• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन २५, २०८२ Mon, Mar 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

६० किलो सुन तस्करीको मुद्दामा थुनछेक बहस: प्रतिवादी सबैलाई थुनामा पठाउन सरकारी वकिलको माग

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०८०  २०:१९
1140x725

काठमाडौं– मोटरसाइकलको ब्रेक प्याडको रुपमा भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास गराइसकेको अवस्थामा बरामद भएको ६० किलो बढीको सुन तस्करी प्रकरणको मुद्दामा थुनछेक बहस सुरु भएको छ। काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरुको बयान सकिएपछि बुधबारदेखि थुनछेक बहस सुरु भएको हो। 

अदालतले मुद्दाको पुर्पक्षका लागि प्रतिवादीहरुलाई तारेख, धरौटी वा थुनामा राख्ने भन्नेबारे निर्णय सुनाउनका लागि भएको बहसमा पहिलो दिन सरकारी पक्षले आफ्ना दाबीहरु पेस गरेको छ। 

बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट ५ जना सह–न्यायाधिवक्ताहरुले बहस गरेका थिए। उनीहरुले अभियोगको बचाउ गर्दै पक्राउ परेर अभियोगपत्रसँगै पेस भएका सबै आरोपीलाई धरौटी वा तारेखमा रिहा गर्न नमिल्ने भएकाले पुर्पक्षका लागि थुनामा पठाउन माग गरे। 

पक्राउ परेका व्यक्तिहरु नेपाली मात्र नभइ विदेशी नागरिक समेत भएको र एकभन्दा धेरै अभियोगका साथै संगठित अपराध समेतको दाबी लिइएकाले उनीहरुलाई पुर्पक्षका लागि थुनामै पठाएर मुद्दाको किनारा गरिनुपर्ने दाबी सरकारी पक्षले गरेको छ। ठूलो मात्रामा सुन तस्करी भएको अनुसन्धानमा देखिएको र अझै पनि सुन तस्करी प्रकरणको अनुसन्धान चलिरहेकाले उनीहरुलाई थुनामै राख्नुपर्ने सरकारी वकिलहरुले तर्क गरे।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा  भएको बहसमा सरकारी वकिलहरुले आरोपीहरु विदेशी र नेपाली नागरिक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरे। 

Ncell 2
Ncell 2

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार सरकारी पक्षको बहस बुधबार नै सकिएको छ। बिहीबारदेखि प्रतिवादीका कानुन व्यवसायीहरुले प्रतिरक्षामा बहस गर्नेछन्। प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी पक्षले पुन: जवाफी बहस गर्नेछ।  

साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गेट बाहिर एउटा ट्याक्सीलाई नियन्त्रणमा लिएर ब्रेक प्याडका रुपमा तस्करी गरी ल्याइएको सुन बरामद गरेको थियो। ब्रेक प्याडका स्वरुपमा बरामद भएको सुन पगालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो। 

सुरुवमा राजस्व अनुसन्धान विभागले नै उक्त तस्करी प्रकरणको अनुसन्धान गरे पनि पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको थियो। सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो। 

अभियोगपत्रसँगै प्रतिवादीका रुपमा पेस भएका चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङक, तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङको पनि बयान जिल्ला अदालतले भाषा अनुवादक राखेर लिएको थियो। त्यस्तै, अन्य प्रतिवादीहरुसँग पनि बयान लिएर थुनछेक बहस सुरु गरिएको हो। 

अदालती बयानमा अधिकांशले आरोप अस्वीकार गरेका छन्।  

राजस्व अनुसन्धान विभाग तथा सीआईबीले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो। अदालतमा पेस भएका २६ जना प्रतिवादीको विपक्ष र प्रतिरक्षमा बहस हुने भएकाले थुनछेकको आदेश सुनाउन १ साताभन्दा बढीको समय लाग्ने अदालतको आकलन छ। 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोदीसँग रवि र बालेनको फोन संवाद: मिलेर काम गर्ने भारतको प्रतिबद्धता
विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
मोदीसँग रवि र बालेनको फोन संवाद: मिलेर काम गर्ने भारतको प्रतिबद्धता सोमबार, फागुन २५, २०८२
विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा सोमबार, फागुन २५, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्