• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटप्रति खेलकुद मन्त्रालयको असन्तुष्टि, सचिव भन्छन्- २७ वर्षसम्म पनि बन्दैन मुलपानी किक्रेट रंगशाला

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, असार २९, २०८०  २१:५७
1140x725

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८०/०८१ मा खेलकुदका लागि छुट्याएको बजेटप्रति युवा तथा खेलकुद मन्त्रालयले असन्तुष्टि जनाएको छ। सरकारले सिलिङ घटाएर बजेट विनियोजन गरेको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेको हो।

प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आर्थिक वर्ष २०८०/०८१ मा खेलकुद मन्त्रालयको बजेट घटेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मन्त्रालयको बजेट कसरी बढाउन सकिन्छ भन्नेबारे छलफल भइरहेको बताए। 

मन्त्रालयको काम चार वटा क्षेत्रमा मात्रै
युवा तथा खेलकुद मन्त्रालयले विशेष गरी राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार, स्काउट गरी ४ वटा निकायले मन्त्रालय मातहतमा रही संयुक्त रुपमा काम गरिरहेको छ। 
मन्त्रालयका सचिव सूर्य गौतमले भने, ‘यस मन्त्रालय अन्तर्गत चार वटा निकाय छन्।  युवा तथा खेलकुद मन्त्रालयको ८५ प्रतिशत बजेट राष्ट्रिय खेलकुद परिषद्‌मा जान्छ। बाँकी १५ प्रतिशत युवा तथा साना व्यवसायी, राष्ट्रिय युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई बाँडफाँट गर्छौं।’

उनले आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयलाई ३ अर्ब ५ करोड ५० लाख प्राप्त भएको बताए। जस अन्तर्गत ५५.४८ प्रतिशत बजेट मात्रै खर्च भएको बताए। सचिव गौतमले बीचमा २० प्रतिशत रकम कटौती गर्ने, रोक्का गर्ने लगायतका विभिन्न कारणले गर्दा मन्त्रालयले काम गर्न नसकेको बताए। 

पूँजीगततर्फ ३२ करोड ५० लाख खर्च हुन सकेन
आव २०७९/०८० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा २२ करोड ५० लाख विनियोजन गरिएको थियो। यसको मोडालिटी कसले बनाउने? कसले चलाउने? वा निर्माण कसले गर्ने भन्ने विषय नटुंगिएको कारण उक्त रकम खर्च हुन नभएको सचिव गौतमले बताए।

त्यसैगरी कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडानको लागि माटो परीक्षण कार्य नहुँदा ठेक्का सम्झौता नभएको र उक्त आयोजनामा विनियोजित १० करोड रकम खर्च हुन नसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

अबको २७ वर्षमा पनि मुलपानी क्रिकेट रंगशाला बन्न सक्दैन
युवा तथा खेलकुद मन्त्रालयका सचिव गौतमले मन्त्रालयको बजेट घटेको कारणले अबको २७ वर्षमा समेत मुलपानी क्रिकेट रंगशाला बन्न नसक्ने बताए।

राष्ट्रिय खेलकुद परिषद्‌मा एक हजार जना कर्मचारीको दरबन्दी रहेको भए पनि प्राविधिक जनशक्ति मुस्किल १०/१२ जनाभन्दा बढी नभएको बताउँदै सचिव गौतमले खेलकुद पूर्वाधारको काममा समस्या दर्शाए। 

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय रंगशालाको बहुवर्षीय योजना स्वीकृत हुन नसक्दा रंगशालाको काम अलपत्र परेको सचिव गौतमले बताए। उनले भने, ‘कतिपय रंगशाला निर्माणको बहुवर्षीय योजना स्वीकृत हुन सकेको छैन। २०७४/०७५ देखि सुरु गरेको छ। बहुवर्षीय योजना स्वीकृत पनि छैन। स्रोत सुनिश्चि पनि छैन। मुलपानी क्रिकेट रंगशाला सक्न अहिलेको अवस्थामा बजेटको ट्रेन्ड हेर्‍यो भने २७ वर्ष लाग्ने रहेछ। सुरु भएको २१ वर्ष भयो। सम्पन्न गर्नका लागि अझै २७ वर्ष लाग्ने भयो।’ उनले युवा तथा खेलकुद मन्त्रालयको बजेट सिलिङ न्यून रहेको टिप्पणी गरे। 

