• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

टोकियो टिपोट: लिंकमा चलेको देशबाट लिकमा चलेको देशमा !

64x64
डिबी खड्का बिहीबार, असोज १८, २०८०  ०७:०२
1140x725

गैरआवासीय नेपाली संघ ग्लोबल हेल्थ कमिटीले आयोजना गरेको पाँचौ नेपाली हेल्थ कन्फरेन्समा सहभागी हुन दुई साताअघि जापानको टोकियो पुगेको थिएँ। त्यहाँ मैले पूरापूर एक साता बिताएँ। त्यसक्रममा घुम्नुका साथै जापानमा बस्ने नेपालीहरुको स्वास्थ्य अवस्था नियालेँ। म सहभागी भएको कन्फरेन्सको मुख्य थिम ‘आप्रवासीहरुको स्वास्थ्य’ थियो। जुन विषयको ‘रिपोर्ट’ आगामी स्वास्थ्य खबरपत्रिकामा पढ्न सक्नु हुनेछ। अहिले भने त्यहाँ घुम्ने क्रममा टिपिएका केही घटना र त्यससँग जोडिएका भावना यहाँ ‘टोकियो टिपोट’मा रुपमा प्रस्तुत गरेको छु।

प्रेम र बफादारिता सदैव पूज्य
मान्छेले मान्छेसँग गर्ने निस्वार्थ प्रेमसमेत दुर्लभ हुँदै गएको समयमा बाँचिरहेका छौं हामी। ‘मरेपछि …’ भन्ने जस्तो निच उखानलाई हामीले लोकप्रिय बनायौँ। जातीय विभेद मात्रै होइन, विद्वेष समेत पैलाउने भएकाले उक्त उखान वर्जित हुँदै गएको छ, तर अर्थका रुपमा आदर्श त्यही हो। मृत्युपछि ‘जति दुत्कारे पनि केही छैन…’ भन्ने सोचले जीवन पनि गर्व गर्नलायक बन्दैन।

बफादार र इमानदारको ‘युग’ नभएको भन्दै समयलाई दोष दिएर आफूलाई दलदलभित्रको ओभाउने बनाउने प्रवृत्ति छ। परिवेशजन्य कारणले ‘प्रेम र बफादारिता’ आफैं भित्रबाट पनि लोपोन्मुख अवस्थामा रहेका बेला पुगिएछ जापानको शिवुया स्टेशन। मलाई त्यो क्षेत्रमा घुमाउन लगेका मित्र माधव अधिकारीले त्यहाँ रहेको कुकरको प्रतिमाअघि उभ्याए र तस्बिर लिए।

हामी त्यो तस्बिरका लागि लाइन लागेर त्यहाँ पुगेका थियौँ। मलाई कुकुरको प्रतिमासँग उभिएर तस्बिर खिच्न उतिसारो रहर थिएन। उनले त्यसबारे विस्तृतमा फुर्सदमा बताउने उल्लेख गर्दै तस्बिर लिएर समयलाई यादगार बनाउन भने। आफ्नो बोलीमा ‘ह्युमर’ खोजीबस्ने उनले त्यसो भनेपछि मैले तस्बिर लिएँ।

DB_Khadka_Japan_Blog_21696403484.jpg

त्यसपछि उनले उक्त प्रतिमाबारे बेलिबिस्तार लगाए। हाचिको नामको कुकुरको प्रतिमा थियो त्यो। जो आफ्नो मालिकप्रतीको प्रेम र बफादारीका लागि निकै चर्चित रहेछ। कुरा बीसौं शताब्दीको सुरुवाततिरको रहेछ। जापानको टोकियो विश्वविद्यालयका प्रोफेसर इजाबुरो उएनोले सन् १९२० उक्त कुकुरलाई आफूसँग राखेका रहेछन्। उनीहरु दुईबीचको आत्मियता यसरी झाँगिएछ कि हाचिक हरेक दिन आफ्नो मालिकलाई छाड्न र लिन शिबुया रेल स्टेसन पुग्ने गर्थ्यो। पाँच वर्षपछि टोकियो विश्वविद्यालयमा गएकै समयमा प्रोफेसर उएनोको मृत्यु भयो। घर नल्याइ उनको सद्‌गद  गरियो।

