• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बझाङमा भूकम्पको बारेमा सचेतना करिब-करिब शून्य नै रहेछ : डा शिव सुवेदी, भूकम्पविद् [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०८०  १६:२५
1140x725

नेपालको पश्चिम क्षेत्रमा भूकम्पको उच्च जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन्। विज्ञहरुको पूर्वानुमान अनुसार नै भूकम्पहरु आउने क्रममा जारी छ। केही समयअघि मात्रै सुदूरपश्चिमको बझाङमा भूकम्प र पराकम्पन लगातार गएका छन्। त्यसले ठूलो क्षति पुर्‍याएको छ। भूकम्पको क्षति, जोखिम र आगामी दिनमा अपनाउनुपर्ने सचेतनाका उपायबारे अध्ययन गर्न नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)का भूकम्पविद्को एउटा टोली त्यहाँ पुगेको थियो। सोही टोलीका एक सदस्य भूकम्पविद् डा शिव सुवेदीसँग गरिएको कुराकानी :

तपाईंको टिम भूकम्प प्रभावित जिल्ला बझाङ पुगेर फर्केको छ। त्यहाँ गएको भूकम्पको प्रभाव कस्तो पाउनुभयो?
म लगायत केही भूकम्पविद्हरु भूकम्पको पर्सिपल्ट नै बझाङको लागि हिँडेका थियौं। हामीले बझाङको यात्रा तय गर्दा जे अपेक्षा गरेका थियौं, त्योभन्दा धेरै फरक अवस्था देखेर आयौं।

भूकम्पले बझाङ जिल्ला करिब-करिब सबै ठाउँमा नै असर गरेको रहेछ, त्यहाँको जीवनस्तर विल्कुलै फरक रहेछ। सरकारको उपस्थिति अलिक कमजोर रहेको देखियो। त्यहाँ भौतिक संरचनामा मात्र नभएर सामाजिक जीवनमा पनि भूकम्पले नराम्रोसँग प्रभाव परेको रहेछ।

तपाईंले त्यहाँ केही भूकम्प मापक यन्त्र राख्नुभएको छ। त्यसले अग्रिम सूचनाका लागिसमेत काम गर्ने हो कि मापन मात्रै, कहाँ-कहाँ राखियो?
बझाङ भूकम्प गएको ठाउँमा पहिला नै सरकारले राखेका भूकम्पमापक यन्त्रहरु एकदमै थोरै थिए। जसले गर्दा साना-साना भूकम्पहरु रेकर्ड गर्न नसक्ने अवस्था हुन्थ्यो, अहिले जडान गरिएका मेसिनले त्यो ठाउँ र वरीपरी गइरहेका साना-साना भूकम्पहरु पनि सजिलैसँग नाप्न सक्छ र नापिरहेको छ। अर्को कुरा, भूकम्प नाप्ने मेसिन थोरै हुँदा भूकम्पको केन्द्रबिन्दु ठ्याक्कै यही हो भन्न गाह्रो हुन्छ वा फरक ठाउँलाई केन्द्रबिन्दु देखाउन पनि सक्छ, यी सबै कारणले गर्दा नास्टमार्फत् हामीले चारवटा थप भूकम्पमापक यन्त्रहरु जडान गरेका छौं।

यो पनि पढ्नुहोस्

भूकम्प पूर्वचेतावनी प्रणाली : क्षति कम गराउन पर्याप्त हुन्छ केही सेकेन्ड

मेसिनहरु बझाङको उत्तर पूर्वको तल्कोट, उत्तर पश्चिमको सुर्मा, पश्चिमको दुर्गाथली र सदरमुकाम चैनपुरका जडान गरेका छौं। आजको विज्ञानले भूकम्प आउनु अगाडि नै सूचना दिने कुनै पनि यन्त्र बनाएको छैन, यस्ता प्रकारका यन्त्रले भूकम्पको मापन मात्र गर्ने हो।

बझाङको भूकम्प ‘अलार्म’ हो कि तत्काललाई थप जोखिम टरेको हो?
बझाङको भूकम्प एउटा नियमित प्रक्रियामा आएको भूकम्प हो। न यो भूकम्पको कारणले अर्को भूकम्प रोकिन्छ, न यो भूकम्प ले नै ठूलो भूकम्प आउँछ भन्न सकिन्छ। हामीले भुल्न नहुने कुरा के हो भने बझाङ विगत लामो समयदेखि भूकम्प गइरहने ठाउँ हो, उदाहरणको लागि २०३७ मा बझाङमा गएको भूकम्पले करिब १५० भन्दा धेरै मान्छेको ज्यान लिएको थियो।
 
भूकम्पविद्ले भन्न सक्ने के हो भने बझाङलगायत छिमेकी जिल्लाहरु ८ रेक्टरको भूकम्प पनि उत्पादन गर्न सक्ने ठाउँ हुन्। अब बझाङमा हुनसक्ने सम्भावित दुई परिदृष्यहरु छन्। एक,  यही ६.३ रेक्टरवाला भूकम्पका पराकम्पनहरु अरु केही महिनासम्म जान सक्छन्, जो ६.३ भन्दा साना हुन्छन्। दुई, यही बीचमा विश्वका सबै वैज्ञानिकले भनेको गोर्खा बार्पाकभन्दा पश्चिमको क्षेत्रमा जतिबेला पनि ठूलो भूकम्प जान सक्छ भने जस्तै गरी ठूलै भूकम्प आउन पनि सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विज्ञानले भने अनुसार म्याग्निच्यूड ७ को एउटा भूकम्प जाँदा निस्कने सबै शक्ति सकिनको लागि म्याग्निच्यूड ६ का ३२ वटा भूकम्प जानुपर्दछ। म्यागेच्युड ६ को भूकम्प आउँदैमा ठूलो भूकम्पको जोखिम टर्‍यो भन्न मिल्दैन । व्यक्तिगत रुपमा म साना भूकम्प आउनुलाई हामी मुनिको जमिन चलेको भन्ने बुझ्छु, जसले ठूलो भूकम्पको सम्भावना बढाउन पनि सक्छ।

