• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

आयातित बिउले लोप हुँदै रैथाने जातका बाली

64x64
ललित बोहरा शुक्रबार, कात्तिक १७, २०८०  ०७:३९
1140x725

डडेल्धुरा– तपाईंलाई कति स्मरण छन्, रैथाने जातका बाली? भन्नु होला। अहिले त मकै, गहुँ, धान बढी थाहा भएकाले कोदो। तर नयाँ कृषकले यी बालीका नयाँनयाँ जात मात्र खोजेर लगाउने गर्नाले रैथाने बाली जौ, उवा, फापर त प्रायः लोप भएका छन्।

नेपालमा पनि कृषकहरुले एग्रोभेट वा बीउ उत्पादक विभिन्न कम्पनीबाट नयाँ–नयाँ जातका बीउ खरिद गर्न थालेदेखि रैथाने बीउ हराउन थालेका छन्। त्यसो त रैथाने बीउ लोप हुनुमा जनसंख्या वृद्धि, बसाइँसराइ, तीव्र  शहरीकरण, जलवायु परिवर्तन तथा मानिसहरुको खाद्य संस्कृतिमा आएको परिवर्तन, आधुनिक विधिबाट खेती गर्ने तरिका र सरकारी कृषि नीति तथा कार्यक्रम पनि जिम्मेवार छन्।

यहाँको विविधतायुक्त हावापानी तथा भौगोलिक बनावट, धार्मिक, सांस्कृतिक तथा जातीय विविधता र कृषकहरुले पुस्तौंदेखि परम्परागत विधि तथा तौरतरिका अपनाएर बीउ तथा विरुवाको छनोट, संरक्षण र भण्डारण, एकआपसमा साटासाट गर्ने चलनले हजारौं जातका रैथाने बीउहरुको संरक्षण भएको थियो।

यो हाम्रा पुर्खाहरुले हजारौं वर्षसम्म निरन्तर कृषि कार्य गर्दाको प्रतिफल हो। रैथाने बीउहरु कृषि अनुसन्धान केन्द्रमा विकास गरिएका होइनन् तर कृषि अनुसन्धान र विकास कार्यमा रैथाने जातहरुको विशेष महत्त्व रहेको छ।

अधिकांश रैथाने बीउहरु विभिन्न किसिमका रोग तथा किरा सहने, सुख्खा वा खडेरी तथा बढी पानी सहने, खान मिठो तथा स्वादिलो हुने र कतिपयम औषधीय गुण र विभिन्न धार्मिक तथा जातीय संस्कारहरुमा प्रयोग हुने भएता पनि यसको संरक्षण र उपयोग गर्नुपर्छ भन्ने चेतना आजभोलिका कृषकहरुमा विरलै मात्र भएको अमरगढी नगरपालिका डडेल्धुरामा कार्यरत कृषि प्राविधिक रमेशबहादुर भण्डारीले बताए।

‘अनदी धान, तिल, फापर, पिँडालु, उवा, जौ, गहत, मस्याङ, कात्तिके बोडी, चिनो, कागुनो, कोदो जस्ता पोषणयुक्त बालीका जात विस्तारै हराउन थालेका छन्,’ उनले भने, ‘कृषकलाई ज्ञान कम भएर हो कि छिटो उत्पादन खोजेर हो।’

मानिसका लागि खाद्यान्न र पशुपन्छीका लागि दानाको बढ्दो आवश्यकता पूरा गर्न विकास गरिएको बीउ तथा प्रविधिको व्यापक विस्तार गरिनु तर रैथाने बीउ कसरी विकास भएका हुन् र त्यसको महत्त्व तथा संरक्षणको आवश्यकताबारे आम कृषक, कृषि विकासमा सम्बद्ध निकाय र शिक्षा प्रणालीमा समावेश नगरिएकाले हजारौं रैथाने बीउहरु लोप भइसकेका छन् भने बाँकी रहेकाहरुको पनि अस्तित्व संकटमा परेको कृषि विज्ञ डा दिल बहादुर विष्ट बताउँछन्।

