• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कतारमा रहेका नेपालीलाई मताधिकार : कागलाई बेल पाक्यो हर्ष न विस्मात्

64x64
नेपाल लाइभ शनिबार, भदौ २३, २०७५  ०७:०२
1140x725

हालै सर्वोच्च अदालतले एउटा आदेश जारी गर्‍यो। आदेशमा भनिएको छ, ‘विदेशमा रहेका नेपालीको मतदान अधिकार सुरक्षित गर्नू।’ सरकारले सर्वोच्चको यो आदेश कार्यान्वयन सक्ला? अहिले धेरैमा जिज्ञासा छ। 

सबैभन्दा धेरै नेपाली रहेको क्षेत्र÷देश मध्यपूर्व र मलेसिया नै हो । मध्यपूर्वी देशमा नेपालीहरुलाई मतदानको हक प्रयोग गर्न के–कस्ता जटिलता छन् ? मताधिकार पाइयो भनेर खुसी हुँदै नाँच्नुअघि परदेशीले यसमा ध्यान दिनुपर्छ ।

हरेक नागरिकको मताधिकार बराबर मानेको छ संविधानले । करोडपतिको पनि एक भोट नै हो र गरिबको पनि एक भोट नै हो । भोटको भार बराबर भएको कारण मतको अधिकार पनि बराबर हुनुपर्दछ त्यसमा दुईमत छैन । तर मध्यपूर्वी देश अर्थात् अहिले म रहेको कतारको हकमा आर्थिक र ओहोदाको हैसियतले पनि मताधिकार सुनिश्चित हुने वा नहुनेमा अर्थ राख्छ ।

सामान्य दृष्टिले भन्ने हो भने कतारमा राजनीति र मतदान त्यति रुचाइँदैन । यस्तो मुलुकमा विदेशी नागरिकलाई खुल्लमखुला मतदान गर्न यहाँको सरकारले अनुमति दिइहाल्ने अवस्था अहिले नै देखिंदैन।

त्यसमाथि कतारमा आप्रवासीहरुलाई समूह बनाएर घुम्न, छलफल गर्न र राजनीतिक गतिविधि गर्न कानुनी रुपमै वर्जित गरिएको छ। त्यसैले नेपालको ‘राष्ट्रिय निर्वाचन’ को बुथ स्थापना गरेर मत संकलन गर्ने कार्य सजिलो पक्कै छैन र हुने पनि देखिंदैन।

नयाँ प्रविधिको मतदान प्रक्रिया अर्थात् अनलाइन भोटिङ प्रणाली अपनाएर कतारमा रहेका नेपालीलाई मतदातमा सामेल गराउन सकिएला ? कतारमा रहेका हरेक नेपालीको डाटा संकलन गरेर मोबाइल एप्सबाटै मतदान गर्ने व्यवस्था मिलाउन कति सम्भव होला ?

निवासदेखि कार्यक्षेत्र र कार्यक्षेत्रदेखि निवास बाहेक उनीहरु बाहिर निस्कने भनेको बिरामी हुँदा मात्र हो । बिरामी भइहाले पनि आफूखुसी अस्पताल जाने खुबी नभएका मजदुरहरु कसरी आइपुग्लान् मतदान गर्ने बुथसम्म? 

वा, कतारमा रहेका नेपालीहरु परम्परागत मतदान प्रक्रियामा सहभागी हुन सक्लान् ? अहिलेको मुख्य मुद्दा यही हो । 

Ncell 2
Ncell 2
nimb
nimb

कतारमा मतदानको लागि बुथ स्थापना गरियो भने र यहाँ रहेका नेपालीको संख्या ५ लाख मात्र मान्ने हो भने पनि ७० प्रतिशत खस्दा ३ लाख पचास हजार मत खस्नुपर्छ। यहाँ रहेका अधिकांश नेपाली सचेत मतदाता हुन्। उनीहरुको उमेर २० देखि ४० हुन्छ। यो हिसाबले त ९० प्रतिशत भोट नै खस्ला जस्तो लाग्छ। 

