• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘पानीफोटो’को प्रेक्षालयमा उभिएका नीर शाह

64x64
समर्पण श्री बुधबार, भदौ २७, २०८०  ०९:४०
1140x725

काठमाडौं– खगेन्द्र लामिछानेसँग सहकार्य गरेका निर्देशक र अभिनेत्रीहरूले पुस्तकमा लिपिबद्ध ‘पानीफोटो’लाई हातबाट लहरै उचाले। पुस्तक लोकार्पण भयो। त्यसपछि मञ्चमा उक्लिए कलाकार नीर शाह।

‘पानीफोटो’को प्रेक्षालयमा उभिएका शाहले ४० मिनेटसम्म लगातार बोले। ‘ह्युमर’ भरिएका उनका अभिव्यक्तिहरूले गम्भीर सवालहरू उठाइरहेका थिए। चलचित्रमा नवीन पुस्ताको योगदानलाई अन्तरमनबाट सम्झिरहेका थिए। सँगै नेपाली फिल्म निर्माणमा आफ्नै कमजोरीहरूमाथि चिरफार गरिरहेका थिए। म यो आलेख नीर शाहले आफ्नै फिल्महरूमाथि गरेको ‘कन्फेसन’बाट सुरु गर्छु।

एक पटक एउटा कार्यक्रममा साहित्यकार ध्रुवचन्द्र गौतमलाई एक जना साथीले सोधेछन्, ‘नीर शाहको फिल्म बासुदेवमा तपाईंको चाहिँ के छ?’

ध्रुवचन्द्रले ठट्यौली जवाफ दिएछन्, ‘केही नभए पनि कोटचाहिँ छ।’

विसं २०३९ सालतिर, ध्रुवचन्द्रको उपन्यास ‘कट्टेल सरको चोटपटक’मा नीर शाहले फिल्म बनाउँदै थिए। 

नाम थियो ‘बासुदेव।’

प्रोफेसर बासुदेवको भूमिका निर्वाह गरेका हरिहर शर्मालाई प्रोडक्सनले दिएको कोट चित्त बुझेन। दरबारमार्गमा छायाँकन चलिरहेको थियो। ‘हरिहरलाई कोट असहज लाग्यो,’ नीर शाहले चाल पाए। 

लेखक ध्रुवचन्द्र पनि सुटिङ हेर्न त्यहाँ कोट लगाएर आइपुगेका रैछन्। त्यतिबेला नीर शाहले ध्रुवचन्द्रलाई आग्रह गरे, ‘डा साव। तपाईंको कोट पाऊँ न।’ 

Ncell 2
Ncell 2
nimb
nimb

ध्रुवचन्द्रले थपक्क कोट फुकालिदिए। त्यो कोट लगाउनासाथ हरिहरलाई आफू बासुदेव भएको अनुभूत भयो। 

सुटिङ अवधिभर उनले त्यही कोट लगाएर अभिनय गरे। फिल्मभरि बासुदेवले पहिरिएको ध्रुवचन्द्रको कोटले जुन स्थान पायो, त्यति स्थान उनको कथाले सायदै पायो। 

नीर शाहले ‘कमर्सियलाइज’ गर्न खोज्दा ‘कट्टेल सरको चोटपटक’माथि केही चोटहरू थोपरिएका थिए। 

फिल्म बनिसकेको निकै वर्षपछि पनि एउटा आधारहीन हल्ला गसिपका रुपमा चलिरहेको छ। आफ्नो कथा स्क्रिप्टमा रुपान्तरण हुँदा अधिकांश परिवर्तन भएर आएपछि ध्रुवचन्द्रले नीर शाहलाई गएर भनेछन्, ‘नीर जी। स्क्रिप्ट त सबै चेन्ज छ नि? मेरो कथा खै?’

त्यतिबेला नीर शाहले ठूलो स्वरमा भनेछन्, ‘फिल्म तपाईंले बनाउने कि मैले?’