raithane-bali-(3)-1698839549.png

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रा कृषकमा ज्ञान छ तर छिटो उत्पादन खोज्छन्, कृषि विकासमा सम्बद्ध निकायको ध्यान केही छैन,’ डा विष्टले भने, ‘म कृषि ज्ञान केन्द्र प्रमुख रहँदा धेरै स्थानीय तहलाई गोष्ठीमार्फत् अनुरोध गरेँ, स्थानीय पाठ्यक्रममा पुराना बालीहरुको महत्त्व राखिदिनुस् भनेँ। तर खासै गरेको देखिएन। फलस्वरुप हजारौं रैथाने बीउहरु लोप भइसके, केही हुने क्रममा छन्।’

कृषकहरुको खेतबारीमा रैथाने बीउको संरंक्षणको कुरा त धेरै पर छ। हाम्रा पुर्खाहरुले हजारौं वर्ष लगाएर संरक्षण गरेका रैथाने बीउ हामीले एकै पुस्तामा गुमाइसकेको जानकारहरु बताउँछन्।

रैथाले बाली सुधारको प्रयास
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय बीउ प्रणाली सुधार तथा रैथाने बीउ संरक्षण गर्न अभियान थालिएको छ।बाँझो खेतहरुसमेत जोतेर गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का कृषकले ४५ रोपनी जमिनमा कोदोखेती गरिहेका छन्। पोषणमा कोदोको महत्त्वबारे बुझेपछि यहाँका कृषक थप उत्साहित भएको कृषक ललिता रावलले बताइन्।

अहिले कुजाकोट र जिरोडका कृषकहरुले कोदो लगाएको देखेर अन्य वडा १, ४ र ५ का कृषकहरुले पनि कोदो लगाउन इच्छा देखाएका छन्। ‘यसका लागि हामीसँग अन्य किसानले पनि कोदोको बीउ राखिदिन अनुरोध गरेका छन्। यसरी कृषकहरु उत्साहित भएर कोदो खेती गरे, खेती विस्तार हुने पक्का छ,’ उनले भनिन्, ‘तपाईंले हेर्नु हाम्रो बाँझो खेतमा अहिले लटरम्म कोदो छ। अब भित्र्याउने समय हुँदैछ।’

Xtrem

Xtrem

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) संस्थाले यसको महत्त्व तथा पोषणका विषयमा जानकारी दिएपछि उत्साहित भएर लगाएको उनले बताइन्। कृषक रावलले भनिन्,‘अहिले एक गाउँका कृषकले लगाएको देखेपछि अब अरु गाउँका पनि ल्याउन बीउ राखीदिनुहोला भन्छन्।’

अक्सफाम नेपाल र ली–बर्डको सहकार्यमा सञ्चालित स्थानीय बीउ प्रणाली सुधार कार्यक्रममार्फत् कृषकलाई रैथाने जातका बीउ तथा कोदोखेतीतर्फ मोह बढाएको कृषक अमृत देउवाले बताए। ‘अरु बाली खासै उत्पादन पनि हुँदैन थियो, बुवा बाजेले कोदो लगाउँथे, हामीले पनि लगायौं। चिसो ठाउँ हो र राम्रो फटाउने रहेछ,’ उनले भने, ‘बाजुराबाट सरहरुले दिएको बीउ त राम्रो भएन। हाम्रो गाउँकै बीउ राम्रो भएको छ।’

raithane-bali-(2)-1698839549.png

अहिले यहाँका किसानलाई कृषक पाठशालामार्फत् समूहमा बसेर आर्जन गरेको ज्ञान, सीप र अनुभवले उनीहरूको जिविकोपार्जन सुधार गर्न सघाउ पुगेको छ। अगामी दिनमा कुन बीउलाई प्राथमिकता दिने भन्ने परीक्षणका लागि यहाँका कृषकले स्थानीय ८ जातका कोदोको बीउ लगाएको अक्सफाम नेपाल डडेल्धुराका प्राविधिक संयोजक लोकप्रशाद पौडेलले बताए।