तर मालिकप्रति अति बफादार कुकुर हाचिकोले मालिक फर्किने आशामा दैनिक शिबुया स्टेशनको चक्कर लगाइरह्यो। त्यो पनि करिब १० वर्ष, जबसम्म उसको मृत्यु भएन। त्यो समयमा उक्त कुकुरको मृत्यु जापानिज मिडियाको मुख्य समाचार बनेको रहेछ। उक्त कुकुरको सम्मानसहित दाहसंस्कार गरिनुका साथै प्रिय मालिक गाडिएको छेउमा गाडिएछ। त्यही स्मरणका लागि शिबुको स्टेशन नजिकै उक्त कुकुरको प्रतिमा बनाइयो। यति वृत्तान्त थाहा पाएपछि महसुस भयो- तस्बिर अर्थपूर्ण छ। त्यो एउटा कुकुरको प्रतिमा होइन, प्रेम र बफादारिताको देवताको मूर्ति थियो! प्रेम र बफादारिता सदा पूज्य हुन्छ।

‘लिंक’मा चलेको देशबाट ‘लिक’मा चलेको देश
जापान रेलवे सेवाका लागि विश्वचर्चित नै छ। उन्नाइसौं शताब्दीको उत्तरार्द्धदेखि सुरु भएको रेलवे सेवा आजपर्यन्त उत्तिकै लोकप्रिय छ। जापानीहरुको मुख्य सवारीको माध्यम नै रेल हो। रेल द्रूत सेवा, निश्चित समय र अनुशासनको प्रतीक जस्तो महसुस भयो मलाई।

Ncell 2
Ncell 2
nimb
nimb

रेलको सपना देखाएर, त्यसैको नाममा कार्यालय खोलेर कार्यकर्ता भर्तीकेन्द्र बनाइएको देशको नागरिक हुँ म। किनभने हाम्रो देश लिक (थिति)मा होइन, लिंक (चिनजान)मा चल्छ। प्रभावशाली व्यक्तिसँगको निकटता नै अवसरका लागि पहिलो योग्यता हो। जापान चाहिँ लिकमा चलेको देश रहेछ। लिकको अर्थ अनुशासन, थिति र सुव्यवस्था हो। लिकभन्दा बाहिरिँदा जसरी रेल दुर्घटनामा पर्छ,  त्यसरी नै देश थितिभन्दा बाहिर र मान्छे अनुशासनबाट बाहिर जाँदा दुर्घटनाग्रस्त हुन्छ।

DB_Khadka_Japan_Blog_31696403492.jpg

जापानको रेल सेवा हानेदा एअरपोर्टबाटै लिने अवसर जुर्‍यो। मित्र राजेन्द्र जमरकट्टेलले एअरपोर्टमा स्वागत गरेर रेल चढाइदिए। दुई स्टेशन पर कुनै बेलाको सहकर्मी अमर जिसी कुरिरहेका थिए। उनीसँगै म आफू बस्ने होटेल जाँदै थिएँ। बेलुकाको ६ बजेको समय थियो। हानेदा एअरपोर्टबाट सिन्जुकी जाने रेलमा यति भिड थियो कि अफिस टाइममा अनामनगर हुँदै गुज्रिने नेपाल यातायात सम्झायो। भीड मात्रै नेपाल यातायात जस्तो थियो, बाँकी सबै फरक। त्यति धेरै मान्छे भएको रेल शान्त। साथीसँग भए पनि अरुलाई डिस्टर्ब हुन्छ भनेर कुरा गर्दैनन्। फोन हातमा छन्, कसैले न फोन गर्छ, न आएको उठाउँछ। ‘रेलमा छु’ भनेर म्यासेज फर्कायो भने जरुरी नै छ भने म्यासेज गर्नुपर्ने रहेछ। सिट लिन मरिहत्ते होइन, छाड्न पो प्रतिष्पर्धा गर्दा रहेछन्! रेलको त्यो भीडमा आफूलाई यसरी उभ्याउँछन् कि सकेसम्म अरुको शरीरमा नछोइयोस्।

मलाई ७ दिन रेल यात्रा गर्दा लाग्यो- त्यहाँका मानिसहरुले आफ्नोभन्दा अरुको चिन्ता बढी गर्ने रहेछन्। अरुको चिन्ता आफूले गर्दा स्वत: अरुले आफ्नो चिन्ता गर्छन्। यही भावनाले बनेको रहेछ देश! हरेकले हरेकलाई सम्मान गर्दा सबैको सम्मान हुने नै भयो, तर हामी त आफूमात्रै सम्मान खोजीबस्छौं!

