काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन आज (मंगलबार)देखि सुरु हुँदैछ।
काठमाडौंको सोल्टी होटलमा हुने विश्व सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनले गैरआवासीय नेपाली संघमा नयाँ नेतृत्व चयन गर्नेछ।
संघको अध्यक्षका लागि ५ जना प्रत्यासी छन्। वर्तमान अध्यक्ष बद्री केसी, वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा र महेशकुमार शर्माले उम्मेदवारी दर्ता गरिसकेका छन्। यस्तै, वर्तमान उपाध्यक्ष रविना थापा र उपमहासचिव विनय अधिकारी पनि अध्यक्षका प्रत्यासी छन्।
दुई वर्षको कार्यकालका लागि नयाँ समिति चयन हुनेछ। अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुबाट ७४ जना पदाधिकारीहरु निर्वाचित हुनेछन्।
निर्वाचन प्रयोजनको लागि निर्वाचन कार्यक्रमको सूचना जारी गरिएको छ। जसअनुसार मतदान कात्तिक २ गते तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।