आव २०८०/०८१ मा कति छ बजेट? 
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ७ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ। जसमध्ये चालुतर्फ १ अर्ब ३४ करोड ९३ लाख र पुँजीगततर्फ ७२ करोड ८० लाख विनियोजन गरिएको छ। 

तर, उक्त बजेट मन्त्रालयका लागि पर्याप्त नभएको भन्दै मन्त्री लिम्बुले गुनासो गरे। जसका कारण खेलाडीको भविष्य सुनिश्चित गर्न, युवाहरुको वैदेशिक पलायन रोक्न, खेलकुदका पूर्वाधारमा अन्तर्राष्ट्र्रिय स्तरको सुविधा थप गर्न, एक स्थानीय तह एक खेलको कार्यक्रम सबै स्थानीय तहमा कार्यान्वयन गर्न चुनौती रहेको मन्त्री लिम्बुले बताए। 

सांसदहरुले खर्च गर्न पाउने बजेट खेलकुदका लागि छुट्याउन सकिने सुझाव
प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले युवा तथा खेलकुद मन्त्रालयले आत्मसात गर्न नसकेको आरोप लगाए। उनले भने, ‘मन्त्रालयमा विनियोजित बजेट खर्च हुन नसक्नु दुखद हो। खेलकुद र युवाको क्षेत्रमा काम गर्ने मन्त्रालय काम गर्ने क्षेत्रबाट पछि पर्नु डरलाग्दो छ। सरकारले १६५ वटा निर्वाचन क्षेत्रमा सांसदहरुले खर्च गरिने कार्यक्रमबाट कम्तीमा एउटा कार्यक्रम खेलकुदका क्षेत्रमा लगाउन सकिन्छ। त्यसका लागि मन्त्रालय सबै सांसदसँग छलफल गर्ने कार्यसूची बनाउनुपर्छ।

Xtrem

Xtrem

सांसद पाण्डेले खेलकुद मन्त्रालयलाई अघि बढाउनका लागि अरु मन्त्रालयसँग समन्वय गर्न सुझाव दिए। ‘खेलकुद क्षेत्रले खेलको मान्यतालाई आत्मसात गर्न सकेको छैन। कहिले एन्फा, कहिले क्यानको विवाद भइरहनु दुखद हो। खेलकुद जगतलाई विवादरहित बनाउनुपर्छ सांसद पाण्डेले भने।

बजेट खर्च नभएको प्रति आलोचना
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरुले बजेट कम भएको भन्ने तर खर्च नभएर फिर्ता पठाएको भन्दै खेलकुद मन्त्रालयको आलोचना गरेका छन्। सांसद सुमना श्रेष्ठले बजेटको अंक हेरेर सानो र ठूलो नभई नवीनतम योजनाअघि बढाउनु पर्ने सुझाव दिइन्। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन किन पन्छिएको भन्दै जवाफ माग गरिन्।

त्यसैगरी सांसद भानुभक्त जोशीले खेलकुद परिषद्को विवाद अन्त्य गर्न सुझाव दिए। सांसद दीपा श्रेष्ठले बजेट विनियोजन पूर्व नै खेलकुद मन्त्रालयले छलफल गरेको भए बजेट थप गर्न सकिने विश्वास व्यक्त गरिन्।

सांसद प्रभु हजारा, अरुणकुमार चौधरी, रामप्रकाश चौधरीले बजेट फ्रिज पठाएको भन्दै आलोचना गरे। सांसद विद्या भट्टराई बजेट फिर्ता पठाउने संस्कृतिको अन्त्य हुनु पर्नेमा जोड दिइन्। उनले खर्च नभएर फिर्ता पठाउने व्यक्ति र संस्थालाई कारबाही गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... बिहीबार, असोज १५, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा... बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू स... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्