Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसद विकास कोषको बचाउमा उभियो कांग्रेस, रोक लगाउने संवैधानिक इजलासको आदेशमा आलोचना

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०८०  २०:१६
1140x725

काठमाडौं– सांसद विकास कोषसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सर्वोच्चको आदेशको विपक्षमा उभिएको छ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकदेखि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्ने क्रममा सर्वोच्च अदालतको आदेश गलत भएको भन्दै असन्तुष्टि जनाए। कांग्रेसबाटै अर्थमन्त्री रहेका डा प्रकाश शरण महतले यो कार्यक्रम चालू आर्थिक वर्षको बजेटमा समावेश गरेका हुन्।

नेपाली कांग्रेसका  प्रमुख सचेतक रमेश लेखकले संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै सर्वोच्चको आदेश कुरै नबुझी आएको टिप्पणी गरे। सर्वोच्च अदालतको संवैधानिक इजलासले जारी गरेको आदेशलाई उनले कुरा नबुझी तत्काल रोक्नु भनेर आदेश जारी गरेको दाबी गरेका हुन्।

आजै प्रतिनिधि सभाको बैठकमा पनि नेपाली कांग्रेसका सांसद श्यामप्रसाद घिमिरेले सर्वोच्चको आदेशको आलोचना गरे। बुधबार सर्वोच्चका प्रधानन्यायाधीशसमेत संलग्न भएको इजलासले सरकारलाई यस्तो व्यवस्था कार्यान्वयन नर्गनू भन्दै रोक लगाएर एक धक्का दिएको हो।

भर्खरै नियुक्त भएर जिम्मेवारी सम्हालेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नै नेतृत्वमा रहेका पाँच न्यायाधीश संलग्न इजलासबाट पूर्वाधार विकासका नाममा रकम छुट्टाउँदा स्वार्थ बाझिने र यस प्रकारको विकासले सुशासनलाई प्रवर्द्धन गर्छ भन्ने निश्चित अवस्था नरहेको ठहर गरेको हो।

सर्वोच्चको संवैधानिक इजलासले सांसदहरुलाई पूर्वाधार विकास कोषका नाममा निश्चित रकम दिने अनि उनीहरुले चाहेको ठाउँमा वितरण हुने कुराले विकास र सुशासन दुवै नहुने निष्कर्ष निकालेर रोक लगाएको देखिन्छ। त्यस्तै सरकार कोषको रकम खर्च गर्दा अपनाउनुपर्ने पारदर्शिता र जवाफदेहिता सम्बन्धी विषय पनि विचरणनिय हुने सर्वोच्चको आदेशमा उल्लेख छ।

सर्वोच्चले रोक लगाएपछि नेपाली कांग्रेसकै जोडबलमा आएको उक्त व्यवस्था केन्द्रदेखि प्रदेशसम्म रोक लाग्ने भएकाले नेपाली कांग्रेसले जस लिन नपाउने देखिएको छ।

‘कुरो पाँच करोडको होइन, त्यो आदेश कुरै नबुझी गरिएको आदेश हो। किनभने सांसदले हो र त्यो कार्यान्वयन गर्ने? कार्यान्वयन गर्ने त कार्यपालिकाले हो नि। सांसदले त मेरो क्षेत्रमा विकासको यो काम गरिदिनुस् भनेर अनुरोध गर्ने हो। त्यसको कार्यान्वयन गर्ने कार्यपालिकाले हो। प्रदेश सरकारले हो। कुनै संघको सरकारले हुनसक्छ,’ बिहीबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै  प्रमुख सचेतक लेखकले भने,  ‘त्यसमा कसरी लेखिएको छ भने मानौं कि, संसद्ले नै त्यसको कार्यान्वयन गर्छ भने जसरी लेखिएको छ। त्यो बेठीक कुरा हो।’

nimb
nimb
Ncell 2
Ncell 2

उनले अदालतले संसद् आफैंले पैसा वितरण गर्नेगरी सर्वोच्चले बुझेको भन्दै बचाउ गरे। उनले ट्याक्स लगाउने, आफूसँग भएको स्रोत साधनको विनियोजन गर्ने, वितरण गर्ने, कानुन बनाउने, संसद्को एकाधिकार भएको बताए।