लेखकसँगको भेटमा उनले यो घटनालाई अस्वीकार गर्दै भनेका थिए, ‘वास्तविकतामा त्यस्तो कहिल्यै भएको छैन।’

तत् तत् समयमा नीर शाहले कृतिमाथि फिल्म बनाएर जोखिम मात्र मोलेनन्, इतिहासमा सम्झनलायक फिल्महरूको सूचीमा नामहरू दर्ज पनि गरे। तर पछिल्लो समय उनी आफूले बनाएका फिल्महरूमाथि चाहिँ निर्मम समीक्षा गर्छन्।

गत सोमबार राजधानीमा ‘पानोफोटो’को लोकार्पणमा नीर शाह प्रमुख वक्ताका रुपमा थिए। उनले लेखक खगेन्द्रको नाटकदेखि सिनेमासम्म यात्रा गरेको ‘पानोफोटो’बारे बोल्ने क्रममा प्रसंगबस् आफूले फिल्ममा गरेका ‘भूल’हरू सम्झिए। 

उनले आलोचकीय दृष्टिकोणबाट भने, ‘मैले कृतिमा आधारित बासुदेव बनाएँ। त्यसलाई अलि धेरै कमर्सियलाइजेसन गरियो भन्ने असन्तुष्टि भयो। त्यसलाई सकेजति आर्टिस्टिक गराउन सकिन्थ्यो कि...।’

उनी डाइमनशमशेरको उपन्यास ‘वसन्ती’लाई पनि ‘आर्टिस्टिक’ नबनाएकोमा चुकचुकाए। 

गोपालप्रसाद रिमालको नाटक ‘मसान’लाई लम्ब्याउँदा र डाइमनशमशेरको ‘सेतोबाघ’लाई छोट्याउँदाको दु:ख सम्झिए, ‘मसानलाई तन्क्याएर लामो बनाइयो। जहाँ जहाँ त्यो लम्बियो, त्यहीँ त्यहीँ बिग्रियो।’

‘सेतो बाघलाई चाहिँ सके जति छोट्याएँ। त्यो नै जिन्दगीको सबैभन्दा ठूलो भूल भयो।’ 

‘छोट्याउँदा पनि सुख पाइएन। आर्टिस्टिक हुँदा पनि सुख पाइएन। कमर्सियल हुँदा पनि सुख पाइएन।’

उनी प्रेक्षालयबाट एउटा चर्चित भनाइ सुरुमै सम्झिरहेका थिए, ‘फिल्म बनाउनु असाध्यै गाह्रो काम हो। सबैभन्दा कठिन काम सबैभन्दा सजिलो ठाउँबाट गर्न खोजेका कारण बिग्रिएको हो।’

०००

नीर शाह खगेन्द्रको पुस्तक ‘पानीफोटो’लाई केन्द्रमा राखेर सिनेमा सेरोफेरो नियाँलिरहेका थिए। ‘पानीफोटो’ पढिसकेका उनले एउटा दाबी नै गरे, ‘यो  पुस्तक फिल्म स्कुलहरूको पाठ्यक्रममा समावेश हुनुपर्छ।’ 

फिल्ममेकरहरूलाई सुझाए, ‘फिल्म बनाउनुअघि खगेन्द्रको यो पुस्तक पढ्नुस्।’ 

लेखकहरूले कृतिमाथि फिल्म बनाएका छन्। स्वयम् उदाहरण हुन् शाह। तर, नेपालमा कुनचाहिँ मेकरले आफ्नो कृतिमाथि फिल्म बनाए त?

