• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ३०, २०८२ Sun, Nov 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बझाङमा भूकम्पको बारेमा सचेतना करिब-करिब शून्य नै रहेछ : डा शिव सुवेदी, भूकम्पविद् [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०८०  १६:२५
1140x725

नेपालको पश्चिम क्षेत्रमा भूकम्पको उच्च जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन्। विज्ञहरुको पूर्वानुमान अनुसार नै भूकम्पहरु आउने क्रममा जारी छ। केही समयअघि मात्रै सुदूरपश्चिमको बझाङमा भूकम्प र पराकम्पन लगातार गएका छन्। त्यसले ठूलो क्षति पुर्‍याएको छ। भूकम्पको क्षति, जोखिम र आगामी दिनमा अपनाउनुपर्ने सचेतनाका उपायबारे अध्ययन गर्न नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)का भूकम्पविद्को एउटा टोली त्यहाँ पुगेको थियो। सोही टोलीका एक सदस्य भूकम्पविद् डा शिव सुवेदीसँग गरिएको कुराकानी :

तपाईंको टिम भूकम्प प्रभावित जिल्ला बझाङ पुगेर फर्केको छ। त्यहाँ गएको भूकम्पको प्रभाव कस्तो पाउनुभयो?
म लगायत केही भूकम्पविद्हरु भूकम्पको पर्सिपल्ट नै बझाङको लागि हिँडेका थियौं। हामीले बझाङको यात्रा तय गर्दा जे अपेक्षा गरेका थियौं, त्योभन्दा धेरै फरक अवस्था देखेर आयौं।

भूकम्पले बझाङ जिल्ला करिब-करिब सबै ठाउँमा नै असर गरेको रहेछ, त्यहाँको जीवनस्तर विल्कुलै फरक रहेछ। सरकारको उपस्थिति अलिक कमजोर रहेको देखियो। त्यहाँ भौतिक संरचनामा मात्र नभएर सामाजिक जीवनमा पनि भूकम्पले नराम्रोसँग प्रभाव परेको रहेछ।

तपाईंले त्यहाँ केही भूकम्प मापक यन्त्र राख्नुभएको छ। त्यसले अग्रिम सूचनाका लागिसमेत काम गर्ने हो कि मापन मात्रै, कहाँ-कहाँ राखियो?
बझाङ भूकम्प गएको ठाउँमा पहिला नै सरकारले राखेका भूकम्पमापक यन्त्रहरु एकदमै थोरै थिए। जसले गर्दा साना-साना भूकम्पहरु रेकर्ड गर्न नसक्ने अवस्था हुन्थ्यो, अहिले जडान गरिएका मेसिनले त्यो ठाउँ र वरीपरी गइरहेका साना-साना भूकम्पहरु पनि सजिलैसँग नाप्न सक्छ र नापिरहेको छ। अर्को कुरा, भूकम्प नाप्ने मेसिन थोरै हुँदा भूकम्पको केन्द्रबिन्दु ठ्याक्कै यही हो भन्न गाह्रो हुन्छ वा फरक ठाउँलाई केन्द्रबिन्दु देखाउन पनि सक्छ, यी सबै कारणले गर्दा नास्टमार्फत् हामीले चारवटा थप भूकम्पमापक यन्त्रहरु जडान गरेका छौं।

यो पनि पढ्नुहोस्

भूकम्प पूर्वचेतावनी प्रणाली : क्षति कम गराउन पर्याप्त हुन्छ केही सेकेन्ड

मेसिनहरु बझाङको उत्तर पूर्वको तल्कोट, उत्तर पश्चिमको सुर्मा, पश्चिमको दुर्गाथली र सदरमुकाम चैनपुरका जडान गरेका छौं। आजको विज्ञानले भूकम्प आउनु अगाडि नै सूचना दिने कुनै पनि यन्त्र बनाएको छैन, यस्ता प्रकारका यन्त्रले भूकम्पको मापन मात्र गर्ने हो।

