एकछिन बसेर चाप्लुसी सुन्न नबिर्सनु होला। 'मैले यो पार्टीका लागि यत्रो काम गरें, मेरो यत्ती काम नगर्दिने' भन्ने निर्धक्क भई गर्वका साथ गरिएका  टन्नै गुनासाहरु सुन्न पाउनुहुनेछ। कसैले 'मैले देशका लागि यति काम गरें' भनेको सुन्न पाइँदैन किनकी देशका लागि गरेको कामको मूल्यांकन यहाँ हुँदैन। मन्त्रीबीच विकृती भित्र्याउने र भ्रष्टाचार गर्ने प्रतिस्पर्धा चलिरहँदा प्रधानमन्त्रीले मैले प्रामाण भेटें भने कसैलाई छोड्दिन भन्ने अलौकिक वाणी यी अभागी कानले सुन्नै पर्दछ। माफिया र दलालको प्रभावमा आफ्ना कुकर्म  छोप्न स्वतन्त्र पत्रकारिता माथि बन्देज लगाए। यति भएपछि, न त भ्रष्टाचारको कुनै पोल खुल्यो न त प्रधानमन्त्रीले भ्रष्टाचार भएको कुनै प्रमाण कसैले पाउने भयो। आफू नाङ्गो हुँदा लाज लाग्यो  भने कपडा लगाउने हो कि अरुको आँखा फोड्दै हिड्ने?

हामी सबैमा नराम्ररी  आशा गर्ने बानी विकास हुँदै गएको छ। हामी कसैले केही गर्देला भन्ने आशमा जुन हदसम्म नि गिर्न तयार भएका छौं। पद भनेकै पहुँच हो र शक्ति भनेकै सत्य हो  भन्ने मान्यता नेपाली समाजमा छरपस्टै देख्न सकिन्छ। यही आशा गर्ने बानी र चक्रीय चाकरिवाजले विधिको शासन नराम्ररी गल्दै गएको छ। आफ्ना लाचारी र नग्नतालाई छेक्न सरकार आफैले नागरिक माथि अनेक बन्देज लगाउन थालेको छ। जतिसुकै अपराध गरेपनि ठेकेदार, नेता, दलाल र गुण्डा खुलेआम हिडेका छन्। निर्मलाहरुको  आत्माले आफ्नो अभागी भाग्यलाई धिक्कार्नु बाहेक केही गर्न सक्ने अवस्था बनेन भने हाम्रो समाज कता जाला?

'विधिको शासन चलिराखेको छ' भन्ने देखाउन सरकार र सुरक्षा निकायले नक्कली अपराधी खडा गर्ने र कारबाही गरेर जनताका आँखामा छारो हाल्ने काम गरिराखेको छ। कुनै दिन त्यो नक्कली अपराधी तपाई नै बन्न के बेर?

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन?
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्