‘यसमा खगेन्द्र पहिलो हुन्। जसले आफ्नै कृतिमाथि फिल्म बनाए,’ नीर शाहले दाबीका साथ भने। 

‘पानीफोटो’को सिर्जन यात्रा रंगमञ्चबाट भएको थियो। यसका नाटककार थिए खगेन्द्र। खगेन्द्रले ‘पानीफोटो’लाई रंगप्रेमीमाझ लोकप्रिय त बनाए। तर रहरलाई रंगमन्चमै बिसाएनन्। 

सपना थियो, ‘यसमाथि फिल्म बनाएर ठूलो पर्दामा हेर्ने।’

कोभिडको दोस्रो लहरमा फिल्मको फाइनल काम सकिएको थियो। त्यो त्रासदीपूर्ण समयमा उनले हल बुक गरेर १० जनालाई डाके। अनि ठूलो पर्दामा ‘पानीफोटो’ हेरे। उनको रहर पूरा भयो। 

कार्यक्रममै फाइन प्रिन्टका प्रकाशक निरज भारीले ठट्टाको भाषामा भनेका थिए, ‘खगेन्द्रको पानीफोटो पानी पानी भए पनि भष्मे डनले चाहिँ टन्नै पैसा कमाओस्।’ (पशुपति प्रसाद २–भष्मे डन रिलिजको क्रममा छ।)

तर खगेन्द्रलाई ‘पानीफोटो’ले बक्स अफिसमा ‘पानी नै पिउन नपाएको’मा उस्तो दु:ख छैन। कारण उनलाई यसमाथि केवल फिल्म बनाउने रहर थियो। 

‘पानीफोटो’को रहर व्यापारको नाफा नोक्सानसँग जोडिएको थिएन।

‘पानोफाटो’को रंगमञ्चदेखि चलचित्रको पर्दासम्मको यात्राबीचमा जति प्रकिया छन्, संघर्ष छन्, अनुभूति छन्, सिकाइ छन् र शिलशिला। त्यसलाई शब्दका बान्कीमा उनेका छन् खगेन्द्रले। 

नीर शाह भन्दै थिए, ‘विश्वका सय उत्कृष्ट सिनेमामध्ये एउटा सिनेमा हो पशुपतिप्रसाद। म बाँचुन्जेलसम्म यो कुरा भनिरहन्छु।’ 

फिल्मका लेखक, निर्माता तथा अभिनेता खगेन्द्रतर्फ हेर्दै उनले भने, ‘यो सत्य कुरा हो। यही मन्चमा बसेर कलाकारहरूले ६१ चोटी झुटो कुरा बोल्छन् भने म मञ्चमा पुगेर ६१ चोटी साँचो कुरा बोल्दा के भयो?’

अब नीर शाहको नजरमा ‘पानीफोटो’ कस्तो फिल्म हो त?

‘पानीफोटोका नाटककारमाथि स्वयम् निर्देशकले फिल्ममा न्याय गर्न सकेनन्,’ उनले भने। 

‘हुन्छ के भन्नुहोला भनेदेखिन्’ थेगोबाट उनले भनाइको तात्पर्य जोड्दै लगे। 

शाहकै भाषामा खगेन्द्रको नाटक गल्ली हो भने उनले त्यसलाई राजमार्ग बनाउन खोजे। जबकि गल्लीसँग जोडिएका सौन्दर्य र मौलिकताहरू पनि हुन्छन्। 

‘राजमार्ग बनाउँदा जहाँ जहाँ गल्लीको मौलिकतालाई तपाईंले कायम राख्न सक्नुभयो पानीफोटो राम्रो हो भनेर प्रभाव पार्ने तत्व यिनै हुन्।

जहाँ जहाँ त्यो मौलिकलाई कायम राख्न सक्नुभएन। त्यहाँनिर पानीफोटोमाथि क्रिटिकल हुनुपर्यो,’ नीर शाहले भने।

र अन्त्यमा– 

गल्लीको प्रसंगमा झट्ट नीर शाहलाई एउटा सम्झना आइदियो। उनले खुलासा गरिदिए, ‘मेरो जीवनको एउटा अन्तिम इच्छा छ। त्यो के भने कुमार नगरकोटीको कथामा सिनेमा बनाउने।’

नीर शाहको घोषणा सुनिरहेका नगरकोटी दर्शकदीर्घाबाट मुसुमुसु हाँसे।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:४०
  • #नीर शाह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ! सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्