‘यो एकाधिकारका माथि आक्रमण गर्ने भनेको संसद्‌माथिको आक्रमण हो,’ उनले भने,  ‘त्यसैले सिद्धान्ततः यो (फैसला) विल्कुलै मिलेको छैन। एक अर्काका अधिकार क्षेत्रमा प्रवेश गर्ने, एक अर्काका अधिकार क्षेत्रलाई कमजोर गर्ने काम गर्ने हो भने यसले प्रकारान्तरले संसदीय व्यवस्था कमजोर गर्छ। संविधानलाई कमजोर गर्छ।’
 
लेखकले संसद्ले कानुन बनाइसकेपछि सर्वोच्चले यहाँनेर बाझियो भनेर देखाउन सक्नुपर्ने बताए। उनले थपे,  ‘हाम्रो संविधानको परिच्छेद ५ ले सम्पूर्ण अर्थको बाँडफाँट गर्ने अधिकार संसद्लाई दिएको छ। कानुन बनाउने अधिकार संसद्लाई दिएको छ। अनि संसद्ले आफ्नो कानुन बनाउने र स्रोत र साधनको बाँडफाँट गर्ने कुरामा कानुन बनाएर निर्णय गरिसकेपछि, ऐन बनिसकेपछि, अनि त्यो ऐन संविधानको कुरा धारासँग बाझिएको छ भन्ने कुरा पनि उल्लेख नगरेर कार्यान्वयन रोक्नुहुन्छ?’

त्यस्तै सर्वोच्च अदालतले दिएको आदेशले बजेटलाई खण्डित गरेको र यो अधिकार न्यायपालिकालाई नभएको दाबी काग्रेस सांसद श्यामकुमार घिमिरेले प्रतिनिधि सभामा उठाए।

उनले संविधानले कार्यपालिका र व्यवस्थापिका र न्यायपालिकाको आ–आफ्नो कार्यक्षेत्र तोकेको उल्लेख गर्दै बजेट बनाउने जिम्मेवारी व्यवस्थापिकाको भएको भन्दै व्यवस्थापिकाले बनाएको बजेटको अंश न्यायपालिकाले काट्न नमिल्ने दाबी गरे।

बजेट अर्थ विधेयकको रुपमै आएको उल्लेख गर्दै बजेटको एउटा अंशलाई झिकेर बजेटलाई खण्डित गर्ने अधिकार न्यायपालिकालाई नभएको उनको भनाइ थियो। 

‘जुन ढंगले हिजोको आदेश आएको छ। यसले हामी कतै एकअर्काका कार्यक्षेत्रभित्र प्रवेश गर्ने, एकअर्काको कार्यक्षेत्रलाई दख्खलअन्दाजी गर्ने प्रयासमा त नेपाल गइरहेको छैन? हाम्रो सम्पूर्ण संरचनाहरु त्यतातर्फ उन्मुख छन् कि भन्ने किसिमको आभाष दिएको छ,’ उनले भने,  ‘अदालतप्रति मेरो अगाध विश्वास छ, अटुट विश्वास छ। तर हिजोको फैसलाले मलाई अत्यन्त दु:खित बनाएको छ। कानुन बनाउने, बजेट पास गर्ने अधिकार संसदको अधिकार क्षेत्रभित्रको कुरा हो। यो अधिकार क्षेत्रलाई कसैले पनि हनन् गर्न सक्दैन।’

तर, कानुनका जानकारहरुले भने अदालतको आदेश संसद्‌मा छलफल गर्न नहुने दाबी गरेका छन्। संवैधानिक इजलासले पहिलो सुनुवाइ गरेर अन्तरिम आदेशमात्र गरेको र फैसला गरी विस्तृत व्याख्या नगरेकाले अहिले आलोचना गर्नु हतारो हुने सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीको बुझाइ छ। संसद्ले आफैंले कानुन बनाउन पाउने भन्दैमा रकम मनलाग्दोसँग वितरण गर्न नपाउने र यसमा अदालतले रोक्न सक्ने उनको बुझाइ छ। 

