• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसका नेताहरु: सुध्रिने र सच्चिने बहसभन्दा प्रशंसा र आत्मरतिमा मस्त

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, साउन ९, २०८०  २१:२१
1140x725

काठमाडौं– साउन २ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब बुधबार बस्ने केन्द्रीय कार्यालयले जानकारी दिएको छ। करिब १ वर्षपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मुख्यगरी १० वटा अजेन्डा प्रस्तुत गरिएको थियो।

शनिबार सार्वजनिक बिदाको दिनबाहेक लगातार छैटौं दिनसम्म चलेको बैठकको अधिकांश समय संस्थापन पक्ष र इतरपक्षबीच आरोप प्रत्यारोपमै व्यतित भयो। देउवा खेमाका अधिकांश नेताहरुले पार्टी बलियो पार्ने विषयभन्दा महामन्त्री गगन थापाको आलोचना गर्न समय खर्चिए।

मुलुकको सबैभन्दा ठूलो पार्टीको रुपमा आफूलाई दर्ज गर्न सफल कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठकलाई लाइभ गरेर कांग्रेस नेताहरुको अभिव्यक्तिहरुलाई छताछुल्ल पारिदिएको छ।

लाइभ गर्दा निर्धक्क बोल्न नपाएको गुनासो
आफू आलोचनाबाट बच्ने रणनीतिसहित फेसबुकमार्फत् बैठक लाइभ गर्ने अजेन्डा सभापति देउवाले पदाधिकारीहरुको बैटकमा पेस गरे। देउवाको उक्त प्रस्तावमा केही पदाधिकारीहरुले असन्तुष्टि जनाउँदा जनाउँदै पनि कांग्रेसले बैठकको प्रत्यक्ष प्रशारण गर्‍यो। 

बैठकको प्रत्यक्ष प्रशारण गरेकोप्रति केही केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गरे। आन्तरिक बैठकको विषयवस्तु मिडियामै जाने डरका कारण केही केन्द्रीय सदस्यहरुले आफूलाई लागेका कुराहरुसमेत व्यक्त गर्न नपाएको गुनासो गरे।

केन्द्रीय सदस्य सरिता प्रसाईंले फेसबुक लाइभ गर्दा नेतृत्वप्रति गुनासो पोख्न नपाएको आक्रोश पोखिन्। गत शुक्रबार कांग्रेस केन्द्रीय बोल्दै अर्को बैठकबाट फेसबुक लाइभप्रति सोच्नुपर्ने सुझाव दिइन्। 

त्यसैगरी कांग्रेसका सहमहामन्त्री जीवन परियारले पनि असन्तुष्टि जनाए। उनले भने, ‘आज बैठकको लाइभ गरेर हाम्रा कुरा सुनाइरहेका छौं। फेसबुक लाइभको भ्यूअर्सको डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो क्रममा छ। यसबाट आम जनसमुदायलाई हाम्रो कुरा सुन्ने रुचिमा ह्रास देखाउँछ।’ त्यस्तै नेता राजिव विक्रम शाह, सञ्जय गौतमलेसमेत फेसबुक लाइभ गरेर राम्रो नगरेको अभिव्यक्ति दिए। 

लाइभप्रति असन्तुष्टि जनाउँदै नेता शाहले भने, ‘के हामीले हाम्रो केन्द्रीय समितिको बैठक लाइभ गरेर ठीक गरेका छौं। पार्टीका पदाधिकारीसँग हाम्रा थुप्रै विमति होलान्। ती सबैलाई हामीले सार्वजनिक गरौं? पार्टीभित्रको विवाद छताछुल्ल गरौं? हेर्दा लोकतान्त्रिक भए पनि हामीभित्र थुप्रै असहमति देखिन्छ। त्यसबारे छलफल, मन माझामाझ गरौं।’ त्यसैगरी केन्द्रीय सदस्य शेखर कोइरालाले बैठक लाइभ भइरहेकाले बडो असजिलो महसुस भइरहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले सभापति देउवालाई पहिले नेताहरुले लोक रिझ्याइँको कुरा गरेको भएर ‘ल त बैठक लाइभ गरौं’ भन्ने लागेकाले बैठक लाइभ गरिएको हुनसक्ने आरोप लगाए। ‘राम्रै भएको छ भन्ने पनि लाग्छ। तर सधैं यसरी जाँदा अप्ठ्यारो हुन्छ भन्ने पनि मलाई लागिरहेको छ,’ उनले थपे। त्यस्तै, कोइरालाले बैठक सुरु भएको भोलिपल्ट महामन्त्रीले चिट थमाएको बताए।

