• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
सन्दर्भ : राष्ट्रिय भूकम्प सुरक्षा दिवस

भूकम्प पूर्वचेतावनी प्रणाली : क्षति कम गराउन पर्याप्त हुन्छ केही सेकेन्ड

डा. शिव सुवेदी आइतबार, माघ २, २०७८  १८:४२
1140x725

भूकम्प प्राकृतिक विपत्ति हो, जसले एकै पटकमा लाखौँको ज्यान लिन तथा अरबौंको क्षति गराउन सक्छ। भूकम्पबाट बच्ने एउटा मात्र उपाय भनेको पूर्वतयारी गर्नु नै हो। आजको आधुनिक युगमा भूकम्पबाट मानिसको ज्यान बचाउन तथा क्षति न्यूनीकरण गर्न भूकम्प पूर्वचेतावनी प्रणालीको प्रयोग धेरै देशहरुले गरिरहेका छन्, जुन ठूला भुकम्पबाट जोगिने अहिलेसम्मको उत्कृष्ट उपाय हो। नेपालजस्तो कुनै बेला पनि ठूलो भूकम्प जान सक्ने सम्भावना भएको देशको लागि पूर्वचेतावनी प्रणाली अति उपयोगी हुन्छ।

भूकम्प सामान्यतया जमिनभन्दा धेरै गहिराइमा जाने गर्छ। पृथ्वीको भित्री भाग विभिन्न तहहरु मिलेर बनेको छ र सबैभन्दा बाहिरी तह धेरै टुक्रामा बाँडिएको छ, जसलाई हामी 'प्लेट टेक्टोनिक्स' भन्छौं। धेरैजसो भूकम्प जमिनमुनिका दुई वा दुईभन्दा बढी प्लेटहरुबीचको आपसी ठक्कर वा विभाजनबाट उत्पन्न हुने शक्तिको कारणले जाने गर्छ।

नेपाल र आसपासका हिमालयन देशहरुमा इन्डियन प्लेट र तिब्बतीयन प्लेटको टक्करको कारणले भूकम्प जान्छ। नेपालमुनि इन्डियन प्लेट र तिब्बतीयन प्लेटको भेट भएको छ। हरेक वर्ष निश्चित गतिमा इन्डियन प्लेटले तिब्बतियन प्लेटलाई उत्तरतिर धकेल्छ। यसरी दुइ प्लेटबीचको टक्करले गर्दा जमिनमुनि शक्ति जम्मा हुन जान्छ। त्यो शक्ति निकासका लागि जमिनको सतहमा ल्याउन भूकम्प जानु पर्छ। 

पूर्वअनुमान र पूर्वचेतावनी प्रणाली
भूकम्प पूर्वचेतावनी प्रणालीबारे लेख्दै गर्दा योसँगै जोडिएर आउने अर्को प्रश्नको उत्तर दिनु आवश्यक छ, त्यो भनेको भूकम्पको पूर्वअनुमान हो। कतिपय अवस्थामा हामी पूर्वचेतावनी प्रणालीलाई भूकम्प आउनु अगाडि नै जाँदै गरेको पत्ता लगाएर मानिसलाई सूचना पठाएको जसरी पनि बुझ्ने गर्छौं। यो नितान्त फरक विषय हो र यसको सिद्धान्त नै फरक छ।

भूकम्प आउनु अगाडि नै त्यसबारे पत्ता लगाउने कुनै संयन्त्र (भूकम्पको पूर्वानुमान) आजसम्मको विज्ञानले परिकल्पना गरेको छैन। भूकम्पको पूर्वानुमान किन गरिएको छैन, वैज्ञानिकहरुले भूकम्पको भविष्यवाणी किन गर्न सक्दैनन् जस्ता प्रश्नहरु नेपालमा मात्र हैन विश्वका धेरै मानिसहरुले गर्छन्। 

भूकम्प त्यति बेला जान्छ जति बेला दुई प्लेटबीचमा हुने घर्षणको बल (फ्रिक्सन फोर्स) भन्दा उक्त प्लेटहरुको चालको कारणले प्लेटमा जम्मा भएको शक्ति (स्ट्रेस) धेरै हुन्छ। उदाहरणको लागि हामीले एउटा खस्रो काठको टुक्रालाई अर्को खस्रो काठको टुक्रामाथि राखेर माथिल्लो काठको टुक्रा रबरले बिस्तारै एउटै गतिमा तान्यौँ भने पनि एउटै समयमा एउटै दूरी पार गराउन सक्दैनौं। मानौं, माथिल्लो काठको टुक्रा पहिलो पटक पाँच सेकेन्डमा दुई सेन्टिमिटर सर्यो भने फेरि उही पाँच सेकेन्डमा दुई सेन्टिमिटर सार्न असम्भव छ। यसको कारण के भने दुई प्लेटबीचको शक्तिको कारणले कति बेला स्लिप खान्छ भन्न सकिँदैन। त्यसकारणले आजका मितिसम्म भूकम्पको पूर्वानुमान सम्भव छैन। नेपालमा कहिलेकाहीं सामाजिक संजालमा देखिने भूकम्पको भविष्यवाणी सम्बन्धी समाचारहरु विज्ञानले प्रमाणित गर्न सक्दैन।