Xtrem

Xtrem

अब आफू रेल सेवा र परिवेशसँग अभ्यस्त नहुँदा अरुलाई परेको अप्ठ्यारो पनि राखिहालौँ। एकदिन मलाई एउटा साथीले रेल चढाएर सिन्जुकु स्टेशन झर्नु भन्यो। त्यहाँ रिसिभ गर्ने साथीले झरेको ठाउँबाट दायाँबायाँ नहुनु भन्यो। मैले त्यसै गरेँ। बस्ने ठाउँ नभएपछि खाली ठाउँमा उभिएर मोबाइल चलाउन थालेँ। जहाँ म उभिएको थिएँ, त्यो अर्को रेल चढ्ने ठाउँ रहेछ। रेल आयो। म व्यस्त नै थिएँ, हुल बढेपछि फर्केर हेरेको त मेरा पछाडि लाइन लागेको छ। अरुले ठानेछन्, यो पनि यही रेलमा जाने भएर उभिएको छ। लाजले रातोपिरो भएर छेउ लागेँ। रेल जाने बेला भइसकेकाले मेरो पछाडि लाइन लागेकामध्ये केहीले जान पाएनन्। मैले माफीको भाव दर्शाएँ। उनीहरुले हाँसेर ‘केही छैन’को भाव दर्शाए। यसो सोचें- नेपालमा भएको अघि नै अश्लिल गाली खाइसक्थेँ।

छिमेकी देशमै रेल छ। त्यो रेलको अनुभूति त्यति प्रिय छैन। त्यसैले जापानको रेल सेवाले प्रभावित पार्ने नै भयो। जापानको रेल हाम्रो जस्तो दुनियाँलाई गफ दिन परिकल्पना गरिएको रहेनछ। जापान पनि नेपाल जस्तै पेट्रोलियम पदार्थमा लगभग पूर्ण रूपमा निर्भर छ। त्यसैले पेट्रोलियम पदार्थबाट चल्ने यातायातका ठाउँमा रेलवे प्रणाली प्रबर्द्धन गर्‍यो  र  देशबाट बाहिरिने ठूलो मुद्रा बचत गर्‍यो । सम्पन्न बन्न आयको बढोत्तरी मात्रै होइन,  व्ययको कटौती भएको हामी ‘कन्जुस’ले कहिल्यै बुझेनौँ !

स्काइ ट्री: सहर नियाल्ने धरहरा होइन
टोकियोको बीचमा ६३४ मिटर अग्लो स्काइ ट्री छ। टोकियो पुग्नेहरु एकपल्ट त्यसको ४४५ मिटरसम्म चढेर सहरको अवलोकन गर्छन्। त्यहाँ पुग्नुअघि मलाई लागेको थियो- काठमाडौंको जस्तै धरहरा होला!

त्यहाँ पुगेपछि केही जानकारी लिनुपर्‍यो भनेर त्यसबारे उपलब्ध सामाग्रीबाट बुझ्ने कोसिस गरेँ। थाहा पाएँ, यो दृश्यावलोकनका लागि मात्रै बनाइएको धरहरा होइन रहेछ। यसको मुख्य उपयोगिता अर्कै छ। दृश्यावलोकन ‘बाइप्रोडक्ट’ हो। जुन टोकियोको पहिचान बनेको छ।

Tokyo_DB_Khadka_Japan_blog1696403493.jpg

स्काइ ट्री नामाकरण सन् २००८ जुन १० पछि मात्रै गरिएको रहेछ। नामको निर्णय मतदानबाट गरिएको रहेछ। त्यसअघि टोकियो टावरका रुपमा चिनिने गरेको थियो। जसको निर्माण सन् १९५८ मा भएको थियो। त्यसको उपयोग रेडियो र टेलिभिजनको सिग्नल टावरका रुपमा गरियो। जापानले प्रगति द्रुत गतिमा गर्दै गयो। अग्ला-अग्ला भवनहरुको संख्या बढ्यो। त्यसपछि यसको उचाइ पनि बढाउनुपर्ने आवश्यकता भएपछि सन् २००० मा ६०० मिटर अग्लो रेडियो टावर बनाउने योजना सुरु भयो।