तर, यो मत संकलन सहज छैन। यहाँ अधिकांश नेपाली मजदुरी गर्न आएका छन्। तीमध्ये अधिकांश मजदुर कतारका दूरदराजका कमसल वस्तीहरुमा बसोबास गर्छन्। त्यो स्थानसम्म न सार्वजानिक यातायातको व्यवस्था हुन्छ, न ट्याक्सीको विकल्प नै । त्यो वस्ती भनेको कम्पनीहरुको आधार शिविर हो । त्यहाँबाट कम्पनीले नै मजदुरहरुलाई कार्यक्षेत्रसम्म पुर्‍याउँछ र काम सकिएपछि फेरि बासस्थानसम्म पु¥याइदिन्छ। नेपाली मजदुरका लागि ती वस्तीहरु नै एउटा संसार हुन्। एकजना मजदुरलाई आवश्यक पर्ने लगभग सबै न्यूनतम वस्तुहरु त्यहीं छेउछाउमै उपलब्ध हुन्छन्। त्यो स्थितिका मजदुरहरु वस्तीबाट शहरसम्म पनि बिरलै आएका हुन्छन्। निवासदेखि कार्यक्षेत्र र कार्यक्षेत्रदेखि निवास बाहेक उनीहरु बाहिर निस्कने भनेको बिरामी हुँदा मात्र हो । बिरामी भइहाले पनि आफूखुसी अस्पताल जाने खुबी नभएका मजदुरहरु कसरी आइपुग्लान् मतदान गर्ने बुथसम्म? 

अधिकांश नेपाली ‘थर्ड पार्टी’ कम्पनीहरुमा कार्यरत छन् । यो आंकडा ९९ प्रतिशत होला । केही मात्र नेपाली छन्, जो आफ्नो व्यवसाय गर्छन् अथवा ठूला कम्पनीका कर्मचारी छन् । ठूला कम्पनीका कर्मचारीहरु, व्यवसायीहरु र आफैं गाडी हाँक्न सक्ने नेपालीलाई मतदानमा उपस्थित हुन गाह्रो छैन तर जो ‘थर्ड पार्टी’ को स्टाफको रुपमा अन्य बाहिरका कम्पनीमा कार्यरत छन्, उनीहरुको काममा अनुपस्थिति (गयल)को कल्पना नै गरिएको हुँदैन। 

कतार सानो मुलुक भएको कारण कुनै पनि ठाउँबाट एक दुई घण्टामा दूतावास पुग्न सकिन्छ तर साउदी अरब जस्ता ठूला मुलुकमा हजारौं किलोमिटर टाढा रहेका मतदाताहरुले कसरी दूतावास पुगेर मतदान गर्लान् ? त्यो सम्भावना भन्दा बाहिरको कुरा हो।

Xtrem

Xtrem

थर्ड पार्टीले सप्लाई गर्ने कर्मचारी गयल हुनु भनेको एक किसिमको अपराध नै मानिन्छ । सिकिस्त बिरामी भएको मात्र नभई मान्छे मरेकै अवस्थामा पनि कम्पनीहरुले ‘गयल’ हुन दिंदैनन । एकजना नभए विकल्पमा सट्टाभर्ना हुनै पर्दछ। किनकि गयल भएको अवस्थामा कारबाही हुने भन्ने कुरा दुईपक्षीय सम्झौतामा स्पष्टसँग किटान गरिएको हुन्छ। गयल भएको अवस्थामा कारण हेरिंदैन कागजमा लेखिएको बुँदा आकर्षित हुन्छ र त्यसको सोझो असर भुक्तानीमा पर्ने गर्दछ । कुनै एउटा कर्मचारीको अनुपस्थितिले भुक्तानी कट्टा हुनु कुनै कम्पनीको लागि पनि सह्य हुँदैन । त्यसैले गयल हुने कर्मचारीको तलब मात्र काटिंदैन स्रोत कम्पनीले कति भुक्तानी काटेको हो । त्यो सबै त्यही गयल हुने कर्मचारीको तलबबाट सोधभर्ना गरिन्छ।

अब विचार गरौं, एक हजार तलब भएको कुनै मजदुर गयल हुँदा उसको एक सय हाराहारी तलब कट्टा हुने सम्भावना रहन्छ। त्यसमाथि यो देशभरि कार्यरत सबै नेपाली मजदुरहरु एकैपटक गयल हुन सम्भव होला त ? यदि यो सम्भव छैन भने सफाइ कर्मचारी, सुरक्षाकर्मी, चियापान गराउने कर्मचारी अनि मर्मत सम्भार गर्ने कर्मचारी (हाउस किपिङ), अफिस ब्वाई (टिब्वाई, सेक्युरिटी र मेन्टिनेन्स स्टाफ) अधिकांश नेपाली हुन्छन्। उनीहरुबिना यहाँ कार्यालय खोल्नु असम्भव जस्तै हुन्छ । एउटा एसीले एकछिन काम गरेन भने कार्यालय बन्द गर्नुपर्ने अवस्था हुन्छ । सुरक्षाकर्मीबिनाको परिकल्पना त झन् परको कुरा भयो। सफाई कर्मचारीहरु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छन्। एकजनाले प्रयोग गरेको शौचालय सफा नगरी अर्काले प्रयोग नगर्ने ठूला कर्पोरेट कार्यालयमा सफाई कर्मचारी अत्यावश्यक सेवा हो भन्ने मान्यता रहेका कारण कतार सरकारले नै देशव्यापी बिदा घोषणा नगरेसम्म एउटा साधारण मजदुरले मतदानको लागि बिदा पाउला भनेर कल्पना गर्न सकिंदैन। 