डा. शिव सुवेदी

अर्कोतर्फ, भूकम्पको जोखिममा परेका व्यक्ति, समुदाय र संस्थाहरूलाई हानी वा नोक्सानीको सम्भावना न्यूनीकरण गर्न र भूकम्पबाट जोगिन सक्षम बनाउन समयमै पूर्वचेतावनी सूचना प्रसार गर्ने कामलाई भूकम्प पूर्वसूचना प्रणाली (अर्थक्वेक अर्ली वार्निङ) भनिन्छ। अर्को शब्दमा भन्नु पर्दा, कुनै ठाउँमा भूकम्प गएपछि उक्त भूकम्पको तरङ्ग आउँदैछ भनेर जोखिममा रहेका मानिसहरुलाई संदेश पठाउने प्रणाली हो यो।

भूकम्प पूर्वचेतावनी प्रणाली विश्वका धेरै देशहरुले सफलतापूर्वक परीक्षण गरेर प्रयोग गरिराखेका छन्। मेक्सिको, जापान, अमेरिका, इन्डोनेसिया, स्विजरल्याण्ड, चीन आदि देशमा यो प्रणाली प्रयोगमा छ। यो प्रणालीको विकास गर्न त्यति सहज भने छैन। यसको परीक्षण गर्न एउटै मेसिन वा एउटै तत्व पर्याप्त हुँदैन। आधुनिक भूकम्प मापक यन्त्रको प्रयोग, आधुनिक संचारको उपयोग, भूकम्पविदहरुको विश्लेषण, भूकम्प तयारीमा मानिसहरुको इच्छाशक्ति र पूर्वचेतावनी सन्देश पाइसकेपछि मानिसले गर्ने व्यवहार सबैको यसमा उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

भूकम्प पूर्वचेतावनी प्रणालीले कसरी काम गर्छ?
भूकम्प पूर्वचेतावनी प्रणालीको परीक्षण र प्रयोग गर्नको लागि सबैभन्दा पहिला भूकम्पको स्रोतबारे जान्न आवश्यक छ। भूकम्पको स्रोतको पहिचानले यो प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने हुनाले सम्बन्धित क्षेत्रमा भूकम्पको प्रकार, बारम्बारता, म्याग्निच्युड लगायतका विषयमा गहिरोसँग अध्ययन हुनुपर्छ। मध्य-नेपाल अन्तर्गत पर्ने पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ ठूला भूकम्पको केन्द्रविन्दुको लागि सम्भावित ठाउँहरु हुन्। 

जब भूकम्पको स्रोतबारे आवश्यक जानकारी प्राप्त हुन्छ, त्यसपछि भूकम्पको केन्द्रविन्दुको लागि सम्भावित ठाउँहरुको छनोट गरेर ती ठाउँमा आधुनिक भूकम्प मापक यन्त्रहरु जडान गर्नुपर्छ। भूकम्प मापक यन्त्रहरु जति बाक्लो रुपमा जडान गर्‍यो उति नै प्रणालीले राम्रो काम गर्छ। तर, हरेक ५-२० किलोमिटरको दूरीमा यन्त्रहरु जडान गर्नु उपयुक्त मानिन्छ। 

यन्त्रहरुको जडानपछि अर्को महत्वपूर्ण काम भनेको यन्त्रले अभिलेख गरेको रेकर्ड केन्द्रीय सर्भरमा कसरी पठाउने भन्ने हो। यसको लागि विभिन्न विकल्पहरु हुन सक्छन्। जस्तो: मोबाइल नेट प्रयोग गरेर, स्याटलाइटको प्रयोग गरेर वा छुट्टै ब्याण्डको रेडियो कम्युनिकेसन लिएर। 

यी सबै विकल्पमध्ये स्याटलाइटको प्रयोग उत्तम र महँगो विकल्प हो। मोबाइल नेटको प्रयोग गरेर अभिलेख केन्द्रिय सर्भरमा पठाउन पनि सकिन्छ। तर, त्यसको लागि मोबाइलको सिस्टम ठूलो भूकम्प जाँदा पनि नबिग्रने राम्रो गुणस्तरको चाहिन्छ। यदि, त्यस्तो भएन भने भूकम्प गएको खण्डमा मोबाइलको टावर नै ढलेर पूर्वचेतावनीको लागि पठाएका संदेशहरु मानिसहरुले प्राप्त नगर्न सक्छन्। नेपालको दुर्गम इलाकामा मोबाइल इन्टरनेटको स्थिरता र गुणस्तरको कारणले यसलाई भूकम्प पूर्वचेतावनीको लागि प्रयोग गर्न सकिँदैन।

