• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शिक्षा विधेयक: सदनमा लैजाने निर्णय भएको दुई साता बित्यो, प्रावधान चुहियो तर मन्त्रालय पुगेन

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, साउन ३२, २०८०  १९:३०
1140x725

काठमाडौं– साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो। तर, दुई साता पुग्नैलाग्दा पनि उक्त विधेयक अझै शिक्षा मन्त्रालय र संसद्को विधेयक शाखामा पुग्न सकिरहेको छैन।

सम्बन्धित मन्त्रालय र सम्बन्धित क्षेत्रको प्रक्रियामा नपुग्दै बीचमै विधेयकका प्रावधानहरु चुहावटसमेत गरियो। जसभित्रका प्रावधानहरु आफू अनुकूल नभएको भन्दै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा नै गरे।

उक्त विधेयक चुहावट भएर विरोध भइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत उल्लेखित विधेयकमा भएका प्रावधानहरु तलमाथि भएको भन्दै स्वीकार गरे। सरकारको वार्षिक समीक्षा तथा कार्यसम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाती थियो। त्यसलाई अन्तिम रुप दिइँदै छ। मैले अस्तिमात्रै शिक्षा ऐनलाई क्याविनेटबाट पारित गर्ने दिनमा त्यसको ओरिजनल शिक्षा ऐनको ठाउँमा डुप्लिकेसन गर्ने आएको देखेपछि त्यसलाई रोकेर, त्यसलाई सच्याएर आएपछि मात्रै सदनमा पेस गर्ने भनेर त्यसलाई सच्याउने प्रक्रिया सुरु भएको छ।’ 

उनले क्याविनेटमा आफूहरुले राम्रोसँग हेर्न नपाउँदै मिडिया र बजारमा कसरी पुग्यो भन्दै प्रश्न गरे। प्रधानमन्त्री प्रचण्डले थपे,‘क्याविनेटमा हामीले राम्रोसँग हेर्न पाएकै छैनौं। बजार र मिडियामा यो गलत र सही भनेर आउने स्थिति कसरी भयो? या त त्यो विषयमा कन्सन पार्टनरहरुको पहिला नै सल्लाह भएर राय सल्लाह लिने हुनुपर्‍यो। टुंगिएको विषय सरकारको हातमाभन्दा बजारमा कसरी पुग्यो भन्ने कुरा पनि अलि गम्भीर नै देखिएको छ।’

सांसदहरु र सरोकारवालाहरुलेसमेत विधेयकलाई सार्वजनिक गर्न माग गरेका छन्। पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले विधेयकले संघीयताको मर्मलाई समेट्न नसकेको टिप्पणी गरे। उनले भने, ‘यो प्रणाली नै फेरियो। स्टक्चर नै फेरियो। तर हामी ०२८ सालकै शिक्षा ऐनमा छौं। आवश्यक पर्दा नियमावली संशोधन गरेर मात्रै अघाडि बढेको स्थिति हो।’ उनले ढिलो हुनु गम्भीर त्रुटि भएको टिप्पणी गरे।

तत्काललाई निजी क्षेत्रको आन्दोलन स्थगित
सरकारले निजी विद्यालय सञ्चालकहरुले माग पूरा गर्ने आश्वासन पाएपछि तत्काललाई आन्दोलन स्थगित गरेका छन्। अनौपचारिक रूपमा मिडियामा आएको प्रस्तावित विधेयकको परिच्छेद २ (४) मा कम्पनी ऐनअन्तर्गत दर्ता भएका निजी लगानीका सम्पूर्ण विद्यालयहरू पाँच वर्षभित्र शैक्षिक गुठीका रूपमा सञ्चालन हुनुपर्ने भन्ने विषयमा निजी सञ्चालकहरू आफ्नो सम्पत्ति सरकारले जबरजस्तीरूपमा अधिग्रहण गर्न लागेको भन्दै आन्दोलन थालेका थिए। 

सरकार र निजी विद्यालय सञ्चालकहरुबीच भएको वार्तापछि सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि उनीहरु तत्काललाई आन्दोलन गर्नबाट पछि हटेका थिए। 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नै भएन 
पूर्व शिक्षामन्त्री गिरिजामणी पोखरेलको नेतृत्वमा बनेको उच्चस्तरिय शिक्षा आयोग ०७४ बनेको थियो। उक्त आयोगले प्रतिवेदन तयार गरे पनि  शिक्षा मन्त्रालयलाईसमेत नबुझाएको मन्त्रालयका एक सहसचिवले नेपाल लाइभलाई जानकारी दिए।

nimb
nimb
Ncell 2
Ncell 2

०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको उक्त प्रतिवेदनमा निजी लगानीका सम्पूर्ण विद्यालयहरूलाई गैरनाफामूलक बनाउनुपर्ने प्रस्ताव पेस गरेको थियो। तर प्रतिवेदनमा निजी विद्यालयहरुलाई गुठीमा लिनुपर्ने प्रावधान राखेको कारण उक्त प्रतिवेदन गुपचुपमै राखिएको शिक्षा मन्त्रालयका एक सहसचिवले बताए।

