• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

जङ्गली जनावरको आतंक रोक्न सरकारलाई आग्रह

64x64
रासस बुधबार, भदौ २७, २०८०  २०:५६
1140x725

जनकपुरधाम– महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी बीना सिंहको परिवारले कुनैबेला आफ्नो खेतबारीको नगदेबालीबाट मनग्गे आम्दानी गरिरहेको थियो तर अचेल जङ्गली जनावरका कारण आफ्नै लागि खानपुग्ने तरकारीसमेत उब्जाउन समस्या छ।

जङ्गली जनावर निलगाई, बँदेल र बाँदर बस्ती पसेपछि समस्या भएको सिंहको भनाइ छ। ‘पहिले हाम्रो परिवार र यहाँका अरु किसानले पनि आलु, फर्सी, परवललगायत दलहन बालीबाट राम्रो जीविका चलाइरहेका थियौं तर केही वर्षयता जङ्गली जनावर निलगाई, बँदेल र बाँदरले केही उब्जनी हुन दिँदैनन्’, सिंहले गुनासो गरे, ‘तीन चार क्विन्टल दाल हुने खेतमा अहिले मुस्किलले १०/२० किलो जोगाउन सकिन्छ। बाँदरले त पहिले खेतबारीको बाली मात्रै खान्थ्यो अहिले ज्यूज्यान जोगाउनसमेत धौधौ छ।’

धनुषाको बटेश्वर गाउँपालिका–१ का दीपेन्द्र सिंह परिवारले पनि धान, गहुँ, तरकारी बालीमा लगानी गरेअनुसारको प्रतिफल पाउन छोडेको धेरै भइसक्यो। निलगाईका कारण बर्सेनि बालीनालीमा क्षति पुर्‍याउने गरेपछि धेरै किसानले आँपखेती गर्न थाले पनि त्यसलाई समेत जोगाउन नसकिएको उनको गुनासो छ।

‘हामीले एकपटक १० कट्ठा जमिनमा बोडीको तरकारी लगाएका थियौं तर निलगाईले एकरातमा सखाप गर्‍यो। आँप बगैँचा बनायौं, त्यसलाई पनि बाँकी राख्दैनन्। अहिले त आफ्नै बारीमा जान सक्दैनौं। बाँदरहरुले त भान्सामा रहेको खानेकुरा पनि छोड्दैनन्। अब हामीहरुल कसरी बाँच्ने?’ उनले भने। 

बीना र दीपेन्द्र मात्रै होइन निलगाई र बँदेलबाट पीडित आफ्नो क्षेत्रका नागरिकको गुनासो सुनेर मुखियापट्टी मुसहरनियाँ गाउँपालिका धनुषाका अध्यक्ष जयकुमार यादवले निकै हैरानी खेप्नुपरेको छ। उनले नजिकै रहेको भारतीय जङ्गलबाट आउने निलगाई र बँदेलले बालीनाली नष्ट गर्नुका साथै नागरिकमाथि आक्रमण गर्न थालेपछि निकै चुनौती बढेको सुनाए।

Ncell 2
Ncell 2

‘जनावरले बालीनाली नष्ट गर्ने र नागरिकलाई आक्रमण गरेर दुःख दिने गरेका छन्। आफ्नो ज्यू ज्यान जोगाउन ती जनावरलाई केही गरिहालेमा पनि उल्टै नागरिकलाई ल्याएर थुन्ने काम हुन्छ। सङ्घ र प्रदेश सरकारको दायित्व पनि हो नी नागरिकको सुरक्षा गर्ने! त्यसका लागि म सरकारलाई आग्रह गर्दछु’, यादवको आग्रह छ।

उल्लेखित गुनासा बिहीबार जनकपुरमा आयोजित जङ्गली जनावरका कारण सृजित किसानका सवाल सम्बोधनका लागि प्रदेशस्तरी गोष्ठीमा अभिव्यक्त गरिएका हुन्। कार्यक्रममा मिथिली वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले जङ्गली जनावरको बासस्थानमा भएको मानव अतिक्रमणका कारण जनावर सुरक्षा र खानेकुराको खोजीमा बेँसी झर्न थालेकाले त्यसको असर किसानलाई परेको बताए। 

उनले निलगाई, बाँदर र बँदेललाई समयमै नियन्त्रण गर्न नसके आगामी १० वर्षभित्र मधेसका कुनै किसानले पनि खेतीपाती गर्न नसक्ने अवस्था आउनेतर्फ सचेत गराउँदै समयमै त्यसको व्यस्थापनमा लाग्न सरकारलाई आग्रह गरे।

त्यसैगरी अधिवक्ता तिलक अधिकारीले जङ्गली जनावरका कारण उत्पादनमा असर गरी नागरिकको खाद्य अधिकार नै कुण्ठित हुनसक्ने भन्दै समस्या समाधानका लागि तीनै तहका सरकारले रणनीतिक कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

खाद्य अधिकारका क्षेत्रमा कार्यरत फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले मधेसमा बढ्दै गएको जङ्गली जनावरको समस्या समाधान गर्न स्थानीय तह एक्लैले नसक्ने भन्दै सरोकारवाला सबै सरकारी तथा गैरसरकारी संस्थाले सामूहिक पहल गर्नुपर्ने बताए। 

त्यसैगरी मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले प्रदेश सरकारको चालू नीति तथा कार्यक्रम र बजेटमा वन्यजन्तु व्यवस्थापनको कुरा उठे पनि सबैपक्षको छलफलबाट नयाँ ढङ्गले अगाडि बढ्न सकिने बताए। उनले आफूले प्रदेश सरकारलाई यस विषयमा ठोस कार्यक्रम अगाडि बढाउनका लागि ध्यानाकर्षण गर्ने तर तत्काल समस्या समाधानका लागि समुदायस्तरमा मौलिक उपायबारे पनि बहसहुन जरुरी रहेको बताए।

मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जगन्नाथप्रसाद जयशवाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा नम्रता सिंहले वन्यजन्तुको बाँच्न पाउने अधिकार र नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न आआफ्नो मन्त्रालयका तर्फबाट आवश्यक कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्