‘त्यसको (बैठक सुरु भएको) भोलिपल्टै महामन्त्रीज्यूले हामीलाई चिट थमाइदिनुभयो। त्यो चिटमा अन्य पार्टीका बारेमा पटक्कै नबोल्नु पनि भनिदिनुभयो। अनि कस्तो केन्द्रीय समितिको बैठक हुने हो। त्यो मैले बुझ्न सकेको छैन,’ उनले भने।

बैठकमा देउवा खेमाकै नेता एवम् स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई स्वयम् देउवाले लाइभ गरिएकोबारे सचेत गराए। तर, त्यसको प्रतिक्रिया दिँदै मन्त्री बस्नेतले लाइभबारे आफू जानकार भएको र बोल्ने कुरामा निर्धक्क भएको प्रतिक्रियासमेत दिए। अर्थमन्त्री डा प्रकाशशरण महतले लाइभले जनतामा भ्रम नपर्ने भन्दै बचाउ गरे। 

महामन्त्रीको कार्यतालिका एनजीओको जस्तो भएको टिप्पणी
बैठकमा मुख्यत: दशवटा अजेन्डा प्रस्तुत गरिएको थियो। उक्त अजेन्डाहरु प्रस्तुत हुनुपूर्व पदाधिकारी बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। तर, बैठकमा महामन्त्रीले पेस गरेको कार्यतालिका महामन्त्री एक्लैले कसैसँग सल्लाह नगरेर नै ल्याएको भाष्य बनाउँदै विरोध गरियो।
 
बैठकमा देउवा पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणाले महामन्त्रीले ल्याएको प्रतिवेदन एनजीओको ‘विसलिस्ट’जस्तो भएको टिप्पणी गरिन्। उनले भनिन्,‘कांग्रेस भनेको यो देशमा अजेन्डा सेट गर्ने पार्टी हो। नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने अजेन्डा सेटिङ गर्ने पार्टी हो। तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दुरगामी असर राख्ने त्यस्तो केही देखिएन। महामन्त्रीहरूको प्रतिवेदनचाहिँ एउटा राजनीतिक दस्तावेज हुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँहरूले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेजभन्दा पनि एउटा एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आलोचनाको निशानामा महामन्त्री
बैठकमा संस्थापन पक्षका अधिकांश नेताहरु महामन्त्रीलाई निशानामा राखेर विरोधमा उत्रिए। सोही मध्येकी एक हुन लक्ष्मी खतिवडा। उनले महामन्त्रीहरुको विकल्पसमेत खोजिने चेतावनी दिइन्।

उनले भनिन्, ‘दुईवटै महामन्त्रीज्यूलाई विनम्रतापूर्वक आग्रह छ। कांग्रेस बलियो बनाउने उद्देश्यका साथ कांग्रेसलाई एक ढिक्का र सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरु हामी सबैको नेतृत्व लिनेगरी अघाडि बढ्नुहोला। तपाईंहरुले दायरा फराकिलो बनाउनु भएन भने जसरी तपाईंहरु अरु कसैको विकल्प खोज्छौं भन्दै हुनुहुन्छ। तपाईंहरुको पनि हामीहरुले विकल्प खोज्न नपरोस्।’
 
बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महामन्त्रीद्वयले आफूलाई केन्द्रमा राखेर आलोचना गर्ने गरेको आरोप लगाए।

उनले भने, ‘पार्टी विधि र विधानअनुसार चल्नुपर्ने पनि भन्ने अनि सडकमा लगेर पोख्ने कार्यले कांग्रेस बलियो हुन्छ?,’ बस्नेतले भने, ‘जसलाई जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदा पनि भएको छ। कांग्रेस कमजोर गराउने काम निश्चित व्यक्तिबाट भएको छ।’ त्यसैगरी देउवा खेमाका नेताहरुले सभापतिलाई संस्थाको रुपमा बुझ्न आग्रह गर्दै सभापतिको विरोध गरेर कांग्रेस सफल नहुने जिकिर गरेका छन्।

खाण प्रकरणले पायो निरन्तरता
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको विषयले पनि चर्चा पायो।

बैठकको छैंटौं दिनसम्म आइपुग्दा उनलाई निलम्बन गर्नुपर्ने र नगर्नुपर्ने कुराले प्रवेश पायो। संस्थापन इतर पक्षका केही नेताहरुले पार्टीलाई सुशासनमा हिँडाउन र सकारात्मक सन्देश दिने हो भने खाणको निलम्बन अनिवार्य भएको प्रतिक्रिया दिए। 

बैठकलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले भने, ‘भ्रष्टहरुलाई जोगाउन हुँदैन। कांग्रेसले विश्वास गुमाएको छ।’ बैठकमा अर्जुननरसिंह केसी, अजयबाबु सिवाकोटी, प्रदीप पौडेल, मधु आचार्यसहितका नेताहरुले खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

सिवाकोटीले खाणलाई निलम्बन गरेर सुशासन दर्शाउनुपर्नेमा जोड दिए। सम्बोधनका क्रममा नेता सिवाकोटीले भने, ‘कुनै पनि भ्रष्टाचारलाई कांग्रेसले पृष्ठपोषण गर्न सक्दैन। भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न सक्दैन। र हुँदैन पनि ।भ्रष्टाचार हो र होइन भन्ने टुंगो लगाउने काम अदालतलाई छोडिदिनुपर्छ। यस्तै आरोपका व्यक्तिले स्वयम्‌ले जवाफदेही हुनुपर्छ।’

यस विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङले यसअघि नै खाणलाई निलम्बन गर्नुपर्ने बताउँदै आएका थिए। त्यस्तै सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले अघि बढाएका कदमको खुलेरै स्वामित्व लिनुपर्ने बताए।

बैठकमा खाणको निलम्बनको मागभन्दा पनि प्रतिरक्षा गर्नेहरुको बहुमत देखियो। खाण पक्राउ परेपछि गृहमन्त्रीलाई भेटरै धन्यवाद दिने काम गरेकोप्रति देउवा समूहका नेताहरुले आक्रोश पोखे। खाणको विषय अदालतमा विचाराधीन रहेको र निलम्बन गर्ने पार्टीको परम्परा नभएको भन्दै संस्थापन पक्षका नेताहरुले बचाउ गरे। 

सहमहामन्त्री महेन्द्र यादवले नेता बालकृष्ण खाणलाई राज्य नै लागेर फसाएको आरोप लगाए भने अर्का सहमहामन्त्री महालक्ष्मी ‘डिना’ उपाध्यायले अदालतमा विचाराधीन मुद्दालाई लिएर आरोप प्रमाणित गर्नेगरी दबाब दिन नहुने जिकिर गरिन्।

कांग्रेस प्रवक्तासमेत रहेका मिनबहादुर विश्वकर्माले घरको सदस्य पक्राउ पर्दा प्रहरी कार्यालयमा बुझाउने जस्तो भएको बताए। उनले बैठकमा भने, ‘हाम्रा परिवार छन्। एक सदस्य मुछियो भने वकिल राख्छौं कि राख्दैनौं। कि थपक्क थानामा बुझाउँछौं। परिवारका सदस्यलाई अभियोग लागे हामी लुकाउँछौं कि थानामा लगेर बुझाउँछौं? कि छिटो पक्राउ गर भनेर डेलिगेशन जान्छौं?’

आफू कानुनको विद्यार्थीसमेत भएको बताउँदै अभियोग मात्रै भएकाले निलम्बन गर्न नहुने पक्षमा मत राखे। अन्य पार्टीहरुले आफ्नो नेता र कार्यकर्ता जोगाउने उल्लेख गर्दै उनले कांग्रेसले त्यस्ता आदर्श छाड्नुपर्ने उल्लेख गरे।

अर्का नेता शंकर भण्डारीले खाणप्रति नेताहरु कृतध्न भएको उल्लेख गर्दै अभियोग मात्रै लागेको बताए। केन्द्रीय सदस्य पुष्पा भुसालले अभियोग मात्रै लागेको विषयलाई अजेन्डा बनाउन नहुने जोड दिँदै भनिन्,‘अभियोग लाग्यो भनेर न्यायपालिकामा विचाराधीन मुद्दालाई कांग्रेसको अजेन्डा बनाउन हुँदैन। संविधान र कानुन मान्छौं भनेर कसरी भन्ने?’

अर्का नेता अजय चौरासियाले यसअघि खुमबहादुर खड्कालाई अभियोग लाग्दासमेत नेताहरु मौन बसेको भन्दै चित्त दुखाइ प्रकट गरे। कांग्रेस नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने ‘प्रस्ताव’को केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि जोडदार प्रतिवाद गरे। वाग्लेले खाणलाई फसाइएको हुनसक्ने आशंका गरे। त्यसकारण अदालतको फैसला कुर्न आग्रह गरे। नेता जितजंग बस्नेतसमेते आरोप लाग्दैमा कोही दोषी नहुने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम सुनकाण्डमा जोडिएको भन्दै राजीनामा माग गरे।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्