आयोगको उक्त प्रतिवेदनमा निजी विद्यालयलाई गैर–नाफामूलक बनाउनुपर्ने र दशवर्षभित्र सम्पूर्ण निजी विद्यालयलाई सामुदायिक गुठीमा लैजानुपर्ने प्रस्ताव रहेको थियो। सरकारकै नेतृत्वमा बनेको आयोगले प्रतिवेदन सार्वजनिक नगरेपछि त्यसको आलोचनासमेत भएको थियो।

शिक्षक महासंघको आन्दोलन जारी
नेपाल राष्ट्रिय शिक्षक महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदाबारे विभिन्न २० बुँदे मागसहित आन्दोलन जारी राखेको छ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष कमला तुलाधारले आफ्नो आन्दोलन जारी रहेको बताइन्।

नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, ‘पहिलो चरणको आन्दोलन बिहीबार सकियो। सातवटै प्रदेशमार्फत् सरकारलाई ज्ञापनपत्र बुझायौँ। विधेयक संसद्‌मा टेबल भएपछि दोस्रो चरणको आन्दोलन गर्छौं।’

शिक्षाविद् डा विद्यानाथ कोइरालाले विधेयकको मस्यौदा सार्वजनिक हुनुले छलफलको विषय बनेको बताए। उनले विधेयकको मस्यौदा मन्त्रिपरिषद्का मान्छे, प्रधानमन्त्री कार्यालय वा शिक्षा मन्त्रालयका मान्छेले नै चुहावट गरेर बाहिर आएको बताए।

‘यसरी विधेयक चुहावट हुनुका दुई/तीनवटा कारण हुनसक्छन्,’ उनले भने, ‘विद्यालय, विद्यालय महासंघ र पालिकाले के भन्छन् भनेर जानाजानी पठाएको हुनसक्छ। दोस्रो कुरा बजारमा त्यो आइसकेपछि आ–आफ्नो कुरा आउनु स्वभाविक हो। किनभने भोलिका दिनमा आउने मुद्दाहरु पनि तिनै हुन्। ती मुद्दाहरु त सल्टाउनु पर्छ।’ उनले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।

डा कोइरालाले संघ, प्रदेश र स्थानीय निकायहरुबीच संवाद हुनुपर्ने बताए। उनले विधेयकमा बाहिर पट्टी एउटा खोल राखेर भित्रपट्टी अरु केही बद्‌मासी गर्ने पनि हुनसक्ने आशंका व्यक्त गरे। ‘जसले ऐन बनायो, ऐन बनाउने मान्छे साँच्चै को हो? भन्ने प्रश्न पनि आउँदो रहेछ। उसको स्वार्थ पनि हुनसक्छ। किनभने, कर्मचारीको पनि त निजी विद्यालय छन्। उनीहरु पनि त कुनै संगठन वा दलसँग आबद्ध छन्। कर्मचारी पनि विव्यसमा बस्ने वा नबस्ने भन्ने हुनसक्छन्। अथवा कुनै स्वार्थ समूहले पनि गरेको हुनसक्छ’, उनले भने। 

उनले पूर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलको पालामा उच्च शिक्षा नीति बन्दैगर्दा केही निजी समूहले समानान्तर शिक्षा नीति बनाएको र त्यसैका कारण उक्त नीति कार्यान्वयन हुन नसकेको बताए। 

त्यसैगरी अर्का शिक्षाविद् डा मिनांक्षी दाहालले विधेयक आउनुभन्दा अगाडि सरोकारवाला पक्षसँग छलफल नहुँदा विरोध भएको बताइन्। उनले भनिन्, ‘यो विधेयक आउनुभन्दा अगाडि यसका बारेमा छलफल नगरेर पनि हो। औपचारिक रुपमा सरोकारवाला निकायसँग छलफल हुनुपर्थ्यो। शिक्षा मन्त्रालयले त्यसो गरेन,’ उनले भनिन‍्,‘प्रधानमन्त्रीले नै बाहिरियो भन्दा त्यो पनि डर भयो। विगतमा पनि यसलाई रोक्नका लागि विभिन्न ठाउँमा पुगेर फिर्ता भएको हो। एकातिर संसद चल्न नदिने अर्कोतर्फ विधेयकबारे विरोध हुनु राम्रो लक्षण होइन।’

डा दाहालले शक्तिको खेलका कारण शिक्षक महासंघ, संघ–संगठन र निजी विद्यालयहरुले विद्यार्थीको भविष्यभन्दा पनि नाफाघाटाको कुरा गर्ने गरेको बताइन्। उनले संघीय शिक्षा ऐन नबनाएर विद्यालय शिक्षा ऐन भनेर आएको भन्दै आपत्ति जनाइन्।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो । द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम... शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी उनले भने, ‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन। अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी य... शुक्रबार, जेठ २९, २०८३
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अ... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना शनिबार, जेठ ३०, २०८३
क्यानडा र बोस्नियाले बराबरी खेल्दै अंक बाँडे शनिबार, जेठ ३०, २०८३
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्