• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

ग्लोबल नेपाली हेल्थ कन्फरेन्स: प्रवासीहरुको स्वास्थ्यलाई लिएर २० बुँदे टोकियो घोषणापत्र जारी

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०८०  १६:४०
1140x725

टोकियो– प्रवासीहरुको स्वास्थ्यलाई लिएर २० बुँदे टोकियो घोषणा पत्र जारी भएको छ। जापानको टोकियोमा यही सेप्टेम्बर १५ देखि १७ सम्म उक्त कन्फरेन्स भएको थियो। ‘प्रवासीहरुको स्वास्थ्य चासो, स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच’ विषयमा भएको ३ दिने सम्मेलनपछि घोषणा पत्र जारी गरिएको हो।

घोषणापत्रमा स्वास्थ्य विश्वव्यापी मानव अधिकारको रूपमा व्यक्ति, समुदाय, राज्य र राष्ट्रहरूको प्राथमिकतामा पर्ने उल्लेख छ। विश्वभरिका स्वास्थ्य सूचना र सेवाहरूको पहुँचमा कुनै पनि नेपाली पछाडि नरहने कुरा सुनिश्चित गर्ने भनिएको छ। 

घोषणापत्रको बुँदा नम्बर २ मा  छ, ‘नेपाली बसोबास गर्ने, अध्ययन गर्ने वा काम गर्ने देशका सरकारहरूलाई हामी (नेपाली) आप्रवासीहरूका लागि आधारभूत विश्वव्यापी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आह्वान गर्दछौं। हामी द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरू, संस्थाहरू र संघहरूलाई प्रवासीहरूको स्वास्थ्य आवश्यकताहरूलाई  पहिचान गर्न र सम्बोधन गर्न पनि आग्रह गर्दछौँ।’

प्रवासीहरूले फरक किसिमका स्वास्थ्य चुनौतीहरूको सामना गरिरेहको निष्कर्षसहित  ती चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कडा कदम आवश्यकता रहेको ठहर उक्त सम्मेलनले गरेको छ। ‘आप्रवासीहरुको बढ्दो आत्महत्या र यसको आर्थिक–सामाजिक प्रभावबारे हाम्रो ध्यानाकर्षण भएको छ। हामी विश्वभर रहेका नेपालीहरु जो मानसिक स्वास्थ्य सम्बन्धि काम गरिरहेका छन् उनिहरुलाई एकताबद्ध भएर प्रभावितहरू (पिडितहरु) लाई सहयोग गर्न आह्वान गर्दछौं,’ सम्मेलनको निष्कर्ष छ। 

सम्मेलनले स्वास्थ्य सेवामा सहभागी, साझेदार, व्यक्ति, एजेन्सी, र संस्थाहरुले महत्वपूर्णरुपमा विश्वव्यापी रूपमा रहेका नेपालीहरुलाई प्रदान गरेको स्वास्थ्य सेवा प्रति आभार प्करट गरेको छ। नेपाली प्रवासीहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुग्ने मुख्य बाधाहरूः भाषा, संस्कृति, कानुनी र वित्तीय स्थिति, शिक्षाको स्तर र अन्य नदेखिने उल्झनहरु रहेको प्रष्ट्याएको छ। 

‘यो सम्मेलनले उक्त अवरोधहरू हटाउन र आप्रवासीहरूको लागि स्वास्थ्य सेवा सुधार गर्न आप्रवासीहरूका लागि काम गर्ने विभिन्न व्यक्ति र संस्थाहरूलाई प्रवासीहरु र सम्बन्धित विशेषज्ञहरूबीच सम्पर्क स्थापित गर्ने प्लेटफर्म प्रदान गर्न महत्त्वपूर्ण कदम चाल्छ,’ घोषणा पत्रमा भनिएको छ। 

स्वास्थ्य क्षेत्रको विकासमा अनुसन्धानको महत्त्वलाई प्रकाश पार्दै विश्वभरका नेपाली अनुसन्धानकर्ताहरूलाई सहयोग गर्ने वाचा समेत सम्मेलनमार्फत गरिएको छ।

यसैगरी बिरामीहरूको जीवन बचाउने र तिनीहरूको दीर्घजीवन सुनिश्चित गर्ने चिकित्सकहरूलाई सुरक्षित काम गर्ने वातावरणको आवश्यकता पर्नेमा जोड दिइएको छ। 

Ncell 2
Ncell 2

‘स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि प्रकारको हिंसाको विश्वभरी रहेका नेपाली समुदायले कडा शब्दमा निन्दा गर्नुपर्दछ,’ घोषणापत्रमा उल्लेख छ, ‘स्वास्थ्य क्षेत्रले मात्रै विश्वव्यापी स्वास्थ्य सेवाका लक्ष्यहरु हासिल गर्न सक्दैन। हामी विश्वभरका नेपालीहरूलाई सहकार्य र साझेदारीको लागि जोड दिन्छौँ।’

कार्यक्रममा जापानका साथै अमेरिका, बेलायत, युएई, कतार नेपाल, अस्ट्रेलिया, क्यानडालगायत विश्वका विभिन्न देशमा काम गरिरहेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्यसेवीहरुको सहभागीता रहेको थियो। स्वास्थ्यखबर पत्रिका मिडिया पार्टनरका रुपमा सहभागी रहेको थियो।

कार्यक्रममा साइन्टिक पेपर प्रिजेन्टेसन, वर्कसप,  सीप विकास कार्यक्रम, नीतिगत छलफल, घोषणालगायत गरिएको थियो। सम्मेलन फलदायी रहेको आयोजक कमिटीकी अध्यक्ष डा एलिजा केसी भण्डारीले बताएकी छन्। उनले भनिन्, ‘नेपाल बाहिर रहेका नेपालीहरुको स्वास्थ्यका विषयमा संवाद सुरुवात गर्न पाएका छौं र उनीहरुलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन सवैतिरबाट लाग्नुपर्ने निष्कर्ष निकालेका छौं।’ 

‘माइग्र्यान्टस् हेल्थ म्याटर्स, युनिभर्सल हेल्थ केयर फर अल’ राख्नुको कारण आप्रवासीहरुको स्वास्थ्य र स्वास्थ्य उपचारमा केन्द्रित हुन खोजिएको उनको भनाइ छ। 

कार्यक्रममा एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटा,  एनआरएनए ग्लोबल हेल्थ कमिटीका उपाध्यक्ष तथा आयोजक कमिटी अध्यक्ष  डा एलिजा केसी भण्डारी (जापान),  साइन्टिफिक कमिटी अध्यक्षमा डा लुशुन चालिसे,  सह-अध्यक्षमा डा सागर पौडेल, डा प्रकाश श्रेष्ठ अमेरिकन रिजन हेल्थ टिम,  अनिशा भण्डारी, पब्लिक हेल्थ ग्र्याजुएट  शिवप्रसाद पौडेल, पूर्व अध्यक्ष एनआरएनए जापान, नेहा शर्मा नर्स अमेरिका,  अर्जुन बगाले आयोजक कमिटी सचिव रहेका थिए। 

यसैगरी साइन्टिफिक कमिटी मेम्बरमा सुवास अधिकारी, डा सुमन श्रेष्ठ,  डा सन्तोष श्रेष्ठ, डा मेलिसा रन्जित,  सुजाता अधिकारी र डा विकास लम्साल रहेका थिए। कार्यक्रम समितिका सह-अध्यक्षमा डा सन्दीप शाक्य, कार्यक्रम समितिमा डा सुप्रिया शाक्य र डा ससीम पौडेल रहेका थिए।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्