बादलिँदो मोसमसँगै तराईका धरैजसो ठाउँ, जस्तै जनकपुर, सिरहा, राजविराज, वीरगञ्ज, भरतपुर, विराटनगर, धरान, दमक आदि ठाउँमा लामखुटेको प्रभाव बढ्दै गइरहेको छ ! मलेरिया, डेंगु, चिकनगुनिया बाल बालिका पनि देखने गरेको छ। ज्वरोका कारण अस्पताल पुग्नेमध्ये धेरैजसो बालबालिकामा डेंगु देखिने गरेको छ।
के हो डेंगु ?
भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले यो रोग सार्छ! यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यसको संक्रमणपछि स्वास्थ्यमा जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ।
डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्, साधारण डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम।
हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ। सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुन्छ। जसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुन सक्छ।
डा अरुण कुमार सिंहडेंगु रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन। डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज)मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ।
डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ। यो ग्रामिणभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ। डेंगु भाइरसको संक्रमण भएको ३ देखि १४ दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।
डेंगुको लक्षणहरू के हो ?
सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको ३ देखि १४ दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्। यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्। यो रोग निको हुन २ देखि ७ दिनसम्म लाग्न सक्छ।
डेंगुको उपचार र बच्ने उपाय के हो?
डेंगु भाइरसलाई सार्ने लामखुट्टेको नियन्त्रण गर्ने र त्यसको टोकाइबाट बच्ने नै सबैभन्दा प्रभावकारी उपाय हो। सुत्ने बेलामा झुल लगाएर सुत्ने, घर वरिपरी सफा राख्ने, फोहोर पानी जम्न नदिने, हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने, घर वरिपरी लामखुट्टे मार्ने औषधिहरु छर्किने गर्नुपर्छ। त्यस्तै सरकारी स्तरमा गाँउ–शहरमा फोहर जम्नसक्ने खाल्डोहरु पुर्ने, लामखुट्टे मार्ने औषधिहरु छर्किने गर्नुपर्छ।
संक्रमित व्यक्तिले आइब्रुफेन, डायक्लोफिनाक, एस्प्रिन आदि जस्ता औषधिहरु सेवन गर्नु हुँदैन। चिकित्सकीय सल्लाहपछि मात्र यस्ता ज्वरो र दुखाइनाशक औषधि उपयोग गर्नुपर्छ।
बालरोग विशेषज्ञ डा सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपप्राध्यापक हुन्। उनको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक प्रकाशित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।