सन् २००३ मा ६ वटा ठूला सार्वजनिक र निजी टिभी स्टेशनहरुले संयुक्त रुपमा यसको काम अघि बढाए। त्यसका लागि विभिन्न ठाउँ सूचीकरण गरिए। तर, अन्तिममा विभिन्न दृष्टिबाट यही ठाउँ उपयुक्त भयो। सन् २०१२ देखि यो दृश्यावलोकनका लागि खुलेको हो। जहाँ दैनिक हजारौंले ४४५ मिटरमा पुगेर दृश्यावलोकन गर्छन्।

दोहोरो उपयोगिता रहेको अग्लो टावर हेरिरहँदा नेपालमा पालिकापिच्छे बनेका फुच्चे टावरहरु आँखामा झल्‌झली आए। त्यस्ता टावर बनाउनेहरुको सोचको उचाइदेखि दया लाग्यो। यस्तै भुइँफुट्टा सोच भएकाहरु नीति निर्माणको तहमा पुगेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  देश त्याग्नेहरुको भिड बढ्दै गएको हो।

देश बदल्ने र देशै बदल्नेहरु
टोकियोमा मैले मेरा केही होनाहार मित्रहरु भेटेँ। उनीहरु आफ्नो जीवन चलाउने उपक्रममा त्यहाँ पुगेका हुन्। उनीहरुमध्ये एकसँग मैले विद्यार्थीकालमा संगत गरेको थिएँ, अर्कोसँग मैले सँगै काम गरेको थिएँ।

एउटा थिए, योगेन्द्र बोहोरा। जसलाई मैले कक्षा ११ पढ्दादेखि चिन्छु। हामी एउटै क्याम्पस पढेको मात्रै होइन, काठमाडौंमा एउटै घरमा डेरा लिएर बस्थ्यौँ। बझाङबाट पढ्न काठमाडौं आएका उनले देश बदल्ने सपना बोकेका थिए। उनको त्यो समयका कुरा सुन्दा कुनै दिन यसरी पराइ देशमा भेट होला भन्ने लागेको थिएन। नेतृत्व क्षमता समेत भएका उनले २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्ववियु सभापतिमा प्रतिस्पर्धा गरेका थिए। उनले जित्न सकेनन्,  त्यो प्राविधिक पाटो थियो।

DB_Khadka_Japan_Blog_11696403492.jpg

त्यसपछि मैले त्यो कलेज छाडेँ। उनले केही समय त्यहीँ पढे। पछि भेट-सम्पर्क भएन। एकैपटक १५ वर्षपछि जापानमा भेटेँ। अर्को भाइसाथी अमर जिसी। जसका बारेमा २०७९ तिर तत्कालीन नागरिक र शुक्रबार सम्पादक किशोर नेपालले भनेको अझै याद छ- ‘केटो होनाहार छ। टाठो छ। केही गर्छ। आजदेखि हाम्रो सहकर्मी भयो।’ कलिलो उमेरको एउटा प्रतिभाशाली भाइ हामीसँग जोडिएको केही समयमै स्टार रिपोर्टर भइसकेको थियो। रिपब्लिक मिडियाले वर्षभरिमा राम्रो गर्नेमध्ये एकजनालाई दिने पुरस्कारका लागि ऊ सिफारिस भएको थियो (पुरस्कार पायो कि पाएन, याद भएन)।

धेरै संयुक्त बाइलाइन छन्, उसँग मेरा। हामीले काठमाडौंका अनेक गल्ली चहारेका छौं। विदेश पठाउने कन्सल्ट्यान्सीको रिपोर्टिङ गर्न गएको ऊ,  आफैं विदेशिएछ। त्यसपछि यहीँ भेटेँ। दुवैजना पूरापूर बदलिएका रहेछन्। एउटाको राजनीति र अर्कोको  पत्रकारितामार्फत् देश बदल्ने जुन लक्ष्य थियो, त्यो त देश नै बदलिसकेपछि कहाँ बाँकी रहन्थ्यो र!  किशोरावयमा त्यही आदर्शबाट प्रेरित हामी आफैं उमेरमै लाहुर नपसेर ‘गलत पो गरिएछ कि!’ भन्ने ठाउँमा पुगेका छौँ।