तपाईंले त्यहाँ घर संरचना हेर्नुभयो। कुन तहको भूकम्पले कतिसम्म क्षति पुर्‍याउने देखिन्छ?
त्यहाँ गएर घर हेर्दै गर्दा मलाई हाम्रो अवस्थाको अति पीर लाग्यो। आजसम्म करिब १२ हजार घर पूर्ण वा आंशिक रुपमा क्षति भएको रिपोर्टहरु आएका छन्। म्याग्निच्यूड ६ को भूकम्पले त यतिको संख्यामा घर भत्काउँदो रहेछ भने त्यो भन्दा ठूलो भूकम्पको क्षति त हाम्रो कल्पनाभन्दा बाहिरको हुन्छ।

यो पनि पढ्नुहोस्

पश्चिम नेपाल किन भूकम्पको जोखिममा छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यहाँको घर संरचना पूरै परम्परागत छन्, अझै धेरै ठाउँमा त ढुंगामाथि माटो वा सिमेन्ट नराखिकन ढुंगा मात्र चिनेको भेटियो। कति ठाउँमा तल्लो तला, पिल्लर नराखी बनाएको र माथिल्लो तलामा पिल्लर राखेको पनि देखियो यस्तै कारणले धेरै घरमा क्षति पुगेको हो।

भूकम्प आउने सम्भावना रहेको भनेर यसअघि पनि तपाईंहरूले बताउँदै आउनुभएको हो। स्थानीयसँग कुरा गर्दा केही सचेत भएको पाउनुभयो?
हामीहरु काठमाडौंका ठूला-ठूला होटेलमा यस्तो गर्ने, उस्तो गर्ने भनेर कार्यक्रम गर्छौं तर गाउँको अवस्था यति दयनीय छ नि, भूकम्पको बारेमा सचेतना करिब-करिब शून्य नै छ। यो भूकम्पमा राम्रो संयोग के पर्‍यो भने ५.३ को भूकम्प गएको २०-२५ मिनेट पछि ६.३ को भूकम्प गयो। वा ५.३ को भूकम्प पछि मानिसहरु भवन बाहिर निस्किए,  त्यहीबेला ६.३ को भूकम्प आयो।

यदि ५.३ को भूकम्प पहिला आएको हुन्थेन भने यही भूकम्पले सयौं मान्छेको ज्यान लिन्थ्यो। किनकि सयौं स्कुलहरु, घरहरु, पूर्ण रूपमा ध्वस्त भएका छन्। स्थानीयहरू भूकम्पको बारेमा जानकार छैनन् र स्थानीय सरकारहरुले पनि भूकम्प प्रतिरोधी भवन आचारसंहिताको कार्यान्यवन गरेका छैनन्। प्राय मान्छेहरु भूकम्पको लागि भगवानलाई दोष दिइरहेका छन्।

भुकम्पबाट क्षति कम गर्न अहिले नै त्यहाँ गरिहाल्नुपर्ने काम के-के हुन्छ?
त्यहाँ गर्न सकिने कुरा धेरै छन्। पहिलो कुरा त क्षति भएका घरका मान्छेलाई बाँच्न सहज गराउन पर्‍यो, चर्केको मात्र घरलाई सरकारले पैसा नदिने रे भन्ने सुनिन आएको छ, त्यस्तो भयो भने सारै पीडा हुन्छ त्यहाँका जनतालाई। किनकि सबैजसो घर बस्न योग्य छैनन्।

दोस्रो आजको मितिदेखि नयाँ बन्ने संरचनाहरु बिल्डिङ कोड अनुसार भूकम्प प्रतिरोधी बनाउन पर्यो। सबै घर भूकम्प प्रतिरोधी एकै दिनमा वा महिनामा बनाउन त सकिँदैन तर सुरु आजैबाट नगरी हुँदैन। यो भूकम्पले भत्काएका घरहरु पुन: निर्माण गर्दा तालिम प्राप्त सिकर्मीबाट भूकम्प झेल्न सक्ने बनाउन पर्‍यो।

यो पनि पढ्नुहोस्

टर्की भूकम्प र नेपालले सिक्नुपर्ने पाठ

दीर्घकालीन योजना स्वरूप स्थानीय सरकारले भूकम्प सम्बन्धी कोर्ष पाठ्यक्रममा नै राख्नपर्यो, यो भूकम्पमा एक जनाको ज्यान गएको छ। माथिबाट आएको ढुंगाले लागेर यदि मृत्यु हुने महिलालाई भूकम्प आउँदा जमिन हल्लिन्छ, जसले गर्दा पहिरो पनि आउन सक्छ खुला र सुरक्षित ठाउँमा जानुपर्छ भन्ने ज्ञान भएको भए उहाँ पनि बाच्नुहुन्थ्यो होला।

अनि कति समाचार विधार्थी विद्यालयबाट हाम फाल्दा घाइते भन्ने पनि आएका छन्, यी सबै घटनाले त्यहाँका जनताको चेतना स्तर बताउँछन्, जो हामीले स्वीकार्ने तहमा छैन। यसपाली नास्टले पहिलोपटक भूकम्पमा काम गरेको छ, आशा गरौं नास्ट अन्तर्गतका कार्यक्रममार्फत् भविष्यमा भूकम्प सुरक्षाको लागि केही राम्रा काम गर्न पाइन्छ कि?

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्