• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भन्सार प्रमुखको बयान: ९ किलो सुन लुकाइएको भेप छुटाउन राहुल महराले पटक–पटक दबाब दिए

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०८०  १२:५९
1140x725

काठमाडौं– विद्युतीय चुरोट (भेप)मा लुकाएर भएको सुन तस्करी प्रकरणको अर्को (पुरक) अभियोग पनि अदालत टेकेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

दायर मुद्दामा नेपालको समेत नागरिकता भएका भनिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको छ। यस्तै, दावाका सवारी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियारका रुपमा अभियुक्त बनाइएको छ। राहुल महरा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्। 

भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको संलग्नताको पनि ‘प्रमाण’ देखिएको विषय सार्वजनिक भएको थियो। तर सरकारी वकिलले पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाएन।   

भेपमा लुकाएर ल्याएको सुन तस्करीको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेलको पनि बयान लिएको थियो। बयानका क्रममा तत्कालीन भन्सार प्रमुख पोखरेलले सुन लुकाएर ल्याइएको भेप रहेको सुटकेस छुटाउन राहुल महराले आफूलाई पटक पटक दबाब दिएको बताएका छन्। साथै उक्त विषयमा पूर्व सभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पनि आफूलाई फोन गरेको पोखरेलको बयान छ। 

राहुल महराले उक्त भेप लिलामी गरिदिन र उक्त लिलामी आफूहरुकै समुहलाई मिलाइदिन भनेर पटक–पटक फोन गर्ने र कार्यालयमा समेत आएर दबाब दिने गरेको पनि पोखरेलले बयानमा बताएका छन्। पूर्व सभामुख महराले पनि फोन गरेर आफ्नो छोरा राहुल भेट्न आउने र उनले भनेअनुसार सहयोग गरिदिन भनेर भनेको पोखरेलले उल्लेख गरेका छन्। 

‘कृष्ण बहादुर महराले  मोबाइल नम्बर ९८५१२२४०५५ बाट फोन गरी मेरो छोरा राहुल महरा आउँछ। के रहेछ हेरीदिनु, सहयोग गरिदिनु भनि भनेका थिए,’ पोखरेलले बयानमा भनेका छन्, ‘राहुल महराले मेरो मोबाइल नम्बर ९८४१२९५४१३ मा एसएमएस गरी म राहुल महरा हो। भेटेर कुरा गर्नु छ भनि म्यासेज पठाएको थियो।’ 

विद्युतीय चुरोट (भेप) दाखिला भएपछि नियमानुसार लिलाम वा नष्ट गर्ने प्रकृया अगाडि बढिरहेको अबस्थामा विभिन्न व्यक्तिहरु मालबस्तु लिलाम प्रकृया अगाडि बढाइदिइ आफूलाई नै सकार गराइदिने बाताबरण बनाइदिनु भनि आफू लगायत कार्यालयका निमित्त प्रमुख बिष्णु प्रसाद पौडेललाई समेत भनेको पोखरेलले बयानमा उल्लेख गरेका  छन्।  

‘म सँग पहिले चिनजान नभएको, आफूलाई राहुल महरा भनि चिनाउने व्यक्ति मेरो कार्यालयको कार्यकक्षमा आइ, भेटी सो ईलेक्ट्रिक सिगरेटको चाँडो लिलाम गरी मेरो समुहलाई नै दिलाइदिनु भनेका थिए,’ पोखरेले बयानमा भनेका छन्, ‘पटक–पटक गरी ६/७ पटक सोही बिषयलाई लिएर कार्यालयमा दवाब दिन आउने क्रममा एक दिन निज राहुल महरा ३ जनासहित सोही विषयमा कुरा गर्न आउँदा कुरा गर्ने क्रममा नाम थर समेत थाहा नभएका अन्दाजी ५५ वर्षको, मोटो शरीर भएको, उचाइ ५.७ फिट भएको मंगोलियन जस्तो देखिने व्यक्तिले जफत भएको माल बस्तु रहेको सुटकेस हेर्नको लागि अनुरोध गरेका थिए।’ 

Ncell 2
Ncell 2
nimb
nimb

‘गोदाममा रहेको मालबस्तु किन हेर्नु पर्‍यो, तपाईंहरु पटक–पटक किन यो कामको लागि आउनुभएको?’  भनेर आफूले भनेको उनले बयानमा उल्लेख गरेका छन्। 

‘सुटकेशमा कुनै शंकास्पद मालबस्तु रहेको छ कि! यसमा प्रहरीले समेत अनुसन्धान गर्ने कुरा रहेको छ कि भनेर शंका लागेको र पटक पटक दबाब दिनुको नियत बुझ्न पनि प्रहरीलाई अनुरोध गरेको थिएँ,’ उनले बयानमा भनेका छन्, ‘आयोजनाको लागि ईलेक्ट्रिक सिगरेट  चाहिने भए बजारमा अरु पनि ईलेक्ट्रिक सिगरेट पाउन सकिने भन्दा निजले होईन यो जफत भएको ईलेक्ट्रिक सिगरेट नै चाहिन्छ भनि जवाफ समेत दिएको थिए। सोपश्चात कुनै खास ईलेक्ट्रिक सिगरेटको लागि उनीहरुको अत्यधिक चासो अस्वाभाविक लागेको थियो।’ 

त्यसपछि सो मालबस्तुको सम्बन्धमा थप छानबिन गर्ने क्रममा गोदाममा रहेको ईलेक्ट्रिक सिगरेट साटिएको अबस्थामा फेला परेको पोखरेलले बयानमा बताएका छन्। ईलेक्ट्रिक सिगरेट साटिएको अवस्थामा फेला परेपछि विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएकोले  र तत्कालै प्रमुख भन्सार प्रशासकको हैसियतले थप अनुसन्धान कारबाहीको लागि सीआईबीलाई पत्राचार गरेको पोखरेलले बयानमा बताएका छन्। 

फ्लाई दुबईको जहाजमार्फत् गत पुस १० गते चिनियाँ नागरिक लि ह्यानसङ्गले सुटकेशमा लुकाएर भेपभित्र सुन ल्याएका थिए। सुनले भरिएको उक्त सुटकेश संकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो।

Xtrem

Xtrem

भन्सारले पासपोर्टसमेत लिएर चिनियाँ नागरिक होसाङलाई छाडेको थियो। भोलिपल्टै चिनियाँ नागरिक होसाङले आफ्नो पासपोर्ट फिर्ता लिएर उनी स्वदेश फर्किका थिए।  

होसाङबाट बरामद भएका २ वटा सुटकेश आगमन कक्ष छेउकै कुनामा थिए। पछि उक्त सुटकेशभित्र भेपको रुपमा सुन रहेको खुलेपछि त्यहाँबाट गायव पारेर बेचिएको खुलेको थियो।

यो प्रकरणमा यसअघि नै सीआईबीले विमानस्थल भन्सारका नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ काठमाडौंको न्यूरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्की, पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो। उनीहरु पुर्पक्षमा अहिले कारागारमा छन्।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्