माल्टा– गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि अनलाइनबाट मतदान हुने भएको छ।
अस्ट्रेलियाको भेरो कम्पनीसँगको सहकार्यमा अनलाइन माध्यमबाट निर्वाचन (मतदान) गरिने एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए। करिब ३१ सय मतदाता रहेको एनआरएनए माल्टाको यही जुलाइ ३० तारिखमा निर्वाचन हुँदै छ।
मतदाताको समयको चाप र खर्चको समेत मितव्ययीताका लागि अनलाइन भोटिङको तयारी गरिएको अर्यालको भनाइ छ। निर्वाचनको सबै तयारी पुरा भएको र अनलाइन माध्यमबाट मतदानको व्यवस्थापन गर्न लागिएको निर्वाचन समितिका संयोजक एवं एनआरएनए माल्टाका पूर्वअध्यक्ष राजु अर्याल बाबुले जानकारी दिए।
यसैबीच एनआरएनए माल्टाको अध्यक्षमा उम्मेदवारी दिएका वर्तमान महासचिव रोशन गिरी नेतृत्वको टिमले आफ्ना उम्मेदवारको प्रतिबद्वता सार्वजनिक गरेको छ। वर्तमान अध्यक्ष एवं आईसीसी सदस्यका उम्मेदवार भुवन अर्यालका अनुसार द नर्थ कन्फरेन्स सेन्टर, सनग्वानमा समर्थकबीच गिरी र उनको टिमका पदाधिकारी तथा सदस्यहरुले आगामी कार्यकालमा गरिने कामको प्रतिबद्वता जनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।