बझाङको भूकम्प ‘अलार्म’ हो कि तत्काललाई थप जोखिम टरेको हो?
बझाङको भूकम्प एउटा नियमित प्रक्रियामा आएको भूकम्प हो। न यो भूकम्पको कारणले अर्को भूकम्प रोकिन्छ, न यो भूकम्प ले नै ठूलो भूकम्प आउँछ भन्न सकिन्छ। हामीले भुल्न नहुने कुरा के हो भने बझाङ विगत लामो समयदेखि भूकम्प गइरहने ठाउँ हो, उदाहरणको लागि २०३७ मा बझाङमा गएको भूकम्पले करिब १५० भन्दा धेरै मान्छेको ज्यान लिएको थियो।
 
भूकम्पविद्ले भन्न सक्ने के हो भने बझाङलगायत छिमेकी जिल्लाहरु ८ रेक्टरको भूकम्प पनि उत्पादन गर्न सक्ने ठाउँ हुन्। अब बझाङमा हुनसक्ने सम्भावित दुई परिदृष्यहरु छन्। एक,  यही ६.३ रेक्टरवाला भूकम्पका पराकम्पनहरु अरु केही महिनासम्म जान सक्छन्, जो ६.३ भन्दा साना हुन्छन्। दुई, यही बीचमा विश्वका सबै वैज्ञानिकले भनेको गोर्खा बार्पाकभन्दा पश्चिमको क्षेत्रमा जतिबेला पनि ठूलो भूकम्प जान सक्छ भने जस्तै गरी ठूलै भूकम्प आउन पनि सक्छ। 

Ncell 2
Ncell 2

विज्ञानले भने अनुसार म्याग्निच्यूड ७ को एउटा भूकम्प जाँदा निस्कने सबै शक्ति सकिनको लागि म्याग्निच्यूड ६ का ३२ वटा भूकम्प जानुपर्दछ। म्यागेच्युड ६ को भूकम्प आउँदैमा ठूलो भूकम्पको जोखिम टर्‍यो भन्न मिल्दैन । व्यक्तिगत रुपमा म साना भूकम्प आउनुलाई हामी मुनिको जमिन चलेको भन्ने बुझ्छु, जसले ठूलो भूकम्पको सम्भावना बढाउन पनि सक्छ।

तपाईंले त्यहाँ घर संरचना हेर्नुभयो। कुन तहको भूकम्पले कतिसम्म क्षति पुर्‍याउने देखिन्छ?
त्यहाँ गएर घर हेर्दै गर्दा मलाई हाम्रो अवस्थाको अति पीर लाग्यो। आजसम्म करिब १२ हजार घर पूर्ण वा आंशिक रुपमा क्षति भएको रिपोर्टहरु आएका छन्। म्याग्निच्यूड ६ को भूकम्पले त यतिको संख्यामा घर भत्काउँदो रहेछ भने त्यो भन्दा ठूलो भूकम्पको क्षति त हाम्रो कल्पनाभन्दा बाहिरको हुन्छ।

यो पनि पढ्नुहोस्

पश्चिम नेपाल किन भूकम्पको जोखिममा छ?

त्यहाँको घर संरचना पूरै परम्परागत छन्, अझै धेरै ठाउँमा त ढुंगामाथि माटो वा सिमेन्ट नराखिकन ढुंगा मात्र चिनेको भेटियो। कति ठाउँमा तल्लो तला, पिल्लर नराखी बनाएको र माथिल्लो तलामा पिल्लर राखेको पनि देखियो यस्तै कारणले धेरै घरमा क्षति पुगेको हो।

भूकम्प आउने सम्भावना रहेको भनेर यसअघि पनि तपाईंहरूले बताउँदै आउनुभएको हो। स्थानीयसँग कुरा गर्दा केही सचेत भएको पाउनुभयो?
हामीहरु काठमाडौंका ठूला-ठूला होटेलमा यस्तो गर्ने, उस्तो गर्ने भनेर कार्यक्रम गर्छौं तर गाउँको अवस्था यति दयनीय छ नि, भूकम्पको बारेमा सचेतना करिब-करिब शून्य नै छ। यो भूकम्पमा राम्रो संयोग के पर्‍यो भने ५.३ को भूकम्प गएको २०-२५ मिनेट पछि ६.३ को भूकम्प गयो। वा ५.३ को भूकम्प पछि मानिसहरु भवन बाहिर निस्किए,  त्यहीबेला ६.३ को भूकम्प आयो।