कुनै पनि सञ्चार माध्यमबाट भूकम्प मापक यन्त्रहरुले रेकर्ड गरेका तरंगहरु केन्द्रीय सर्भरमा आइपुगेपछि भूकम्पविदहरुले ती तरंगहरुलाई राम्रोसँग अध्ययन गर्दछन्। भूकम्प जाँदा प्राइमरी र सेकेण्डरी तरंग पैदा गरेको हुन्छ। प्राइमरी तरंग सेकेण्डरी तरंगभन्दा करिब दोब्बर छिटो हिँड्छ। जमिनमुनि भूकम्प गएपछि जमिनको सतहमा भूकम्पको प्राइमरी तरंग पहिला आइपुग्छ र त्यसको जानकारी भूकम्पमापक यन्त्रहरुले केन्द्रीय सर्भरमा गराउँछन्।

त्यति नै बेला केन्द्रीय सर्भरमा वैज्ञानिकहरुले तरंगहरुको अध्ययन-विश्लेषण गरेर भूकम्पको केन्द्रविन्दु, म्याग्नेच्युड पत्ता लगाउँछन्। भूकम्पको केन्द्रविन्दु र म्याग्नेच्युड पत्ता लगाइसकेपछि मात्र केन्द्रीय सर्भरबाट मानिसहरुलाई पूर्वचेतावनी पठाउन सकिन्छ। भूकम्पको साइज तथा प्रकृति हेरेर भूकम्पबारे मोबाइलमा म्यासेज पठाउने, शहरहरुमा साइरन बजाउने, टीभी रेडियोमार्फत जानकारी दिने वा साइरन बजाउने आदि भूकम्पको पूर्वीसूचना मानिसहरुसम्म पुर्‍याउने उपाय हुन सक्छन्।

अन्तराष्ट्रिय रेकर्ड हेर्ने हो भने भूकम्पबारेमा संदेश प्राप्त गरेको १० सेकेन्डदेखि २-३ मिनेट पछाडि मात्र उक्त भूकम्पको तरंग सम्बन्धित ठाउँमा आइपुगेको देखिन्छ। त्यो समयमा मानिसहरुले आफूलाई भूकम्पबाट सुरक्षित राख्नको लागि तयारी गर्न सक्छन्।

एउटा उदाहरण लिएर यो प्रणालीलाई अझ राम्रोसँग बुझ्न सकिन्छ। मानौं, पूर्वमा नेपाल र भारतको सिमानामा ठूलो म्याग्नेच्युडको भूकम्प गयो र नेपालमा भूकम्प पूर्वचेतावनी प्रणालीको राम्रोसँग विकास भएको छ। भूकम्प गएको १-२ सेकेन्डभित्रमा पूर्वीनेपालमा जडान गरेका भूकम्पमापक यन्त्रहरुले उक्त भूकम्पको प्राइमरी तरंग रेकर्ड गर्छन् र काठमान्डूको केन्द्रीय सर्भरमा पठाउँछन्।  केन्द्रीय सर्भरमा सो भूकम्पबारे जानकारी आउन करीब पाँच सेकेन्ड समय लाग्छ। अर्को पाँच सेकेन्डमा वैज्ञानिकहरुले भर्खर प्राप्त रेकर्डहरुको विश्लेषण गरेर भूकम्पको अध्ययन गर्छन् र थप दुई सेकेन्डमा केन्द्रीय सर्भरबाट मानिसहरुलाई पठाइएको भूकम्पको सूचना उनीहरुले प्राप्त गर्छन्। यसरी सबै कुराले राम्रोसँग काम गरेको खण्डमा भूकम्प गएको समयदेखि करीब १२ सेकेन्डमा मानिसहरुले उक्त भूकम्पबारे जानकारी पाउँछन्। यो हाल प्रयोगमा रहेका भूकम्प पूर्णचेतावनी प्रणालीहरुले  मानिसहरुलाई संदेश पठाउन लाग्ने समय हो। 

पूर्वसूचना प्राप्त गरेपछि आफूलाई सुरक्षित राख्न सबै मान्छेले उत्ति नै समय पाउँछन् भन्ने हुँदैन। भूकम्पको केन्द्रविन्दुबाट आफू भएको ठाउँको दूरीको आधारमा यो समय फरक पर्छ। माथिको उदाहरणमा पूर्वीनेपाल (नेपाल-भारत सिमाना) मा केन्द्रविन्दु भएको भूकम्पको पहिलो तरंग विराटनगरमा आइपुग्न भूकम्प गएको समयबाट करीब २० सेकेण्ड लाग्छ। यसको अर्थ विराटनगर वरपरका मानिसले पूर्वचेतावनी संदेश प्राप्त गरेको करीब आठ सेकेन्डपछि भूकम्पको पहिलो झट्का महसुस गर्छन्।