उनीहरु प्रतिनिधि हुन्। जापानमा पुगेका १ लाख ४० हजार नेपालीमध्ये धेरै होनाहार जनशक्ति हुन्। विश्वका विभिन्न देशमा रहेका ८० लाखमध्ये धेरै यो देशमा केही गर्न नसकेर होइन, यो देशले उनीहरुको योग्यता र क्षमताअनुसार केही गराउन नसकेर त्यहाँ पुगेका हुन्। उनीहरु त्यहाँ पुगेर रेमिट्यान्स पठाएर देशलाई राम्रै गरिरहेका छन्। डरलाग्दो कुरा के हो भने देश बदल्न सक्ने दिमाग भएकाहरुले देश नै बदलिरहेका छन्!

जापानी जो पनि तन्दुरुस्त!
जापानमा मलाई आतिथ्य सत्कार गर्ने एकजना भाइ बेलुकी ८ बजे कामबाट लखतरान हुँदै आइपुगे। भने- ‘दाइ बुढोले आज गलाउनु गलायो।’ उनले भनेको बुढो ७२ वर्षका एक जापानी रहेछन्। जो उनीसँगै काम गर्छन्। दुईजना मिलेर केही काम गर्नु थियो। ती बुढो जापानी थकाइ समेत नमारी निरन्तर काममा लागेपछि ती भाइ पनि सक्रिय रहनैपर्‍यो।

नेपालमा ७२ वर्षको उमेरकाबाट त्यस्तो अपेक्षा नगरेका हामी उनको भनाइ कसरी पत्याउँथ्यौँ। तर जापानमा यो उमेरमा यसरी सक्रिय रहनु आम कुरा हो। यहाँ उमेरले १०० वर्ष नाघेकाको जनसंख्या नै १ लाख पुग्न थालेको छ। पछिल्लो गणनाअनुसार ९२ हजार १३९ जापानी १०० वर्षभन्दा बढी उमेरका छन्। औसत आयु नै ८५ वर्षको हाराहारीमा छ। भेटिएका र देखिएका जापानीको मुख्य विशेषता पेटविहीन! जापानमा कसैको पुक्क पेट देख्यो कि नेपाली  वा भारतीय भन्ने बुझे हुन्छ!

Tokyo_DB_Khadka_Japan_blog_31696403494.jpg

जापानी स्वस्थ हुनुको कारण अनेक छन्। त्यसमध्ये मुख्य उनीहरुको एक्सरसाइज र कामप्रतिको लगाव रहेको त्यहीँ लामो समय बिताएका डाक्टरहरुसँग कुरा गरेपछि थाहा भयो। जापानको नागोया केन्द्रीय अस्पताल स्नायु शल्याचिकित्सा विभागमा चिफ सर्जनका रुपमा कार्यरत डा लुशुन चालिसे र जापानको टोकियोस्थित सेन्ट ल्युक इन्टरनेशनल युनिभर्सिटीबाट जनस्वास्थ्यमा विद्यावारिधी गरेकी डा एलिजा केसी भण्डारीसँग मैले यस सन्दर्भमा पनि कुरा गरेको थिएँ (विस्तृत अन्तरवार्ता आगामी स्वास्थ्य खबरपत्रिकामा)।