जनताबाट र कर संकलन गरेर राज्यकोषमा जम्मा भएको रकम सांसदहरुले आफू अनुकूल वितरण गर्न नपाउने भएपछि अदालतको आदेशमाथि टिप्पणी भएको रुपमा आफूले बुझेको उनले बताए। बजेटमा संसद् विकास कोष वा त्यस्तै कुनै पनि पैसा वितरण गर्ने योजना नल्याउन सार्वजनिक रुपमा दबाब भएपछि सरकारले बजेटमा व्यवस्था गरेको थियो। अर्थमन्त्री महतले ५ करोडसम्म रकम सांसदले पाउनेगरी बजेटमा व्यवस्था गरेका थिए।

केन्द्र सरकारको बजेटमा सांसदहरुलाई रकम छुट्टाएपछि अधिकांश प्रदेशहरुले पनि फरक–फरक नाममा रकम विनियोजन गरेका थिए। यसरी सांसदहरुले निर्वाचन क्षेत्रमा रकम वितरण गर्दा विकास खर्चको ठूलो रकम जाने देखिएपछि सार्वजनिक रुपमा यो खारेज गरिनुपर्ने दबाब भने सिर्जना भएको थियो।

तर, निर्वाचनको नतिजालाई लक्षित गरेका सांसदहरुले यो बजेटको व्यवस्था पारित गरेका थिए। त्यसविरुद्ध सर्वोच्चमा दायर भएका रिटमध्ये एकमा सुनुवाइ गर्दै संवैधानिक इजलासले मुद्दाको किनारा नलागेसम्मका लागि रोक लगाएको हो।

बजेटमा रोक लगाउने त्यो आदेश 
सर्वोच्चको यो आदेशपछि अब फैसला नभएसम्मका लागि यो कार्यान्वयनमा रोक लागेको छ। बजेटमा आएको व्यवस्था कार्यान्वयनमा रोक लगाउने यो सर्वोच्चको आदेश पहिलो भने होइन।

यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेले बजेटमार्फत् चुरेको ढुङ्गा गिटी निकासी गर्ने योजना ल्याएका थिए। त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भयो। सर्वोच्च अदालतले नेपालको प्राकृतिक वस्तुहरुको दोहोन गर्ने कुरा बजेटमा राखेकै आधारमा ल्याउन नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगायो।

सर्वोच्चको उक्त आदेशपछि बजेटमा उक्त बुँदा नै संशोधन भएर बजेटको प्रतिस्थापन विधेयक दर्ता भयो। यसरी हेर्दा सर्वोच्चले दोस्रो पटक बजेटको केही बुँदा रोक लगाउने आदेश गरेको देखिन्छ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक || LIVE||
सुधन गुरुङलाई चोख्याउन खोजिएको कांग्रेसको आशंका
सन्दीप र ललितको कसिलो बलिङ, नेपालले पायो १ सय ९४ रनको सामान्य
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
सुधन गुरुङलाई चोख्याउन खोजिएको कांग्रेसको आशंका ‘पूर्वगृहमन्त्री सुधन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छा... सोमबार, जेठ ४, २०८३
ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति प्रतिनिधिसभाको सोमबारको बैठकमा ध्रुवराज राईले बाँदर नियन्त्रण गर्न बाँदर मार्नुपर्ने बताएका थिए । सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक || LIVE|| सोमबार, जेठ ४, २०८३
सुधन गुरुङलाई चोख्याउन खोजिएको कांग्रेसको आशंका सोमबार, जेठ ४, २०८३
सन्दीप र ललितको कसिलो बलिङ, नेपालले पायो १ सय ९४ रनको सामान्य सोमबार, जेठ ४, २०८३
ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्