‘अहिले ८ जातका बीउ लगाएका छन्। तीमध्ये कृषक आफूले नै २ वा ३ मात्र बीउ छान्नु हुन्छ। र त्यसलाई धेरै क्षेत्रफलमा लगाउनु हुन्छ। अनि बीउ उत्पादन गर्नु हुन्छ,’ प्राविधिक संयोजक पौडेलले भने, ‘कृषक आफैंले आफ्नो बारीमा अब स्थानीय जातको बीउ उत्पादन गर्छन्। आयातित  बीउ त्यसै हराउँछ।’

यहाँका ३२ घरिपरिवारले ४५ रोपनी जग्गामा कोदोको खेती गरिरहेका छन्। अबका दिनमा थप क्षेत्रफल विस्तार गरी रैथाने बाली संरक्षणतर्फ गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताए। ‘अहिले उत्पादन राम्रो हुने जस्तो देखिएको छ। बाँझो खेत त कम्तीमा हरियाली भए। यसमै पनि मलाई खुसी लागेको थियो, बाली राम्रो भएको खबर आयो, अब कोदोको बीउ कृषकले आफैं उत्पादन गर्छन् र त्यसमा गाउँपालिकाले सक्दो सहयोग गर्छ,’ अध्यक्ष कार्कीले भने।

यस क्षेत्रका लागि जटिल बन्दै गैइरहेको खाद्य सुरक्षामा समेत टेवा पुगेको विश्वास आफूले लिएको उनको भनाइ छ। अपवाद बाहेक अधिकांश व्यवसायिक कृषि आयातित बीउ, नश्ल र प्रविधिमा आधारित छन्। नेपालका विविधतायुक्त रैथाने बीउ र त्यसमा आधारित व्यवसाय प्रवर्द्धनमा सरकार मात्र होइन, युवा पुस्तासमेत सचेत छैनन्।

यो क्रमले निरन्तरता पाइरहे नेपालमा हाल बाँकी रहेका रैथाने बीउहरु पनि पूर्णरुपमा लोप भएर जाने निश्चित छ।
देश संघीय संरचनामा प्रवेश गरेसँगै कृषि विकासको जिम्मेवारी प्रदेश र स्थानीय सरकारमा बाँडिएको छ। तर प्रदेश र स्थानीय सरकारका गत एक दुई वर्षका कृषि सम्बन्धी गतिविधिहरु नियाल्ने हो भने अपवादबाहेक रैथाने बीउ प्रवर्द्धनसम्बन्धी काम भएको पाइँदैन।

यो स्वाभाविक पनि छ, किनभने प्रदेश र स्थानीय सरकारमा रैथाने बीउको महत्त्व बुझ्ने, बुझाउने र त्यसै अनुसार योजना तर्जुमा गर्ने मानव संसाधन हालको अवस्थामा अभाव छ। संघीय तहमा कृषि विभाग अन्तर्गत रैथाने बीउ संरक्षण तथा प्रवर्द्धन कार्यमा लाग्ने निकाय खडा गरिएता पनि फाट्टफुट क्रियाकलापहरु सञ्चालन गर्नुबाहेक त्यहाँबाट देश भरिका रैथाने बीउको पहिचान र त्यसको यथास्थानीय संरक्षण तथा प्रवर्द्धका लागि स्पष्ट खाका आउन सकेको छैन।

अब स्थानीयस्तर तथा प्रादेशिक कृषि कार्यालयहरुले पनि वार्षिक रुपमा यथेस्ट बजेट छुट्याएर रैथाने बालीसम्बन्धी जनचेतना, विभिन्न विषयमा कृषक तथा प्राविधिकको क्षमता अभिवृद्धि जस्तै बाली उत्पादन तथा संरक्षण, बीउ उत्पादन, बजारिकरण, मूल्यशृंखला विभिन्न विषयमा जोड दिने कार्यक्रमहरु समावेश गर्न अति आवश्यक रहेको किसान बताउँछन‍्।

यसले गर्दा रैथाने बालीहरुको क्षेत्र विस्तार भई संरक्षण हुनुका साथै आयातित बीउमा भर पर्ने बानी हटेर जाने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्‍यो, साँझसम्म सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्