जापानको शिक्षा प्रणालीले नै स्वास्थ्यमा जोड दिने उनीहरुले बताए। खेलकुदमा सक्रिय हुने, स्वस्थ आहारबिहार गर्ने कुरा विद्यार्थीकालमै पढाइ हुने रहेछ।  बच्चा बेलादेखि नै पोषणको महत्त्वदेखि लिएर शारीरिक अभ्यासको कुरा सिकाइन्छ। उनका अनुसार ‘स्वस्थ भएन भने केही पनि हुँदैन है’ भन्ने संस्कृति नै विकास गरिएको छ। त्यसले स्वास्थ्यप्रति सचेत छन्। फिट रहने यहाँ प्रणालीभन्दा पनि संस्कृति रहेको उनीहरुको बुझाइ छ । ठा लुशुनका अनुसार जापानमा मोटोलाई खिसीट्युरी गरिन्छ। जस्तो नेपालमा दुब्लो भयो भने ‘खान नपाएजस्तो,  मरिन्च्याँसे, भोकमरी’ भनेर खिसीट्युरी गरिन्छ। शारीरिक अभ्यास गरेको विषयलाई उनीहरु गर्वका साथ भन्छन्।

खानपानमा जापानी असाध्यै अनुशासित हुँदा रहेछन्। पेटको पाँच मागमा ४ भाग भरिएपछि उनीहरु खान छाडिदिन्छन्। जबकि हामी पेट अघाएर आँखा नअघाएको भन्दै थपिरहन्छौँ। उनीहरुको खानपानमा सागपात बढी छ र धेरै खाना ब्वाइल गरेको खान्छन्।

जापानमा चिया पिउने संस्कृति छ। तर नेपालको जस्तो दूध र चिनी हालेको होइन। उनीहरु जौं-गौंको पातदेखि अनेकौं कुराको चिया बनाउने रहेछन्। चपस्टिकले खाने उनीहरुको खाना खाने भाँडो सानो देखिन्छ। त्यस्तै जापान विश्वको सबैभन्दा सफा देशमध्ये एक हो। उनीहरु व्यक्तिगत तथा वातावरणीय सफाइमा साह्रै ध्यान पुर्‍याउँछन्।

Tokyo_DB_Khadka_Japan_blog_21696403493.jpg

जापान विश्वकै राम्रो स्वास्थ्य प्रणाली भएको देश हो । त्यसले पनि उनीहरुको स्वास्थ्य चुस्त-दुरुस्त राख्न मद्दत पुगेको छ । तर त्यही देशमा नेपाली छन्। केही नेपाली जापानी संस्कृतिमा अभ्यस्त बनेका छन्। तर धेरैले त्यहाँ पनि ‘मिनी नेपाल’ बनाएर बसेका छन्। पुक्क पेट लगाएर सिन-ओकुबोतिर लखर-लखर गरिरहेका हुन्छन्!

देश पुगिएछ लौ !
र,  देश पुगिएछ । आफ्नै देश पुगेको थाहा पाउन प्लेनका क्रुमेम्बरले अँग्रेजीमा ‘अबको केहीबेरमै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदैछौं’ भनेको सुनिबस्न पर्दैन।

छोटै समयका लागि भएपनि परदेशिँदा माया गर्ने आफन्त,  सुखदु:खमा साथ दिने साथीहरु र अन्य धेरैथोक यतै छुटेका हुन्छन्। आफूलाई बाहिर कुरिबसेका आफन्त र साथीभाइलाई गम्लङ्ग अंगालो हाल्न हतार भइहाल्छ। राति साढे ९ बजे विमान अवतरण भएको थियो। आधा घन्टामा कसो बाहिर ननिस्किएला भन्ने लागेर लिन आउनेलाई चाँडै बोलाइयो। तर, म बाहिरिँदा साढे ११ बजेको थियो।

त्यसक्रममा देशै सम्झाउनेगरी झेलेको भनेको लगेजहरु घुमाइबस्ने र्‍याम्प हो। एकछिन झ्याप्प लाइन जाँदा रोकिएको त्यो झन्डै ४५ मिनेटदेखि १ घन्टासम्म बनेन। कुनैबेला एकजना परराष्ट्रमन्त्रीका सल्लाहकार रहेका मैले चिनेका एकजना विदेशी पाहुना कुरिबसेका थिए त्यहीँ। र्‍याम्प बिग्रिएको कुरा समेत त्यत्रो लामो समयसम्म नबनेपछि विदेशीले त सोध्ने नै भए- के भइरहेको छ! उनको छटपटी मैले महसुस गरिरहेको थिएँ । ७ दिन सुव्यवस्था महसुस गरेको मलाई त लाग्नै नै भयो- देश पुगिएछ लौ!

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्