यदि ५.३ को भूकम्प पहिला आएको हुन्थेन भने यही भूकम्पले सयौं मान्छेको ज्यान लिन्थ्यो। किनकि सयौं स्कुलहरु, घरहरु, पूर्ण रूपमा ध्वस्त भएका छन्। स्थानीयहरू भूकम्पको बारेमा जानकार छैनन् र स्थानीय सरकारहरुले पनि भूकम्प प्रतिरोधी भवन आचारसंहिताको कार्यान्यवन गरेका छैनन्। प्राय मान्छेहरु भूकम्पको लागि भगवानलाई दोष दिइरहेका छन्।

भुकम्पबाट क्षति कम गर्न अहिले नै त्यहाँ गरिहाल्नुपर्ने काम के-के हुन्छ?
त्यहाँ गर्न सकिने कुरा धेरै छन्। पहिलो कुरा त क्षति भएका घरका मान्छेलाई बाँच्न सहज गराउन पर्‍यो, चर्केको मात्र घरलाई सरकारले पैसा नदिने रे भन्ने सुनिन आएको छ, त्यस्तो भयो भने सारै पीडा हुन्छ त्यहाँका जनतालाई। किनकि सबैजसो घर बस्न योग्य छैनन्।

दोस्रो आजको मितिदेखि नयाँ बन्ने संरचनाहरु बिल्डिङ कोड अनुसार भूकम्प प्रतिरोधी बनाउन पर्यो। सबै घर भूकम्प प्रतिरोधी एकै दिनमा वा महिनामा बनाउन त सकिँदैन तर सुरु आजैबाट नगरी हुँदैन। यो भूकम्पले भत्काएका घरहरु पुन: निर्माण गर्दा तालिम प्राप्त सिकर्मीबाट भूकम्प झेल्न सक्ने बनाउन पर्‍यो।

यो पनि पढ्नुहोस्

टर्की भूकम्प र नेपालले सिक्नुपर्ने पाठ

दीर्घकालीन योजना स्वरूप स्थानीय सरकारले भूकम्प सम्बन्धी कोर्ष पाठ्यक्रममा नै राख्नपर्यो, यो भूकम्पमा एक जनाको ज्यान गएको छ। माथिबाट आएको ढुंगाले लागेर यदि मृत्यु हुने महिलालाई भूकम्प आउँदा जमिन हल्लिन्छ, जसले गर्दा पहिरो पनि आउन सक्छ खुला र सुरक्षित ठाउँमा जानुपर्छ भन्ने ज्ञान भएको भए उहाँ पनि बाच्नुहुन्थ्यो होला।

अनि कति समाचार विधार्थी विद्यालयबाट हाम फाल्दा घाइते भन्ने पनि आएका छन्, यी सबै घटनाले त्यहाँका जनताको चेतना स्तर बताउँछन्, जो हामीले स्वीकार्ने तहमा छैन। यसपाली नास्टले पहिलोपटक भूकम्पमा काम गरेको छ, आशा गरौं नास्ट अन्तर्गतका कार्यक्रममार्फत् भविष्यमा भूकम्प सुरक्षाको लागि केही राम्रा काम गर्न पाइन्छ कि?

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेसका मुख्यमन्त्रीविरुद्धको रिट श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन
खोलाबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
मधेसका मुख्यमन्त्रीविरुद्धको रिट श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा आइतबार, कात्तिक ३०, २०८२
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन आइतबार, कात्तिक ३०, २०८२
खोलाबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु आइतबार, कात्तिक ३०, २०८२
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीप्रति बादलको टिप्पणी– भूतपूर्व साथीहरुले ‘१० कोठे टहरो’  बनाएका छन् शनिबार, कात्तिक २९, २०८२
बादलले भने– फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल शनिबार, कात्तिक २९, २०८२
पेट्रोल र डिजलको भाउ बढ्यो शनिबार, कात्तिक २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्