• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

जङ्गली जनावरको आतंक रोक्न सरकारलाई आग्रह

64x64
रासस बुधबार, भदौ २७, २०८०  २०:५६
1140x725

जनकपुरधाम– महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी बीना सिंहको परिवारले कुनैबेला आफ्नो खेतबारीको नगदेबालीबाट मनग्गे आम्दानी गरिरहेको थियो तर अचेल जङ्गली जनावरका कारण आफ्नै लागि खानपुग्ने तरकारीसमेत उब्जाउन समस्या छ।

जङ्गली जनावर निलगाई, बँदेल र बाँदर बस्ती पसेपछि समस्या भएको सिंहको भनाइ छ। ‘पहिले हाम्रो परिवार र यहाँका अरु किसानले पनि आलु, फर्सी, परवललगायत दलहन बालीबाट राम्रो जीविका चलाइरहेका थियौं तर केही वर्षयता जङ्गली जनावर निलगाई, बँदेल र बाँदरले केही उब्जनी हुन दिँदैनन्’, सिंहले गुनासो गरे, ‘तीन चार क्विन्टल दाल हुने खेतमा अहिले मुस्किलले १०/२० किलो जोगाउन सकिन्छ। बाँदरले त पहिले खेतबारीको बाली मात्रै खान्थ्यो अहिले ज्यूज्यान जोगाउनसमेत धौधौ छ।’

धनुषाको बटेश्वर गाउँपालिका–१ का दीपेन्द्र सिंह परिवारले पनि धान, गहुँ, तरकारी बालीमा लगानी गरेअनुसारको प्रतिफल पाउन छोडेको धेरै भइसक्यो। निलगाईका कारण बर्सेनि बालीनालीमा क्षति पुर्‍याउने गरेपछि धेरै किसानले आँपखेती गर्न थाले पनि त्यसलाई समेत जोगाउन नसकिएको उनको गुनासो छ।

‘हामीले एकपटक १० कट्ठा जमिनमा बोडीको तरकारी लगाएका थियौं तर निलगाईले एकरातमा सखाप गर्‍यो। आँप बगैँचा बनायौं, त्यसलाई पनि बाँकी राख्दैनन्। अहिले त आफ्नै बारीमा जान सक्दैनौं। बाँदरहरुले त भान्सामा रहेको खानेकुरा पनि छोड्दैनन्। अब हामीहरुल कसरी बाँच्ने?’ उनले भने। 

बीना र दीपेन्द्र मात्रै होइन निलगाई र बँदेलबाट पीडित आफ्नो क्षेत्रका नागरिकको गुनासो सुनेर मुखियापट्टी मुसहरनियाँ गाउँपालिका धनुषाका अध्यक्ष जयकुमार यादवले निकै हैरानी खेप्नुपरेको छ। उनले नजिकै रहेको भारतीय जङ्गलबाट आउने निलगाई र बँदेलले बालीनाली नष्ट गर्नुका साथै नागरिकमाथि आक्रमण गर्न थालेपछि निकै चुनौती बढेको सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

‘जनावरले बालीनाली नष्ट गर्ने र नागरिकलाई आक्रमण गरेर दुःख दिने गरेका छन्। आफ्नो ज्यू ज्यान जोगाउन ती जनावरलाई केही गरिहालेमा पनि उल्टै नागरिकलाई ल्याएर थुन्ने काम हुन्छ। सङ्घ र प्रदेश सरकारको दायित्व पनि हो नी नागरिकको सुरक्षा गर्ने! त्यसका लागि म सरकारलाई आग्रह गर्दछु’, यादवको आग्रह छ।

उल्लेखित गुनासा बिहीबार जनकपुरमा आयोजित जङ्गली जनावरका कारण सृजित किसानका सवाल सम्बोधनका लागि प्रदेशस्तरी गोष्ठीमा अभिव्यक्त गरिएका हुन्। कार्यक्रममा मिथिली वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले जङ्गली जनावरको बासस्थानमा भएको मानव अतिक्रमणका कारण जनावर सुरक्षा र खानेकुराको खोजीमा बेँसी झर्न थालेकाले त्यसको असर किसानलाई परेको बताए। 

उनले निलगाई, बाँदर र बँदेललाई समयमै नियन्त्रण गर्न नसके आगामी १० वर्षभित्र मधेसका कुनै किसानले पनि खेतीपाती गर्न नसक्ने अवस्था आउनेतर्फ सचेत गराउँदै समयमै त्यसको व्यस्थापनमा लाग्न सरकारलाई आग्रह गरे।

त्यसैगरी अधिवक्ता तिलक अधिकारीले जङ्गली जनावरका कारण उत्पादनमा असर गरी नागरिकको खाद्य अधिकार नै कुण्ठित हुनसक्ने भन्दै समस्या समाधानका लागि तीनै तहका सरकारले रणनीतिक कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

खाद्य अधिकारका क्षेत्रमा कार्यरत फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले मधेसमा बढ्दै गएको जङ्गली जनावरको समस्या समाधान गर्न स्थानीय तह एक्लैले नसक्ने भन्दै सरोकारवाला सबै सरकारी तथा गैरसरकारी संस्थाले सामूहिक पहल गर्नुपर्ने बताए। 

त्यसैगरी मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले प्रदेश सरकारको चालू नीति तथा कार्यक्रम र बजेटमा वन्यजन्तु व्यवस्थापनको कुरा उठे पनि सबैपक्षको छलफलबाट नयाँ ढङ्गले अगाडि बढ्न सकिने बताए। उनले आफूले प्रदेश सरकारलाई यस विषयमा ठोस कार्यक्रम अगाडि बढाउनका लागि ध्यानाकर्षण गर्ने तर तत्काल समस्या समाधानका लागि समुदायस्तरमा मौलिक उपायबारे पनि बहसहुन जरुरी रहेको बताए।

मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जगन्नाथप्रसाद जयशवाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा नम्रता सिंहले वन्यजन्तुको बाँच्न पाउने अधिकार र नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न आआफ्नो मन्त्रालयका तर्फबाट आवश्यक कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्