• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए निर्वाचनमा योजनाबद्ध रुपमा धाँधली गरिएको अनुगमन समितिको दाबी (प्रतिवेदन सहित)

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ११, २०८०  १७:०१
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको दाबी गरेको छ।

असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा संचालन भएको महाधिवेशन अन्तर्गत हुने निर्वाचनलाई अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूति गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषद्‌ले उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरेको थियो।

उक्त समितिले शुक्रबार एक प्रतिवेदन तयार गर्दै निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता गरेको प्रष्ट पारेको छ। तेस्रो पक्ष भेन्डर (भेरो) ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको पनि अनुगमन समितिको निष्कर्ष छ।

निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदानप्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको, उम्मेदवारहरुको परिचय सहित विभिन्न बुथमा फरक फरक र विकृत नाम तथा हिज्जेसहित फरक पारी पठाइएको, मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उम्मेदवार छनोट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको, उपाध्यक्षका एकजना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई शून्यकरण गरिएको जस्ता त्रुटिहरु अनुगमन समितिले फेला पारेको छ।

अनुगमन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगायत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको साथै निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो।’

समितिले अनुगमनका क्रममा उम्मेदवारहरु तथा मतदाताहरुसँग सोधपुछ गर्ने, निर्वाचन समितिका क्रियाकलापलाई अनुगमन गर्ने, उपलब्ध कागजातहरुको अध्ययन गर्ने लगायतका क्रियाकलापबाट प्रतिवेदन तयार पारेको जनाएको छ। तर निर्वाचन समितिले एनआरएनएको निर्वाचनका विषयमा कहिले पनि अनुगमन समितिसँग छलफल तथा सूचनाहरु सम्प्रेषण नगरेको र निर्वाचनको दौरानमा अनुगमन समितिलाई कुनै पनि कुराको अनुगमनका लागि पहुँच नदिएको स्पष्ट पारेको छ।

अनुगमनका सिलसिलामा प्राप्त भएका सूचना, अवलोकन तथा तथ्यहरू:
१. गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत चलिरहेको नेतृत्व छनौट लगायतका प्रकृयामा रिजल्ट प्रकाशित गर्ने क्रममा प्राप्त मतमा विश्वसनीयता नभएको भनि महाधिवेशनस्थलमै अध्यक्षत्रय (डा. बद्री केसी, कुल आचार्य र रविना थापा) र निर्वाचन समितिले छुट्टाछुट्टै सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि अधिवेशनका सम्पूर्ण गतिविधिहरु स्थगित गरेर त्यतिबेला देखिएको समस्याका सम्बन्धमा १४ दिनभित्र अनुसन्धान गर्ने निर्णय भएको पाइयो। यसबाट निर्वाचन समिति आईसीसीका पदाधिकारीहरु, सम्बन्धित उम्मेदवारहरुसमेत सम्पूर्ण पक्षले निर्वाचन प्रकृयामा ब्यापक अनियमितता भएको ठहर(स्वीकार गरेको पाइयो। हाम्रो अनुगमनमा समेत निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता देखिएकोले सोही अनुसार ठहर गरियो।

२. तेस्रो पक्ष भेन्डर (भेरो) ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको पाइयो। निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदान प्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको पाइयो। यसैगरी, उमेदवारहरुको परिचय सहित विभिन्न बुथमा फरक फरक र बिकृत नाम तथा हिज्जेसहित फरक पारी पठाइएको पाइयो।मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उमेदवार छनौट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको पाइयो। यसैगरी उपाध्यक्षका एक जना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई शून्यकरण गरिएको पाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

३. मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगाएत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको पाइयो।

४. निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो। यसरी मतदानबाट वञ्चित गरिएका मतदाताहरुको संख्या ५४ जना भन्दा बढी भएको र यो संख्या सम्पूर्ण निर्वाचन परिणामलाई फरक पार्न सक्ने संख्या भएकोले यो निर्वाचन स्वीकार्य हुन नसक्ने देखियो।

५. कतिपय मतदाताहरुले मतदान गर्ने क्रममा फेस भेरिफेकसन गर्दा प्रक्रिया अगाडि बढे पनि पहिला नै मतदान गरिसकेको भन्ने सूचना मोबाइलमा आएको पाइयो। जुन निर्वाचनको प्रक्रियागत त्रुटिको रुपमा लिइएको छ। जस्तो विश्व बराल, टिकाबहादुर कार्की, सीता सापकोटा, गोविन्द श्रेष्ठ (रोविन्द) आदि।

६. अध्यक्षका एक उम्मेदवार डा.बद्री केसीले भेरो भोटिङ र निर्वाचन समितिका काम कारबाहीको विषयमा प्रश्न उठाउँदा सम्बन्धित पक्षले उत्तर दिनुको साटो उम्मेदवार केसीले नै जवाफ दिने गरेको पाइयो। यसले निर्वाचन समिति भेरो भोटिङ र उम्मेदवार केसीको बीचमा अनुचित सेटिङ कायम भएको देखियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७. उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा प्रयोग गरिएको नाम र स्पेलिङको आधारमा मतदान प्रणालीमा नाम प्रविष्ट गर्ने तथा त्यसको टेस्टिङ गर्नु पर्नेमा त्यसो नगरी तेस्रो पक्ष र निर्वाचन समितिले गम्भीर कुरालाई पनि हल्कारुपमा लिएको पाइएको, जुन निर्वाचनलाई असर पार्ने प्रमुख कारकको रुपमा देखियो।

८. नेपालको महाधिवेशनस्थल होटेल सोल्टीमा स्थापना गरिएको निर्वाचन बुथबाट मतदान गर्नु पर्ने नियम बनाइएकोमा आफूखुसी एक उम्मेदवार निकट व्यक्तिहरुलाई मोबाइलबाटसमेत मतदान गर्न दिइएको पाइयो ।

९. सोल्टी होटेलमा मतदान गर्न पुगेका मतदाताहरुको युजर आइडी र पासवर्ड अनधिकृत रुपमा संकलन गरी त्यसलाई दुरुपयोग गरिएको पाइयो।

१०. रसियाबाट प्रक्रियामा समावेश नभएका केही डेलिगेट्सहरुलाई पनि मतदान प्रक्रियामा भाग लिन लगाइएका गुनासोहरु आएको छ।

गत १९ अक्टोबरमा गराइएको अनलाइन निर्वाचनमा गम्भीर अनियमितताहरु भएको आरोपहरु लाग्दालाग्दै पनि निर्वाचन समितिले डा बद्री केसी र अन्य पदाधिकारीहरुलाई सपथ दिलाएको थियो। डा केसीले अनलाइन निर्वाचनको नतिजा प्रकाशनमा सामान्य त्रुटिहरु भएता पनि समग्रमा निर्वाचन स्वच्छ र विश्वसनीय भएको दाबी गर्दै आएका छन्।  

तर, निर्वाचनमा योजनावद्ध रुपमा धाँधली गरिएको भन्ने उजुरी परेपछि नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोले छानबिन सुरु गरिसकेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्