साधारणतया सोच्दा दूतावासमा मत संकलन गर्न बुथ स्थापना गर्ने अनि नेपालीहरु त्यहीं गएर मतदान गर्ने किसिमको परिकल्पना गरिएको हो भने पनि त्यसका धेरै अप्ठ्याराहरु छन्।

ठूलो जनशक्ति परिचालन गरेर हरेक आधार शिविरमा मतपेटिका राखेर मत संकलन गर्ने सरकारको सोच भए पनि त्यो सम्भावना देखिंदैन। किनकि कतिपय औद्योगिक क्षेत्रहरु कस्ता छन् भने खासगरी ग्याँस भण्डार रहेका औद्योगिक सहरभित्र कोही पनि प्रवेश गर्न पाउँदैन ।

नेपाली दूतावासमा हुने गैरआवासीय नेपाली संघ ‘एनआरएन’ को निर्वाचनमा भाँडोभैलो  देखेका यी आँखाले राष्ट्रिय निर्वाचनको बुथ कतारमा स्थापना भएको कल्पना मात्रै गर्न पनि सकिरहेका छैनन्। हजार १५ सय मत खस्ने सानो निर्वाचनमा देखिएको अस्तव्यस्तता हेर्दा दूतावासले पाँच लाख मत संकलन गर्ला भनेर कल्पना गर्न सकिंदैन । कतार सानो मुलुक भएको कारण कुनै पनि ठाउँबाट एक दुई घण्टामा दूतावास पुग्न सकिन्छ तर साउदी अरब जस्ता ठूला मुलुकमा हजारौं किलोमिटर टाढा रहेका मतदाताहरुले कसरी दूतावास पुगेर मतदान गर्लान् ? त्यो सम्भावना भन्दा बाहिरको कुरा हो।

कतार सरकारको पूरा सहयोग भएमा अथवा सम्पूर्ण रुपमा यो देशलाई बन्द गरेर उनीहरुले आफ्ना कर्मचारी नेपालको राष्ट्रिय निर्वाचनमा लगाएको अवस्थामा बाहेक कतारमा मजदुरको मत संकलन गर्नु निकै जटिल कार्य हो । ठूलो जनशक्ति परिचालन गरेर हरेक आधार शिविरमा मतपेटिका राखेर मत संकलन गर्ने सरकारको सोच भए पनि त्यो सम्भावना देखिंदैन। किनकि कतिपय औद्योगिक क्षेत्रहरु कस्ता छन् भने खासगरी ग्याँस भण्डार रहेका औद्योगिक सहरभित्र कोही पनि प्रवेश गर्न पाउँदैन। नेपाली मजदुरहरु पचासौं हजारको संख्यामा रास्लाफान इण्डष्ट्रियल सिटी र त्यस्तै अन्य ग्याँस उत्पादन हुने क्षेत्रमा कार्यरत छन्। ती क्षेत्रभित्र न कोही जान सम्भव छ, न त्यहाँबाट सजिलै कोही बाहिर आएर फेरि भित्र जान सम्भव छ। त्यसैले त्यस्ता अप्ठ्यारा र अत्याधिक सुरक्षा जोखिम रहेका स्थानमा कार्यरत मजदुरको मत संकलन गर्नु भनेको बघिनीको दूध दुहुनुसरह नै मान्नु पर्दछ। 

सर्वोच्च अदालतले दिएको आदेश फगत आदेश मात्र नभएर कार्यान्वयन हुनैपर्ने बाध्यकारी परमादेश हो। त्यो आदेश अदालतले कुनै देशको भौगोलिक अवस्थिति र सामाजिक जटिलता अध्ययन गरेर दियो? यो आदेशबाट आफूलाई मताधिकार दिएकोमा परदेशी रोमाञ्चित छन्। तर, यथार्थमा यो ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भन्ने उखान हो यहाँका लागि।  

(कतार निवासी पंगेनी सामाजिक सरोकारका विषयमा कलम चलाउँछन्।)
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्