त्यसरी नै काठमाडौंको हकमा भूकम्पको केन्द्रविन्दुभन्दा करीब २७० किलोमिटर टाढा पर्छ, जहाँ पहिलो तरंग आइपुग्न करीब ४५ सेकेन्ड लाग्छ। त्यसैले काठमाडौं वरपरका मानिसले पूर्वचेतावनी संदेश प्राप्त गरेको करीब ३३ सेकेन्डपछि पहिलो झट्का महसुस गर्छन्। पोखरा वरपरका मानिसहरुले पूर्वचेतावनी संदेश प्राप्त गरेको करीब ५५ सेकेन्डपछि पहिलो झट्का महसुस गर्छन्।

केही सेकेन्ड समय पर्याप्त हुन्छ?
निरपेक्ष रुपमा हामी केही सेकेन्डलाई छोटो समय मान्छौँ। अझ ठूला भूकम्पको समयमा मान्छेले के गर्ने भनेर समयमा नै निर्णय गर्न सक्दैनन् र धेरै क्षति हुन्छ। तर, छोटो समयको जानकारीमा पनि आफूलाई बचाउन वा क्षति कम गराउन धेरै काम गर्न सकिन्छ। 

भवनबाहिर भएको अवस्थामा तुरुन्त सुरक्षित खुला ठाउँमा जान र भवनभित्र भएको अवस्थामा तुरुन्त सुरक्षित हुन केही सेकेन्ड अगाडिको जानकारीले ठुलो मद्दत गर्छ। आगोको स्रोतहरु बन्द गर्न सकिन्छ, जसले गर्दा भूकम्पपछिको आगलागीको सम्भावना कम हुन्छ। लिफ्ट भएको भवनमा लिफ्ट बन्द गर्न र मानिसहरुलाई बाहिर निस्कनको लागि ढोका खोलिदिन सकिन्छ। विद्युतमा काम गर्ने कर्मचारीहरुले काम रोक्न सक्छन्। अस्पतालहरूमा डाक्टरहरुले शल्यक्रियाहरु रोक्न सक्छन्। पुल तथा टनेलबाट जाने यातायात रोक्न सकिन्छ। उड्न तयार विमानहरू रोक्न तथा अवतरण गर्न तयार विमानहरू डाइभर्ट गर्न सकिन्छ।

भूकम्प पूर्वचेतावनी प्रणालीको सफल प्रयोग भएको त्यति बेला मानिन्छ जति बेला मानिसहरुले पूर्वसूचना र दिइएका निर्देशनहरुलाई राम्रोसँग पालना गर्दछन्।  त्यसको लागि भूकम्प पूर्वसूचना प्राप्त गरेपछि के गर्ने, भूकम्पबाट बच्न भूकम्प जानु अगाडि, जाँदै गर्दा र गैसकेपछि के के गर्न हुन्छ, के गर्न हुन्न भन्ने विषयमा समुदायका हरेक पक्षलाई सिकाउनु पर्छ। 

हामीले बिर्सन नै नहुने कुरा के हो भने, भूकम्प पूर्वचेतावनी प्रणालीले केही घण्टा वा दिनअगाडि सूचना पठाउन सक्दैन। कुनै एक ठाउँमा भूकम्प गइसकेपछि सो भूकम्पको तरंगको आधारमा अन्य ठाउँहरुमा मानिसहरुलाई सुचना पठाउने गर्छ। भूकम्पको केन्द्रविन्दुबाट कम्तिमा १०० किलोमिटर टाढाका ठाउँमा सूचना पठाउँदा मानिसहरुले आफूलाई तयारी गर्न पर्याप्त समय पाउँछन्।  

प्राविधिक रुपमा यो प्रणालीमा धेरै कठिनाइहरु छन्। एकदमै महँगो पनि पर्छ। वैज्ञानिक रुपमा यसको एउटा मात्र कमजोरी भनेको भूकम्पको केन्द्रविन्दुको वरिपरिको क्षेत्रमा पठाइएको सूचना अर्थहीन हुन्छन्। यो प्रणालीका हरेक चरणमा थोरै समय लाग्ने हुनाले भूकम्पको केन्द्रविन्दु नजिकको क्षेत्रमा तरंग आउनु अगाडि संदेश पठाउन सकिँदैन र त्यस्ता क्षेत्रलाइ 'ब्लाइन्ड जोन' भनिन्छ।

(भूकम्प विज्ञानमा पीएचडी गरेका सुवेदी हाल स्विजरल्याण्डको लुजान विश्वविद्यालयमा पोष्ट डक्टरल फेलोको रुपमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्