• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
ललिता निवास प्रकरण 

तानिएलान् त पूर्वप्रधानमन्त्रीहरु? सीआईबी भन्छ–अनुसन्धानको दायरामा आउने प्रक्रियालाई स्वभाविक मान्नुपर्छ

64x64
नेपाल लाइभ सोमबार, साउन २२, २०८०  १८:०६
1140x725

काठमाडौं– सर्वोच्चका अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको आइतबारको इजालसले मन्त्रिपरिषद्का निर्णयहरु पनि छानबिनका दायरामा आउनुपर्ने आदेश दियो।
बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने भन्दै योगराज न्यौपानेको तर्फबाट श्रृजना सिन्धुले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले मन्त्रिपरिषद्का निर्णयहरुमाथि अनुसन्धान गर्ने बाटो खुला गरिदिएको छ। योगराज न्यौपानेको तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा नीति निर्मातामाथिसमेत अनुसन्धान गर्न आदेश दिइएको हो।

आदेशमा भनिएको छ, ‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन २८ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको ‘पिरामिड’को माथिल्लो तह) बाटसमेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु/गराउनु भनी प्रत्यर्थीहरुको नाममा यो आदेश जारी गरिदिएको छ।’

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो। त्यस्तै बाबराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो। त्यस्तै मन्त्रिपरिषदको निर्णय प्रमाणित गर्ने तत्कालीन मुख्य सचिवहरु माधवप्रसाद घिमिरे र लीलामणि पौडेल पनि अनुसन्धानको दायरामा पर्ने भएका छन्। घिमिरेको सडक दुर्घटनामा निधन भइसकेको छ।

सर्वोच्चको यो फैसलालाई स्वागत गर्दै आफू मान्न तयार रहेको पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताइसकेका छन्। सामाजिक सञ्जालमार्फत उनले सर्वोच्चको फैसला मान्ने र अनुसन्धानमा सहयोग गर्ने बचन दिएका छन्। यसअघि आफूले यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइसकेको र आफ्नो संलग्नता नरहेको उनको प्रष्टीकरण छ।

यही विषयमा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आफू फैसलाको बारेमा जानकार रहेको बताएका छन्। नेपाल भने अहिले करिब १० दिन लामो विदेश भ्रमणमा निस्केका छन्। पूर्वनिर्धारित कार्यक्रममा आफू विदेश भ्रमणमा निस्केको उनले जानकारी दिएका छन्। 

Ncell 2
Ncell 2

नेपालको सचिवालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार हुनुहुन्छ। सबै प्रकारका भ्रष्टाचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ।’

नेपाल भदौ १ गते स्वदेश फर्किने बताइएको छ। नेपालको सचिवालयले सर्वोच्चको फैसलाबारे जानकार रहेको भन्दै अनुसन्धानमा सहयोग गर्ने आशयको धारणा राखेको छ। जसकारण यी दुई पूर्वप्रधानमन्त्रीहरुले अनुसन्धानमा सहयोग गर्ने बताइसकेका छन्।

अदालतले पनि अनुसन्धान गर्न आदेश दिनु र दुई पूर्वप्रधानमन्त्री स्वयम्‌लेसमेत अनुसन्धानमा सहयोग गर्ने बचन दिएकाले यो प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुसन्धान गर्न थप सहज हुने देखिन्छ।

सर्वोच्चको यो फैसलापछि अनुसन्धानको जिम्मेवारी पाएको नेपाल प्रहरीका आईजी बसन्तबहादुर कुँवर र महान्यायाधिवक्ता दिनमणि पोखरेलबीच छलफलसमेत भएको छ। महान्यायाधिवक्ता कार्यालयमा यी दुईबीच सोमबार ‘वान टु वान’ छलफल भएको छ। अबको अनुसन्धान कसरी अघि बढ्छ र को–कोसम्म अनुसन्धान पुग्छ भन्ने विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ।

यसअघि नै यो प्रकरणमा जोडिएका व्यक्तिहरु पक्राउ परेर हिरासतमा छन्। त्यसमाथि सर्वोच्च अदालतलेसमेत आदेश दिएपछि प्रहरीलाई उनीमाथि अनुसन्धान गर्न थप सहज भएको छ। सर्वोच्चको आदेशपछि उनीहरु पनि अनुसन्धानको दायरामा तानिएलान् त भन्ने प्रश्नमा सीआईबीका एक उच्च अधिकारी भन्छन्, ‘अदालतले उनै आदेश दिएपछि अनुसन्धानको दायरामा आउने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्छ।’

त्यसो त यसअघि नै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा पत्रकारहरुको एक अन्तक्रिया कार्यक्रममा ललिता निवास प्रकरणमा कसैलाई पनि तान्ने वा नतान्ने भन्दा पनि तथ्य र प्रमाणले भेटेसम्मकालाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिइएको बताएका थिए । उनले भनेका थिए, ‘ललिता निवास प्रकरणमा प्रहरीलाई हाम्रो स्ट्याण्डबाई निर्देशन छ–तथ्य र प्रमाणले भेट्छ भने जो पनि ल्याउनुस्।’

सरकारको नेतृत्व, गृह प्रशासनदेखि सर्वोच्च अदालतसम्मले अनुसन्धानका लागि बाटो खुला गरिदिएपछि दुई पूर्वप्रधानमन्त्रीसहितका व्यक्तिहरु अब अनुसन्धानमा तानिन्छन् वा तानिँदैनन् त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ नियुक्त, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
सम्बन्धित सामग्री
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार सम... बिहीबार, मंसिर ४, २०८२
नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिए... बिहीबार, मंसिर ४, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ। झडपमा परेर दुवैतर... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने मंगलबार, मंसिर १६, २०८२
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ नियुक्त, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन मंगलबार, मंसिर १६, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
हर्क साम्पाङको पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्